SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: भिक्टोरियामा सङ्क्रमितको सङ्ख्या २,००० कट्यो, न्यु साउथ वेल्स थप स्वतन्त्रता तर्फ उन्मुख

यो बिहीवार, १२ अक्टोबर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Having surpassed the 70 per cent double-dose vaccination milestone, visitors are seen at the reopening of the Sea Life Aquarium at Darling Harbour in Sydney
Having surpassed the 70 per cent double-dose vaccination milestone, visitors are seen at the reopening of the Sea Life Aquarium at Darling Harbour in Sydney. Source: AAP Image/DAN HIMBRECHTS

4 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS



Skip to article content

मुख्य बुँदाहरू:

  • भिक्टोरियामा दैनिक सङ्क्रमण सङ्ख्या २,००० कट्यो,
  • न्यु साउथ वेल्सद्वारा व्यापार व्यवसायका लागि थप आर्थिक राहत र
  • पाँचदेखि ११ वर्षसम्मका बालबालिकाका लागि कोभिड-१९ खोप बारे विचार गर्दै अस्ट्रेलियाको स्वास्थ्य नियामक संस्था। 

भिक्टोरिया

मध्यरातसम्मको २४ घण्टामा भिक्टोरियाले कोभिड-१९ स्थानीय सङ्क्रमणका थप २,२९७ नयाँ मामिलाहरू दर्ता गरेको छ।

सोही अवधिमा ११ भिक्टोरियालीको कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गएको पनि स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्।

प्रिमियर ड्यानिएल एन्ड्रुज भन्छन् कि राज्यका योग्य बासिन्दाहरूको ७० प्रतिशतले खोपको दुवै मात्रा लगाइसकेपछि दैनिक सङ्क्रमण सङ्ख्या कम प्रासङ्गिक हुनेछ।

भिक्टोरियाले उक्त लक्ष्य आगामी २६ अक्टोबर, मङ्गलवारका दिन हासिल गर्ने अनुमान छ।

सत्तरी प्रतिशत योग्य बासिन्दाहरूले खोपको दुवै मात्रा लगाइसकेपछि मेलबर्नमा हाल जारी लकडाउन अन्त्य हुने बताइएको छ।

न्यु साउथ वेल्स

बुधवार बेलुका आठ बजेसम्मको गणना अवधिमा न्यु साउथ वेल्सले कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप ४०६ नयाँ मामिलाहरू दर्ता गरेको छ।

सोही अवधिमा छ राज्यवासीले कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गुमाएका छन्।

प्रतिबन्धहरू खुल्ला हुँदै गर्दा राज्य सरकारले थप दुई “डाइन एन्ड डिस्कभर” भाउचरहरूको घोषणा गरेको छ।

यी सहुलियत भाउचरहरूको प्रयोग आगामी वर्षको जुन मसान्तसम्म गरिसक्नुपर्ने बताइएको छ।

खानपिन व्यवसायहरूको प्रवर्धन हेतु न्यु साउथ वेल्स सरकारले अतिरिक्त ६ करोड ६० लाख डलर छुट्टाएको थियो।

“हामी चाहन्छौँ कि हाम्रा व्यापार-व्यवसायहरू फस्टाउन्,” प्रिमियर डोमिनिक पेरोटेले भने।

पछिल्लो सरकारी आँकडा अनुसार न्यु साउथ वेल्सका १६ वर्ष र सोभन्दामाथि उमेर रहेका मानिसहरूको ९१.४ प्रतिशतले खोपको पहिलो मात्रा र ७७.८ प्रतिशतले दुवै मात्रा लगाइसकेका छन्।

NSW Roadmap Nepali COVID-19
Source: SBS Nepali

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)

एसीटीले बितेका २४ घण्टा यता कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका ४६ नयाँ मामिलाहरू दर्ता गरेको छ।

यसै गरी थप १ क्यानबेरावासीको कोभिड-१९ सङ्क्रमणका कारण ज्यान गएको पनि अधिकारीहरूले बताएका छन्।

हालसम्म एसीटीमा कोरोनाभाइरसका कारण सात जनाको मृत्यु भइसकेको छ।

  

पछिल्लो २४ घण्टामा अस्ट्रेलियाका महामारी सम्बन्धी अन्य खबर

आदिवासी अस्ट्रेलियालीहरूको खोप दर अझै कम रहेको बताइएको छ। हालसम्म योग्य आदिवासीहरूको ५७.५ ले मात्रै खोपको पहिलो मात्रा लगाएका छन् भने ४२ प्रतिशतले दुवै मात्रा पाएका छन्।

सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टका अनुसार थेराप्युटिक गूड्स एड्मिनिस्ट्रेसनबाट अनुमति प्राप्त भएपछि मात्र अस्ट्रेलियामा ५ देखि ११ वर्षका बालबलिकाहरू कोभिड-१९ खोपका लागि योग्य हुनेछन्।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now