कोभिड-१९ अपडेट: भिक्टोरियामा सङ्क्रमण सङ्ख्याको नयाँ अस्ट्रेलियाली रेकर्ड

यो शुक्रवार, ८ अक्टोबर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

People are seen canoeing at Albert Park Lake in Melbourne, Thursday, October 7, 2021.

People are seen canoeing at Albert Park Lake in Melbourne, Thursday, October 7, 2021. Source: AAP/James Ross

मुख्य बुँदाहरू: 

  • भिक्टोरियाद्वारा बोर्डर बबल व्यवस्था पुनः लागू,
  • न्यु साउथ वेल्समा सबैलाई कोभिड सुरक्षित व्यवहार निर्वाह गर्न आग्रह,
  • क्यानबेराका ६८ प्रतिशतभन्दा बढी बासिन्दाहरूले लगाए खोपको दुवै मात्रा र
  • क्वीन्सल्यान्ड एवम् साउथ अस्ट्रेलियामा प्रतिबन्धहरू खुकुलो बन्दै।


भिक्टोरिया

गए मध्यरातसम्ममा भिक्टोरियामा कोरोनाभाइरस स्थानीय सङ्क्रमणका थप १,८३८ नयाँ मामिलाहरू दर्ता भएका छन्।

महामारी सुरु भए यता अस्ट्रेलियाका कुनै पनि राज्य वा प्रदेशमा, २४ घण्टाको अवधि भित्र दर्ता भएका, स्थानीय सङ्क्रमणहरूको यो नै सर्वाधिक सर्वाधिक सङ्ख्या हो।

हिजो भिक्टोरियामा ७७,५५४ जनाको कोभिड-१९ परीक्षण सम्पन्न भएको थियो।

राज्यका निम्न काउन्सिल क्षेत्रहरूलाई “बोर्डर बबल” अन्तर्गत व्यवस्थामा थप गरिएको छ:

  • बेनाला,
  • ग्रेटर बेन्डिगो,
  • बुलोक शायर,
  • लड्डन,
  • यारिआमबियाक,
  • हे,
  • एडवर्ड रिभर,
  • लकहार्ट,
  • मुरुमबीजी र
  • वागा-वागा।

गएका १४ दिन “बबल” काउन्सिल क्षेत्रमा बिताएका मानिसहरूले भिक्टोरियाबाट आवतजावत गर्दा स्वीकृति लिनुपर्ने व्यवस्था पनि हटेको छ।

न्यु साउथ वेल्स

हिजो, बिहीवार राती आठ बजेसम्मको २४ घण्टामा न्यु साउथ वेल्समा कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप ६४६ नयाँ मामिलाहरू दर्ता भएका छन् भने सोही अवधिमा कोरोनाभाइरस सङ्क्रमणका कारण ११ राज्यवासीको ज्यान गएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

योसँगै न्यु साउथ वेल्समा हाल जारी प्रकोपका कारण मृत्यु हुने मानिसहरूको सङ्ख्या ४१४ पुगेको छ।

उता, राज्यका केही क्षेत्रीय तथा ग्रामीण इलाकाहरूमा भाइरसका जीवाणुहरू फेला परे पछि अधिकारीहरूले ती स्थानमा बस्ने मानिसहरूलाई कोभिड-१९ का लक्षणहरू देखा पर्नासाथ परीक्षणका लागि अगाडी आउन भनेका छन्।

विशेष गरी हन्टर न्यु इङ्गल्यान्ड क्षेत्रमा पर्ने वी वा र पश्चिमी न्यु साउथ वेल्सका कीरिन्डी एवम् ब्रेवार्रिनाका बासिन्दाहरूलाई यस बारे सतर्क रहन भनिएको छ।

राज्यकी प्रमुख स्वास्थ्य अधिकारी डा केरी चान्ट भन्छिन् कि सबै जनाले मास्क लगाउने कार्यलाई निरन्तरता दिनुका साथै क्युआर कोड प्रयोग गरेर चेक इन गर्ने लगायतका स्वास्थ्य आदेशहरूको पालना गर्नै पर्छ।

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)

बितेका २४ घण्टामा एसीटीले कोभिड-१९ सामुदायिक सङ्क्रमणका ४० नयाँ मामिलाहरू दर्ता गरेको छ।

प्रदेशका १६ गम्भीर सङ्क्रमितहरूको अस्पतालमा उपचार भइरहेको छ भने ती मध्ये छ जना आइसियुमा भर्ती छन् र पाँच जनालाई भेन्टिलेटरमा राखिएको छ।

अन्य राज्य

महानगरीय ब्रिसबेनका काउन्सिल क्षेत्रहरू लगायत लोगन, गोल्ड कोस्ट, मोर्टन बे, टाउन्सभिल (म्याग्नेटिक आइल्यान्ड सहित) र पाम आइल्यान्ड बाँकी क्वीन्सल्यान्डसँगै तेस्रो चरणको प्रतिबन्धहरूमा आज दिउँसो ४ बजेदेखि प्रवेश गर्नेछन्।

यसै गरी साउथ अस्ट्रेलियाको दक्षिण पूर्वी भेक राज्यका अन्य स्थानहरूमा हाल लागू पहिलो चरणको प्रतिबन्धहरूमा फिर्ता हुनेछन्।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share

4 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now