SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: भिक्टोरियामा जारी प्रकोपको हालसम्मकै घातक दिन, न्यु साउथ वेल्समा प्रतिबन्ध थप खुकुलो हुँदै

यो बुधवार, १२ अक्टोबर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

The Royal Children's Hospital in Melbourne is dealing with a coronavirus scare in its NICU unit, which cares for vulnerable newborns.
The Royal Children's Hospital in Melbourne is dealing with a coronavirus scare in its NICU unit, which cares for vulnerable newborns. Source: AAP

4 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS



Skip to article content

 मुख्य बुँदाहरू:

  • भिक्टोरियामा जारी प्रकोपको हालसम्मकै घातक दिन,
  • न्यु साउथ वेल्समा ८० प्रतिशत बासिन्दाले यो सप्ताहान्तसम्ममा खोपको पुरा मात्रा लगाइसक्ने र
  • एसीटी थप सयौँ सङ्क्रमण स्थलहरू थपिए। 

भिक्टोरिया

भिक्टोरियाले पछिल्लो २४ घण्टामा कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप १,५७१ नयाँ मामिलाहरू थपेको छ।

सोही अवधिमा कोरोनाभाइरस सम्बन्धित जटिलताका कारण १३ भिक्टोरियालीहरूको ज्यान गएको पनि स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्।

मेलबर्नको रोयल चिल्ड्रेन्स बाल अस्पताल पुगेका एक अभिभावक सम्भावित रूपमा सङ्क्रमित रहेको आशङ्कामा हाल स्वैच्छिक शल्यक्रिया रोकिएको छ भने उक्त अस्पताल पुग्ने सबै आगन्तुकहरूले र्‍यापिड एन्टिजेन टेस्ट भनिने कोभिड-१९ को द्रुत परीक्षण गर्नुपर्ने बताइएको छ।

उता, भिक्टोरियाली स्वास्थ्य मन्त्री मार्टिन फोलीका अनुसार आज मध्यरात उप्रान्त ह्युम क्षेत्रमा पर्ने मिचेल शायर लकडाउनबाट बाहिरिने छ।

न्यु साउथ वेल्स

मङ्गलवार राती आठ बजेसम्मको गणना अवधिमा न्यु साउथ वेल्सले कोभिड-१९ स्थानीय सङ्क्रमणका थप ४४४ नयाँ मामिलाहरू दर्ता गरेको छ।

सोही अवधिमा चार राज्यवासीहरूको कोरोनाभाइरस सम्बन्धी रोगका कारण मृत्यु भएको पनि बताइएको छ।

उता, आगामी आइतवारसम्ममा राज्यका योग्य बासिन्दाहरूको ८० प्रतिशतले कोभिड-१९ खोपको पूरा मात्रा लगाइसक्ने देखिएपछि न्यु साउथ वेल्सका प्रिमियर डोमिनिक पेरोटेले आफ्नो राज्यको प्रतिबन्धहरूबाट बाहिर निस्कने मार्गचित्रमा परिमार्जन हुने सङ्केत गरेका छन्।

NSW Roadmap Nepali COVID-19
Source: SBS Nepali

उनका अनुसार भोलि बिहीवार बस्ने राज्यको मन्त्रिपरिषद्को बैठकमा यसबारे छलफल हुने छ।

शुक्रवारसम्ममा यसबारे सार्वजनिक रूपमा घोषणा हुने अपेक्षा छ।

हालसम्म १६ वर्ष माथिका ७५ प्रतिशतभन्दा बढिले खोपको दुवै मात्रा लगाई सकेका छन् भने पहिलो मात्रा ९० प्रतिशतभन्दा बढिले पाइसकेको सरकारी तथ्याङ्क छ।

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)

बितेका २४ घण्टामा एसीटीले कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका ५१ नयाँ मामिलाहरू दर्ता गरेको छ।

हाल क्यानबेरा स्थित अस्पतालमा १६ कोभिड-१९ बिरामीहरू भर्ती रहेकोमा आठ जनाको सघन उपचार भइरहेको स्थानीय अधिकारीहरूले बताएका छन्।

आइसियुमा रहेका ती आठ मध्ये पाँच जनालाई भेन्टिलेटरमा राखिएको पनि उनीहरूको भनाई छ।

सङ्क्रमित स्थलहरूको सूचि बढ्दै जाँदा, अधिकारीहरूले क्यानबेरावासीलाई यसबारे अद्यावधिक रहन आग्रह गरेका छन्।

हाल प्रदेशभर ३७० भन्दा पनि बढी सङ्क्रमित स्थानहरू सूचीकृत छन्।

आफ्ना बासिन्दाहरूको झन्डै ९९ प्रतिशतलाई खोपको दुवै मात्रा लगाउने संसारभरकै पहिलो सहरका रूपमा उभिने होडमा क्यानबेरा हाल निकै अगाडी रहेको छ।

नोभेम्बरसम्ममा अस्ट्रेलियाली राजधानी शहरले उक्त इतिहास रच्न सक्ने बताइएको छ।

“अहिले उपलब्ध प्रमाणहरू हेर्ने हो भने एसीटी संसारकै सबैभन्दा बढी खोप लगाउने शहरहरूमा पर्नेछ,” मुख्यमन्त्री एन्ड्रु बार्रले भने।

 

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now