कोभिड–१९ अपडेट: हालसम्म कै घातक दिन, भिक्टोरियाका अस्पतालमा 'कोड ब्राउन' लागु

यो जनवरी १८, २०२२ को कोरोनाभाइरस अपडेट हो।

Paramedics are seen tending to their ambulance outside St Vincent hospital in Melbourne.

Paramedics are seen tending to their ambulance outside St Vincent hospital in Melbourne. Source: AAP


  • न्यु साउथ वेल्स, भिक्टोरिया र क्वीन्सल्याण्डमा गरी एकैदिन ७४ जनाको कोभिड–१९ सङ्क्रमणका कारण निधन भएको छ। यो संगै कोरोनाभाइरस महामारी सुरु भए यता अस्ट्रेलियामा सबैभन्दा धेरै मानिसको मृत्यु भएको रेकर्ड कायम भएको छ।
  • भिक्टोरियाका अस्पतालमा ओमिक्रन लहरले स्वास्थ्य सेवामा असर पार्दा आपतकालिन अवस्था 'कोड ब्राउन' घोषणा गरिएको छ।
  • भिक्टोरियाका उप प्रिमियर जेम्स मर्लिनोले स्वास्थ्य प्रणाली 'यस्तो बिन्दुमा पुगेको जहाँ गम्भीर श्रमशत्तिको अभाव रहेको' बताएका छन्।
  • ६ वटा रिजनल क्षेत्रका अस्पतालमा पनि लागु हुने 'कोड ब्राउन' आदेशमा छुट्टीमा बसेका कर्मचारी बोलाउन सकिने र अत्यावश्यक बाहेकका हेरचाह स्थगन गर्न सकिने बताइएको छ।
  • न्यु साउथ वेल्समा आज २९,८३० जनामा सङ्क्रमण पुष्टि भएको छ, रिपोर्ट भएका अधिकांस केस पिसिआर विधिबाट आएका हुन्। राज्यका अस्पतालमा २,८५० जनाको उपचार भइरहेको छ भने २०९ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ।
  • सिड्नी मर्निङ्ग हेरल्डले गरेको एक रिर्पोटमा, एक प्रस्ताव अन्तर्गत न्यु साउथ वेल्सका १२ लाख बिद्यार्थीहरुले हप्तामा दुई पटक एन्टीजेन परीक्षण गर्नु पर्ने बताइएको छ।
  • टास्मेनियामा आज मध्यरातदेखि पूर्ण खोप लगाएका यात्रुहरूले यात्रा गर्नु अघि यात्रा दर्ता गर्नु नपर्ने भएको छ भने कोभिड-१९ परीक्षण गर्नु पर्ने आवश्यकता नरहने भएको छ, यद्यपि खोप नलगाएका मानिसहरूमा भने नियममा परिवर्तन हुनेछैन।
  • हालको अवस्थालाई मध्यनजर गरी क्वीन्सल्याण्डमा नयाँ शैक्षिक सत्र दुई हप्ता ढिला गरी सुरु हुने भएको छ।
  • क्वीन्सल्याण्डमा कोरोनाभाइरसका कारण १६ जनाको मृत्यु दर्ता हुँदा स्वास्थ्य मन्त्री युभेट डियाथले स्वास्थ्य संस्थाहरूमा भाइरसको फैलावटलाई कम गर्न अस्पतालमा बिरामी भेट्ने नियममा परिवर्तन भएको बताएकी छन्।
  • युरोपियन युनियनद्वारा अस्ट्रेलिया, अर्जेन्टिना र क्यानडाबाट आउने खोप नलगाएका यात्रुका लागि नियम कढा बनाउने भएको छ।

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

कोभिड-१९ सङ्क्रमणका पछिल्ला तथ्याङ्कहरू:

न्यु साउथ वेल्समा २९,८३० जनामा सङ्क्रमण र ३६ जनाको मृत्यु।

भिक्टोरियामा २०,१८० जना सङ्क्रमित २२ जनाको मृत्यु।

क्वीन्सल्याण्डमा १५,९६२ जनामा सङ्क्रमण पुष्टि, टास्मेनियामा १,३१० जना सङ्क्रमित थपिए।

विश्व स्वास्थ्य सङ्गठनको ओमिक्रन बारे पछिल्लो जानकारी यहाँ उपलब्ध छ

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


Share

2 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now