SKIP TO MAIN CONTENT

कोभिड अपडेट: भिक्टोरियाले तोड्यो सङ्क्रमणको राष्ट्रिय रेकर्ड, न्यु साउथ वेल्स प्रिमियर भन्छन् राज्यमा सङ्क्रमण बढ्न सक्छ

यो शनिवार , ९ अक्टोबर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Victoria COVID-19 cases
Healthcare worker is seen working at a drive-through Covid19 testing facility in Melbourne. Source: AAP

3 min read

Published

By SBS/ALC Content

Source: SBS



Skip to article content

मुख्य बुँदाहरू :

  • न्यु साउथ वेल्समा ९० प्रतिशतमा पहिलो मात्राको खोप लगाउने लक्ष पुरा छिट्टै पुरा हुने, तर प्रिमियरले प्रतिबन्धहरू खुकुलो हुँदै जाँदा सङ्क्रमण सङ्ख्या बढ्न सक्ने बताएका छन्।
  • भिक्टोरियाले दैनिक सङ्क्रमण सङ्ख्याको राष्ट्रिय रेकर्ड तोड्यो, ग्रामीण क्षेत्र मिल्डुरा लकडाउनमा प्रवेश
  • न्यु साउथ वेल्समा भेटिएको नयाँ स्ट्रेनको डेल्टा मामिलाबारे अनुसन्धान जारी

भिक्टोरिया

भिक्टोरियामा थप १ हजार ९ सय ६५ नयाँ स्थानीय सङ्क्रमण दर्ता गरिएको छ भने पछिल्लो २४ घण्टामा ५ जनाले ज्यान गुमाएका छन्।

उक्त सङ्क्रमण सङ्ख्या अहिले सम्म अस्ट्रेलियामा भेटिएको सबैभन्दा उच्च दैनिक सङ्क्रमण सङ्ख्या हो।

राज्यमा पछिल्लो समयमा १७ हजार सक्रिय कोरोनाभाइरस सङ्क्रमित रहेका छन्, जसमध्ये ५३८ जना अस्पतालमा रहेका छन् भने ११७ सघन उपचार कक्षमा र ८३ जना भेन्टिलेटरमा रहेका छन्।

ग्रामीण भिक्टोरियाको मिल्डुराका बासिन्दाहरू सात दिनको लकडाउनमा प्रवेश गरेका छन्।

राज्यमा अहिले सम्म ५७ प्रतिशतले खोपको पूर्ण डोज लगाइसकेका छन्।  त्यस्तै ८५ प्रतिशतले खोपको एक मात्रा लगाएका छन्।

आफू नजिकको खोप केन्द्र पत्ता लगाउन यहाँ क्लिक गर्नुहोस्।

न्यु साउथ वेल्स

न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा ५८० नयाँ स्थानीय सङ्क्रमण थपिएका छन् भने ११ जनाले ज्यान गुमाएका छन्। राज्यभर पछिल्लो समयमा १८२ जना अस्पतालमा रहँदा १६३ जना सघन उपचार कक्षमा उपचाररत छन्।

त्यस्तै राज्य  ९० प्रतिशत खोपको पहिलो मात्रा लगाउनेहरूको लक्षको नजिक पुगेको छ। डोमिनिक पेरोटेले ग्रेटर सिड्नीमा सोमबार बाट लकडाउन खुल्ने हुँदा दैनिक सङ्क्रमण सङ्ख्या बढ्ने साथै अस्पतालमा बिरामीहरूको चाप पनि बढ्ने भन्दै सचेत गराएका छन्। 

विदेशबाट फर्किएका एक व्यक्तिसँग सम्बन्धित रहेको नयाँ प्रकृतिको डेल्टा भेरीएन्टबारे अनुसन्धान भइरहेको छ।

आज खोप लगाउने समय निश्चित गर्न यहाँ क्लिक गर्नुहोस्।

पछिल्लो २४ घण्टामा अस्ट्रेलियामा

  • क्वीन्सल्याण्डमा कोभिड-१९ एक पनि केस भेटिएन
  • राजधानी एसीटीमा २५ नयाँ सङ्क्रमण दर्ता जसमध्ये १२ जनाको सङ्क्रमण स्रोत पत्ता लागे पनि बाँकीको स्रोत बारे छानबिन हुँदै
  • कोभिड-१९ को जोखिमबाट अत्याधिक सुरक्षा प्रदान गर्ने उद्देश्यले रोग प्रतिरोधात्मक क्षमता अत्यन्त न्यून भएका अस्ट्रेलियालीहरूका लागी कोरोनाभाइरसको तेस्रो मात्राको खोप प्रदान गरिने

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now