SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: भिक्टोरियाले महामारी सम्बन्धी आफ्नो सार्वजनिक स्वास्थ्य नीति सुधार गर्ने, क्वीन्सल्यान्डले अन्तर्राष्ट्रिय विद्यार्थीहरू पुनः भित्र्याउने

यो २६ अक्टोबर २०२१, मङ्गलवारको अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Wanafunzi watembea katika chuo cha Queensland mjini Brisbane.
Wanafunzi watembea katika chuo cha Queensland mjini Brisbane. Source: Getty Images

4 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS



Skip to article content

मुख्य बुँदाहरू:

  • भिक्टोरियाद्वारा महामारी केन्द्रित नयाँ सार्वजनिक स्वास्थ्य विधेयक प्रस्तुत,
  • अन्तर्राष्ट्रिय विद्यार्थी फर्काउने आफ्नो योजना क्वीन्सल्यान्डद्वारा सार्वजनिक र
  • क्वारेन्टिन बस्नु नपर्ने नीति आफ्नो लक्ष्य रहेको नर्दन टेरिटरीको भनाई।

भिक्टोरिया

मध्यरातसम्मको २४ घण्टामा कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप १,५१० नयाँ मामिला दर्ता गरेको र कोभिड-१९ का कारण चार राज्यवासी गुमाएको भिक्टोरियामा, राज्य सरकारद्वारा एक नयाँ महामारी कानुन प्रस्ताव गरिएको छ।

ड्यानिएल एन्ड्रुज नेतृत्वको भिक्टोरियाली सरकारले राज्यको संसद्मा उक्त विधेयक आज प्रस्तुत गरेको हो।

नयाँ प्रस्तावित कानून अनुसार, प्रमुख स्वास्थ्य अधिकारी तथा सार्वजनिक स्वास्थ्य टोलीबाट प्राप्त सल्लाहलाई विचार गरेर, भिक्टोरियाली प्रिमियरले महामारी घोषणा गर्न सक्नेछन्।

राज्यका स्वास्थ्य मन्त्री मार्टिन फोली भन्छन् कि नयाँ बन्ने कानूनले हाल कायम रहेको व्यवस्थालाई प्रतिस्थापन गर्नेछ।

प्रचलित भिक्टोरियाली कानून अनुसार स्वास्थ्य मन्त्रीले हरेक चार हप्तामा सङ्कटकालीन व्यवस्थाको समीक्षा गरेर त्यसको समय बढाउने गरेका छन्।

विधेयक पारित भए, जरिमाना पाउने मानिसहरूले आर्थिक सङ्कटको सामना गरिरहेको अवस्थामा आफ्नो दण्ड स्वरूप बुझाउनु पर्ने रकमलाई घटाउन आवेदन दिन सक्नेछन्।

आगामी अक्टोबर २९ तारिख शुक्रवार राज्यले आफ्नो ८० प्रतिशत खोप लक्ष्य पुरा गर्ने बताइएको छ।

योग्य बासिन्दाहरूको ८० प्रतिशतले खोपको दुवै मात्रा लगाइसकेपछि भिक्टोरियामा कोभिड-१९ सम्बन्धी प्रतिबन्धहरू थप खुकुलो हुने घोषणा एन्ड्रुजले केही दिन अघि गरिसकेका छन् ।

क्वीन्सल्यान्ड

प्रिमियर अनास्टेसिया पलाशेले आफ्नो राज्यमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू सन् २०२२ देखि पुनः फर्किन सक्ने घोषणा गरेकी छिन्।

बितेका २४ घण्टामा क्वीन्सल्यान्डले कोरोनाभाइरस स्थानीय सङ्क्रमणका थप दुई नयाँ मामिलाहरू दर्ता गरेको छ।

न्यु साउथ वेल्स

हिजो बेलुका आठ बजेसम्मको गणना अवधिमा न्यु साउथ वेल्सले कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप २८२ नयाँ मामिलाहरू दर्ता गरेको छ।

सोही अवधिमा कोरोनाभाइरस सङ्क्रमणका कारण एक राज्यवासीको मृत्यु भएको पनि स्थानीय स्वास्थ्य विभागले बताएको छ।

हालसम्म राज्यका १६ वर्ष माथिका योग्य बासिन्दाहरूको ८५ प्रतिशतले खोपको दुवै मात्रा लगाइसकेका छन्।

 

एसीटी र नर्दन टेरिटरी

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)ले बितेका २४ घण्टामा कोभिड-१९ सामुदायिक सङ्क्रमणका १२ नयाँ मामिलाहरू दर्ता गरेको छ।

उता, नर्दर्न टेरिटरीले भने खोपका दुवै मात्रा लगाएका मानिसहरूले क्वारेन्टिनमा बस्नु नपर्ने नीति आगामी ज्यानुअरी १८ तारिखदेखि लागू गर्ने लक्ष्य लिएको छ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ। 


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now