SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: भिक्टोरियाका ९०% जनसङ्ख्याले खोप लगाए, क्वीन्सल्यान्डको ट्राभल बबलमा परिवर्तनको सम्भावना

यो २५ नोभेम्बर २०२१, बिहीबारको संक्षिप्त अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Melbourne City
Premier Daniel Andrews said Victoria is 'one of the safest places anywhere in the world' after the state surpassed 90 per cent double vaccination target. Source: Getty Images

2 min read

Published

Updated

By SBS/ALC Content

Presented by SBS Nepali

Source: SBS



Skip to article content

  • न्यु साउथ वेल्सको बाइरन बेमा एक कोभिड-१९ सङ्क्रमण पुष्टि भए पछि, क्वीन्सल्यान्डले उक्त राज्यसँग जारी गर्न लागेको यात्रा योजनाको समीक्षा गर्ने, क्वीन्सल्यान्डकी प्रिमियर एनेस्टेसिया पलाशेले बताएकी छिन्। 
  • कोभिड-१९ को बारेमा विदेशमा रहेका मानिसहरूले गलत जानकारीहरू दिइरहेको भन्दै, नर्दन टेरिटरीमा मुख्यमन्त्री माइकल गनरले बासिन्दाहरूलाई परम्परागत वरिष्टहरूको कुरा सुन्न आग्रह गरेका छन्। 
  • भिक्टोरियामा कोभिड-१९ खोपको पूर्ण मात्रा लगाउने मानिसहरूको सङ्ख्या ९०% पुगेको छ। त्यस्तै, प्रतिबन्धहरू हट्दै गर्दा भिक्टोरियाली प्रिमियर डानियल एन्ड्रुजले मानिसहरूलाई कोभिड-१९ नियमहरूको पालना गर्दै, रिटेल तथा सेवा प्रदायक कर्मचारीहरूसँग राम्रो व्यवहार गर्न आग्रह गरेका छन्। 
  • टेम्पररी ग्राजुवेट भिसा (सबक्लास ४८५) भए तापनि अस्ट्रेलियाको अन्तराष्ट्रिय सीमा प्रतिबन्धका यहाँ प्रवेश गर्न नपाएका मानिसहरूले एक प्रतिस्थापन भिसाको (replacement visa) लागि आवेदन हाल्न पाउने छन्। 

कोभिड-१९ तथ्याङ्क

भिक्टोरियामा १,२५४ सामुदायिक कोरोना भाइरस सङ्क्रमण हुनुका साथै पाँचजनाको मृत्यु भएको छ। 

न्यु साउथ वेल्समा २७६ सामुदायिक सङ्क्रमण फेला परेका छन्। 

अस्ट्रेलियन क्यापिटल टेरिटरीमा आठ जना, र नर्दन टेरिटरीमा एक जनामा सङ्क्रमण देखा परेको छ। 


प्रत्येक राज्य र टेरिटरी अनुसार क्वारेन्टिन नियम र प्रतिबन्धहरू

तपाईँको राज्य या टेरिटरीमा गर्न पाइने र नपाइने कुराहरूको बारेमा जानकार रहनुहोस्। 

यात्रा

अस्ट्रेलिया आउने अन्तराष्ट्रिय यात्रुहरूको लागि जानकारी यहाँ उपलब्ध छ। 

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे विभिन्न भाषामा अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे अस्ट्रेलिया सरकारको वेबसाइटमा थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।




न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now