कोभिड-१९ अपडेट: भिक्टोरियामा ७० प्रतिशत खोप दर र न्यु साउथ वेल्समा आर्थिक प्याकेजको घोषणा

यो २१ अक्टोबर २०२१, बिहिबारको अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Melanie Brisbane-Schilling (left) and daughter Maddie are reunited after spending two months apart after Melanie to Melbourne from Sydney.

Melanie Brisbane-Schilling (left) and daughter Maddie are reunited after spending two months apart after Melanie to Melbourne from Sydney. Source: AAP Image/James Ross

 

मुख्य बुँदाहरू:

  • आज राति ११:५९ देखि मेलर्वनको लकडाउन अन्त्य हुँदै
  • न्यु साउथ वेल्स सरकारद्वारा व्यवसायहरूलाई थप आर्थिक सहयोगको घोषणा
  • र क्विन्सल्याण्डमा खोप कार्यक्रम अभिवृद्धि गर्न “सुपर स्यार्टडे”

 

भिक्टोरिया

भिक्टोरियामा आज २,२३२ जनामा कोरोना भाइरसको सामुदायिक सङ्क्रमण पुष्टि भएको छ ।

कोभिड-१९ का कारण उक्त अवधिमा १२ जनाले ज्यान गुमाएका छन् ।

मेलबर्नको छैटौँ लकडाउन आज राति ११:५९ मा देखि आधिकारिक रूपमा अन्त्य हुदैछ ।

यसैबिच राज्यमा आउँदो हप्ताबाट घरमै गरिने क्वारेन्टिन व्यवस्थाको परीक्षण सुरु गरिने भएको छ ।

प्रधानमन्त्री स्कट मोरीसनले राज्यका ७० प्रतिशत बासिन्दाले खोपको दुवै मात्रा लगाएको घोषणा गरेका छन् ।

प्रधानमन्त्रीले भिक्टोरियाले लामो बाटो तय गरिसकेको बताउँदै अब नयाँ मार्ग तर्फ उक्त राज्य लम्केको टिप्पणी गरेका छन्।

 

 

न्यु साउथ वेल्स

न्यु साउथ वेल्समा आज ३७२ जना सङ्क्रमित फेला परेका छन् भने कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ ।

विदेशबाट फर्किएर क्वारीनटीनमा बसेका अन्य दुई जनामा पनि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

राज्य सरकारको अर्थतन्त्रलाई फेरी उकास्ने योजना  अन्तर्गत हाल पर्यटन तथा कार्यक्रम आयोजनाहरूका लागि ५० करोड ३० लाख डलर बराबरको प्याकेज घोषणा गरिएकोमा थप आर्थिक प्याकेज पनि घोषणा हुने बताइएको छ ।

हाल न्यु साउथ वेल्सका १८ वर्ष माथिका बासिन्दाहरूका लागि स्टे एण्ड डिस्कभर योजना अन्तर्गत होटेलमा बस्नका लागि ५० डलर बराबरको भाउचर दिइने भएको छ ।

 

क्वीन्सल्यान्ड

क्वीन्सल्यान्डमा एक जनामा कोरोना भाइरसको सामुदायिक सङ्क्रमण पुष्टि भएको छ । पुष्टि भएको व्यक्ति यसै महिनाको सुरुमा मेलर्वनमा पुगेका उबर चालक भएको बताइएको छ ।

राज्यकी मुख्य स्वास्थ्य अधिकारी जेनेट योङ्गले ३० बर्सिया उक्त व्यक्ति निकै बिरामी रहेका कारण  थप जानकारी प्राप्त गर्न अधिकारीहरूलाई अप्ठेरो भइरहेको बताइन् ।

यसैबिच डिसेम्बर १७ तारिखमा राज्यलाई पूर्ण रूपमा खोलिने बताईँदै गरिँदा, शनिवारका दिन “सुपर स्याटरडे” नामक व्यापक खोप कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

 

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)

एसीटीमा आज २८ जनामा कोरोनाको सामुदायिक सङ्क्रमण फेला परेको छ ।

हाल राज्यमा ४ सय २५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबिच राज्यमा दुवै मात्राको खोप लगाएका मानिसहरूको सङ्ख्या ८० प्रतिशत पुग्दा आज रातिबाट प्रतिबन्धहरू थप खुकुलो हुने भएका छन् ।

 

पछिल्लो २४ घण्टामा अस्ट्रेलियाका कोभिड-१९ सम्बन्धी अन्य समाचार

तास्मेनियामा खोपको दुवै मात्रा लगाएका मानिसहरूको सङ्ख्या ७० प्रतिशत पुगेको छ ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ। 


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share

4 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now