SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: भिक्टोरियाले दैनिक सङ्क्रमण सङ्ख्याको राष्ट्रिय रेकर्ड बनायो

Watu wajaa ndani ya jengo lakifalme la maonesho ambako chanjo za COVID-19 zatolewa mjini Melbourne
Watu wajaa ndani ya jengo lakifalme la maonesho ambako chanjo za COVID-19 zatolewa mjini Melbourne Alhamisi, Septemba 2, 2021. Source: AAP Image/Daniel Pockett

4 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS



Skip to article content

मुख्य बुँदाहरू:

  • भिक्टोरियामा खोपका हजारौँ थप मात्रा उपलब्ध,
  • न्यु साउथ वेल्सका ६७.५ प्रतिशत बासिन्दाले लगाए खोपको दुवै मात्रा,
  • क्यानबेराका १२ वर्ष माथिका ९४ प्रतिशत भन्दा बढीले खोपको पहिलो मात्रा लगाए र
  • क्वीन्सल्यान्डमा दुई नयाँ स्थानीय सङ्क्रमण दर्ता।

भिक्टोरिया

मध्यरातसम्मको २४ घण्टामा भिक्टोरियामा कोरोनाभाइरस स्थानीय सङ्क्रमणका १,७६३ नयाँ मामिलाहरू दर्ता भएका छन्।

यो सङ्ख्या, महामारी सुरु भए यता अस्ट्रेलियाको कुनै पनि राज्य वा प्रदेशमा दैनिक गणनाका क्रममा दर्ता भएको, हालसम्मकै सबैभन्दा बढी हो।

प्रिमियर ड्यानिएल एन्ड्रुजका अनुसार बितेका २४ घण्टामा कोभिड-१९ सम्बन्धी जटिलताका कारण चार भिक्टोरियालीले आफ्नो ज्यान गुमाएका छन्।

साथै उनी भन्छन् कि फाइजर, एस्ट्राजेनेका र मोर्डनाका हजारौँ मात्रा खोपहरू राज्यभर उपलब्ध छन्।

आजैदेखि भिक्टोरियामा निर्माण उद्योग पुनः सञ्चालनमा आएको छ।

कोभिड-१९ सम्बन्धी राज्य सरकारद्वारा निर्दिष्ट नियमहरूको राम्रो पालना नभएको भन्दै दुई हप्ताका लागि उक्त उद्योग बन्द गरिएको थियो।

खोपको पुरा मात्रा लगाएका कामदारले मात्र कार्यस्थलमा प्रवेश पाउने गरी भिक्टोरियामा निर्माण उद्योग पुनः सञ्चालन गरिएको हो।

उता, जारी प्रकोप नियन्त्रणमा आएको भन्दै एन्ड्रुजले लाट्रोब भ्याली क्षेत्र आज मध्यरातदेखि लकडाउन मुक्त हुने बताएका छन्।

न्यु साउथ वेल्स

दैनिक सङ्क्रमण सङ्ख्या ओरालो लाग्दै गएको न्यु साउथ वेल्समा हिजो राती आठ बजेसम्मको २४ घण्टे अवधिमा ६०८ नयाँ सामुदायिक सङ्क्रमण दर्ता भएका छन्।

सोही अवधिमा थप सात राज्यवासीले कोरोनाभाइरस सङ्क्रमणका कारण आफ्नो ज्यान गुमाएको न्यु साउथ वेल्स स्वास्थ्य विभागको भनाई छ।

हालसम्म राज्यका १६ वर्ष र सोभन्दा माथि उमेर भएका मानिसहरूको कुल सङ्ख्याको ८८.५ प्रतिशतले खोपको पहिलो मात्रा प्राप्त गरिसकेका छन् भने आइतबार, अक्टोबर ३ तारिखसम्ममा ६७.५ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेको सरकारी तथ्याङ्क छ।

टारी, फरेस्टर-टन्कर्री र मसेलब्रूकमा सङ्क्रमण सङ्ख्या बढ्दै जाँदा अक्टोबर ११ सम्मका लागि घरमा नै बस्नुपर्ने प्रतिबन्धात्मक आदेशको समय सीमा लम्ब्याइएको छ।

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)

एसीटीले बितेको २४ घण्टामा कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप ३३ नयाँ मामिलाहरू दर्ता गरेको छ।

मुख्यमन्त्री एन्ड्रु बार्रका अनुसार ती मध्ये कम्तीमा पनि १४ जना समुदायमा सक्रिय रहेका थिए।

प्रदेशका १२ वर्ष र सोभन्दा माथिका ९४ प्रतिशत मानिसहरूले खोपको पहिलो मात्रा लगाइसकेका छन् भने ६५ प्रतिशतले दुवै मात्रा पाएको सरकारी तथ्याङ्क छ।

देशकै सन्दर्भमा भने, १६ वर्ष माथिका मानिसहरूको ८० प्रतिशतले आगामी महिनाको मध्यसम्ममा खोपको दुवै मात्रा लगाइसक्ने सरकारी अनुमान छ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now