Explainer

कोभिड-१९ अपडेट: भिक्टोरिया पुन: लकडाउनमा

यो बिहीवार, ५ अगस्ट २०२१ को अस्ट्रेलियाको कोरोनाभाइरस अपडेट हो।

People are seen dining at the Wolf Cafe & Eatery in Altona North after it was announced as a tier 1 site by the government, in Melbourne, Thursday, August 5, 2021.

Source: AP Image/Daniel Pockett

मुख्य बुँदाहरू:

  • भिक्टोरियामा केही नयाँ सङ्क्रमितको स्रोत अज्ञात र आज बेलुका ८ बजेदेखि फेरी सात दिनका लागि लकडाउनमा पुरै राज्य
  • हन्टर भ्याली क्षेत्र आज साँझ ५ बजेदेखि लकडाउनमा,
  • ब्रिसबेनमा पुष्टि भएका सबै सङ्क्रमितहरू हाल जारी प्रकोपसँग सम्बन्धित,
  • न्यु साउथ वेल्सका लागि अतिरिक्त फाइजर निर्मित कोभिड-१९ का खोप।

भिक्टोरिया

पछिल्लो अपडेट:

प्रिमियर ड्यानिएल एन्ड्रूजले भिक्टोरिया सात दिनका लागि लकडाउनमा जाने घोषणा गरेका छन्।
 
उक्त लकडाउन अहिले बेलुका ८ बजेदेखि लागू हुने पनि उनको भनाई छ।
पछिल्लो लकडाउन अन्त्य भएको दुई साता पुग्दै गर्दा स्रोत नखुलेका सङ्क्रमणका मामिला पुष्टि भएपछि बिहीवार अपराह्न छैटौँ लकडाउन घोषणा गरिएको हो।
 
लकडाउनका कारण व्यापार-व्यवसायमा पर्ने असर न्यूनीकरण गर्न थप घोषणा भोलि शुक्रवार गरिने बताइएको छ।

भिक्टोरियामा गएका २४ घण्टामा सामुदायिक सङ्क्रमणका थप ६ मामिलाहरू पुष्टि भएका छन्।

मध्य रात यता अतिरिक्त दुई केसको पनि स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् जसलाई भोलि शुक्रवारको आधिकारिक आँकडामा समावेश गरिनेछ।
आज बिहीवार घोषणा गरिएका केसहरू मध्ये तीन मामिलाहरू बारे अनुसन्धान जारी रहेको राज्यका स्वास्थ्य अधिकारीहरूको भनाई छ।

यी तीन सङ्क्रमितहरू समुदायमा सक्रिय वा आइसोलेसनमा नरहेका व्यक्तिहरू हुन् जस मध्ये एक जना पश्चिमी मेलबर्न स्थित अल‍-ताक्वा कलेजकी शिक्षिका रहेको खुलेको छ।
Victorian Health Minister Martin Foley speaks to the media during a press conference in Melbourne, Tuesday, June 8, 2021.  (AAP Image/Daniel Pockett) NO ARCHIVING
Victorian Health Minister Martin Foley speaks to the media during a press conference in Melbourne. Source: AAP
भिक्टोरियाली स्वास्थ्य मन्त्री मार्टिन फोलीले केही घण्टा अघि मेलबर्नमा आयोजित पत्रकार सम्मेलनका क्रममा भने कि आजका सङ्ख्याले भाइरस गायब भई नसकेको बारे हामीलाई सम्झाएको छ।

"हिजोको दिन सुरु हुँदा हामीकहाँ सङ्क्रमणका नयाँ मामिला थिएनन् तर जम्मा २४ घण्टैमा अहिले हामी माझ अघिल्ला सङ्क्रमितहरूसँग सम्बन्ध स्थापित नभएका केसहरू छन्," उनले भने।


न्यु साउथ वेल्स

न्यु साउथ वेल्समा बुधवार बेलुका आठ बजेसम्मको गणना अवधिभर सामुदायिक सङ्क्रमणका थप २६२ मामिलाहरू दर्ता गरिएको छ।

