SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: प्रतिबन्धहरू अझै खुकुलो हुने तयारीमा भिक्टोरिया

यो २९ अक्टोबर २०२१, शुक्रवारको अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Melbourne's CBD is seen from the banks of Williamstown.
Melbourne's CBD is seen from the banks of Williamstown. Source: AAP

4 min read

Published

By SBS/ALC Content

Source: SBS



Skip to article content

मुख्य बुँदाहरू:

  • भिक्टोरियालीहरू आज साँझदेखि खुकुलो हुने प्रतिबन्धहरूको प्रतीक्षामा
  • न्यु साउथ वेल्स अधिकारीहरूद्वारा ह्यालोविन कोभिडसेफ रूपमा मनाउन राज्यवासीहरूलाई आग्रह र
  • भिक्टोरियामा कोभिड-१९ खोप लगाउनबाट छुट पाउने नियमहरू कडा बनाइने।

भिक्टोरिया

मध्यरातसम्मको २४ घण्टामा भिक्टोरियाले कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका १,६५६ नयाँ मामिलाहरू दर्ता गरेको छ भने सोही अवधिमा १० राज्यवासीको कोभिड-१९ सङ्क्रमणका कारण मृत्यु भएको छ।

आज साँझ ६ बजेदेखि राज्यमा हाल जारी प्रतिबन्धहरू खुकुलो हुँदै गर्दा स्थानीय अधिकारीहरूले ती आँकडा सार्वजनिक गरेका हुन्।

प्रतिबन्धहरू खुकुलो भएपछि हप्तौँदेखि बन्द रहेका गैर-अत्यावश्यक खुद्रा व्यवसायहरू खुल्न पाउने भएका छन् भने क्याफे, पब, रेस्टुरेन्टहरूको ग्राहक भित्राउन सक्ने क्षमता बढ्ने छ।

यसै गरी मेलबर्न र रिजनल भिक्टोरिया बिचको यात्रामा लागू प्रतिबन्ध पनि आजै साँझदेखि हट्नेछ।

मास्कको प्रयोग पनि भवन बाहिर अनिवार्य हुने छैन।

भिक्टोरिया अस्ट्रेलिया मेलबर्न मार्गचित्र कोरोना कोभिड
Source: SBS Nepali

खोप नलगाउन सहज रूपमा छुट सम्बन्धी पत्र लेखिदिने डाक्टरहरू कहाँ मानिसहरू खोजी-खोजी जान थालेपछि, राज्य सरकारले यसबारे कडा नियम लागू गर्ने तयारी भइरहेको बताएको छ।

न्यु साउथ वेल्स

बिहीवार राती आठ बजेसम्मको २४ घण्टामा न्यु साउथ वेल्सले कोभिड-१९ स्थानीय सङ्क्रमणका थप २६८ नयाँ मामिलाहरू दर्ता गरेको छ।

राज्यको स्वास्थ्य विभागका अनुसार सोही अवधिमा थप दुई जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ।

सप्ताहान्तमा पर्ने ह्यालोविन उत्सव, कोभिडसेफ वा कोरोनाभाइरस सम्बन्धी स्वास्थ्य नियमहरूको पालना गर्दै, सुरक्षित तवरले मनाउन अधिकारीहरूले राज्यवासीलाई आग्रह गरेका छन्।

उत्सव सकेसम्म घर बाहिर नै मनाउन र एउटै भाँडोबाट चकलेट तथा मिठाईहरू बाँड्नुभन्दा अलगै प्याकेटहरू बनाएर वितरण गर्न स्वास्थ्य अधिकारीहरूले सल्लाह दिएका हुन्।

 

अस्ट्रेलियन क्यापिटल टरिटरी (एसीटी)

एसीटीमा बितेका २४ घण्टामा कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप १० मामिला दर्ता भएको छन्।

योसँगै प्रदेशमा सक्रिय मामिलाहरूको सङ्ख्या २३४ पुगेको छ।

कोभिड-१९ सम्बन्धी अन्य अपडेट

अस्ट्रेलियाली तथ्याङ्क विभागद्वारा जारी एक पछिल्लो आँकडा अनुसार अस्ट्रेलिया बाहिर जन्मेका मानिसहरूको कोभिड-१९ मृत्युदर यहीँ जन्मेकाहरूभन्दा बढी रहेको देखाएको छ।

अस्ट्रेलिया बाहिर जन्मेका मानिसहरूले प्रति एक लाखमा सरदर ४.२ जना कोभिड-१९ आफ्नो ज्यान गुमाएका छन् भने यहीँ जन्मेका मानिसहरूको कोभिड-१९ मृत्यु दर प्रति एक लाख २ रहेको विभागले जानकारी दिएको हो।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ। 


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now