आफ्नो दैनिक कोरोनाभाइरस सम्बन्धी पत्रकार सम्मेलनका क्रममा राज्यकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले आज बिहान सिड्नीमा उक्त तथ्याङ्क सार्वजनिक गरेकी हुन्।

यसै गरी न्यु साउथ वेल्समा थप पाँच जनाको कोभिड-१९ बाट मृत्यु भएको पनि उनको भनाई छ।
ज्यान गुमाउने मध्ये चार जनाले कोरोनाभाइरस विरुद्ध कुनै खोप नलगाएको र एकले भने एस्ट्राजेनेका खोपको पहिलो मात्रा पाएको पनि बेरिजिक्लियनले बताएकी छिन्।

आज साँझ पाँच बजेदेखि लागू हुने गरी न्युकासल तथा हन्टर क्षेत्रमा लकडाउनको आदेश जारी गरिएको पनि प्रिमियरले घोषणा गरेकी छिन्।

आगामी एक हप्ताका लागि भनी बताइएको उक्त लकडाउन न्युकासल, लेक मक्वारी, मेटल्यान्ड, पोर्ट स्टेफेन्स, सेसनक्, डनगग्, सिङ्गलटन र मस्वेलब्रूकका बासिन्दाका लागि लागू हुने उनको भनाई छ।
NSW Premier Gladys Berejiklian speaks to the media during a COVID-19 update and press conference in Sydney, Thursday, August 5, 2021. (AAP Image/Pool, Brook Mitchell) NO ARCHIVING
NSW Premier Gladys Berejiklian speaks to the media during a COVID-19 update and press conference in Sydney, Thursday, August 5, 2021. Source: Getty Images
"त्यहाँका सामुदायिक तथा स्थानीय नेताहरूलाई यसबारेमा अवगत गराउने कार्य जारी छ," ग्लाडिस बेरिजिक्लियनले भनिन्।

हाल सिड्नीमा जारी पछिल्लो प्रकोपसँग जुझ्न न्यु साउथ वेल्सले फाइजरका अतिरिक्त १८०,००० डोज खोप पाउने भएको छ।

यसबारे प्रिमियर बेरिजिक्लियनले जानकारी दिँदै भनिन् कि हिजो राती प्रधानमन्त्री स्कट मोरिसनले ती थप खोपहरू उपलब्ध गराउने उनलाई बताएका थिए।

"यो एकदम नै सकारात्मक समाचार हो," उनले भनिन्।
"तपाईँले भाइरसको यो प्रकारलाई अघि के भएको थियो भनेर तुलना गर्न सक्नुहुन्न; यो एक बिलकुलै नयाँ अवस्था हो।"

प्रिमियर बेरिजिक्लियनले पहिले आफूहरूसँग भाइरस विरुद्ध लड्न कुनै अस्त्र नभएको तर अब खोप उपलब्ध रहेकोमा समेत जोड दिएकी छिन्।

उता, न्यु साउथ वेल्सकी प्रमुख स्वास्थ्य अधिकारी डा केरी चान्टले भने राज्यका १८ वर्षमाथिका बासिन्दाहरूले खोप लगाउने बेला अब भएको बताएकी छिन्।

साथै, उनले राज्यका ज्येष्ठ नागरिकहरू जो खोपका लागि योग्य भएर पनि खोप लगाएका छैनन्, उनीहरूले यथाशीघ्र त्यसबारे ठोस कदम चाल्न बिन्ती गरेकी छिन्।
यसै गरी डा चान्टले खोपको दोस्रो मात्रा लगाउन योग्य भएका मानिसहरूलाई पनि ढिला नगर्न भनेकी छिन्।

कोभिड-१९ का कारण ज्यान गुमाउने पछिल्ला मानिसहरू मध्ये एक जनाले खोपको एक मात्रा मात्र र त्यो पनि गत मे महिनामा लगाएको पुष्टि भएपछि ती मानिसहरूलाई खोपको दोस्रो डोज लगाइहाल्न उनले भनेकी हुन्।

"कोभिडबाट हामी आफैँलाई र हाम्रा प्रियजनलाई बचाउने उपाय छ," केरी चान्टले भनिन्।

"म सबैलाई तत्काल यसबारे कदम चाल्न आग्रह गर्छु।"

Armidale, NSW.
Armidale, NSW. Source: SBS News
आर्मिडेलमा ढल परीक्षण गर्दा कोभिड-१९ पत्ता लागिनुले पनि राज्यका स्वास्थ्य अधिकारीलाई चिन्तित तुल्याएको छ।

राज्यकी स्वास्थ्य प्रमुख चान्ट भन्छिन् कि आर्मीडेल बासिन्दाहरूका निम्ति सन्तोष लिने समय छैन।

"आर्मिडेलमा पहिला भाइरस कम देखिएको थियो," उनले भनिन्।
"तर यस पटक जाँच गर्दा भने ढलमा भाइरसको सङ्ख्या बढेको देखिएको छ र हामीलाई आर्मिडेल वरपर सक्रिय केसहरू हुन सक्छन् भनेर चिन्ता छ।"
राज्यका स्वास्थ्य मन्त्री ब्रा‍ड हाजार्डले न्यु साउथ वेल्सको स्वास्थ्य प्रणाली दबाबमा रहेकोमा कुनै शङ्का नरहेको बताएका छन्।

सिड्नीको पछिल्लो प्रकोपका कारण वेस्टमीड हस्पिटल निकै दबाबमा रहेको पनि उनको भनाई छ।

उक्त अस्पतालका ३६ सघन उपचार सुविधा मध्ये ४ हाल काम नगर्ने स्थितिमा रहेको जानकारी सार्वजनिक गर्दै हाजार्डले उक्त खुलासा गरेका हुन्।

क्वीन्सल्यान्ड

क्वीन्सल्यान्डमा गएको २४ घण्टामा सामुदायिक सङ्क्रमणका थप १६ घटनाहरू दर्ता भएका छन्।

बिहीवार घोषणा गरिएका सम्पूर्ण केसहरू इन्दूरूपिल्ली क्लस्टरसँग सम्बन्धित रहेको स्थानीय अधिकारीहरूको भनाई छ।
यो पछिल्लो आँकडासँगै राज्यमा हाल जारी डेल्टा प्रकोपबाट ७९ जना सङ्क्रमित भइसकेको बताइएको छ।

यसै गरी आज सार्वजनिक गरिएका ती १६ सङ्क्रमित मध्ये केवल चार जना मात्र समुदायमा सक्रिय रहेको क्वीन्सल्यान्डकी प्रमुख स्वास्थ्य अधिकारी डा ज्यानेट यङले आफ्नो दैनिक कोभिड-१९ अपडेटका क्रममा उल्लेख गरेकी छिन्।
Deputy Premier Miles announced Queensland has recored a further 27 new cases of COVID-19 including 11 cases on a ship off the Queensland coast. (AAP Image/Darren England) NO ARCHIVING
Chief Health Officer Dr Jeannette Young is seen during a press conference to provide a COVID-19 update, in Brisbane, Thursday, August 5, 2021. Source: AAP
उनी भन्छिन् कि भाइरसलाई नियन्त्रण गर्ने कार्यमा राज्य अगाडी बढिरहेको छ।

साथै, यङ चाहन्छिन् कि कोरोनाभाइरस परीक्षण सङ्ख्या दैनिक रूपमा ५०,००० भन्दा कम नहोस्।

क्वीन्सल्यान्डकी स्वास्थ्य मन्त्री युभेट डी'आथले सेप्टेम्बरका लागि भनिएको फाइजर खोप आगामी दुई हप्ता भित्रै आपूर्ति गर्ने सङ्घीय सरकारको निर्णयलाई स्वागत गरेकी छिन्।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।




Share

Published

Updated

By SBS/ALC Content
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
कोभिड-१९ अपडेट: भिक्टोरिया पुन: लकडाउनमा | SBS Nepali