SKIP TO MAIN CONTENT

कोभिड–१९ अपडेट : भिक्टोरियामा हालसम्मकै उच्च मामिला दर्ता र सङ्घीय महामारी भुक्तानीलाई कम गरिने

यो बुधवार , २९ सेप्टेम्बर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Brisbane
Brisbane Source: AAP

5 min read

Published

Updated

By SBS/ALC Content

Presented by SBS Nepali

Source: SBS



Skip to article content


मुख्य बुँदाहरू:

  • राज्य र टेरीटरीहरुमा ७० प्रतिशत खोप दर पुगे सङ्घीय सरकारले प्रदान गर्ने प्रकोप भुक्तानी बापतको सहयोग रकम कम गरिने ।
  • भिक्टोरियामा महामारी सुरु भए यताकै उच्च कोभिड–१९ का मामला दर्ता ।
  • अक्टोबर ११ देखि दुवै मात्रा खोप लगाएकाहरूले बृद्धास्याहार केन्द्रमा आफन्त भेट्न जान पाउने ।

भिक्टोरिया

भिक्टोरियामा आज कोरोनाको सामुदायिक सङ्क्रमणका ९ सय ५० मामिलाहरू दर्ता भएका छन् भने उक्त अवधिमा सात जना मानिसले कोरोनाका कारण ज्यान गुमाएका स्थानिय अधिकारीहरूको भनाई छ ।

महामारी सुरु भए यता पुष्टि भएको यो सबैभन्दा बढी सङ्ख्या हो ।

मङ्गलबार राज्यमा ८ सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका थिए ।

नयाँ सङ्क्रमित थपिए सँगै राज्यमा हाल सक्रिय सङ्क्रमितरूको सङ्ख्या ९ हजार ८ सय ९० पुगेको छ।

आजैदेखि लकडाउनका केही नियमहरू खुकुलो बनाइएका छन् जस अन्तर्गत मेट्रो मेलर्वनमा यात्रा सीमालाई १५ किलोमिटर बनाइएको छ भने टेनिस र गल्फ जस्ता बिना सम्पर्क खेल्न सकिने खेलहरू खेल्न पाइने भएको छ ।

तर राज्यको लाट्रोभ भ्याली क्षेत्रमा भने कोभिड–१९ का मामिला बढ्दै गएको भन्दै सात दिने लकडाउन घोषणा गरिएको छ ।

राज्यमा मङ्गलवार ६१ हजार ३ सय २२ जनाले कोरोना जाँच गराएका छन् भने ३४ हजार २८ डोज खोप लगाइएको छ ।

यसैबिच राज्यका स्वास्थ्य मन्त्री मार्टीन फोलीले एएफएल ग्रान्ड फाइनलमा गैर कानुनी रूपमा भएको जमघटको निन्दा गरेका छन् ।

हाल राज्यमा ७९ प्रतिशत मानिसहरूले खोपको पहिलो डोज लगाएका छन् भने ४८ प्रतिशत मानिसहरूले पूर्ण रूपमा खोप लगाएका छन् ।

मेलर्वनको लकडाउन राज्यका १६ वर्षमा माथिका ७० प्रतिशत मानिसले खोप लगाइसकेपछि मात्र खोलिने बताइएको छ ।

आउँदो अक्टोबर २६ सम्म ७० प्रतिशत मानिसहरूले खोपको दुवै मात्रा लगाई सक्ने राज्य सरकारको अनुमान रहेको छ ।

न्यु साउथ वेल्स

न्यु साउथ वेल्समा मङ्गलवार राति ८ बजे सम्मको गणना अवधिमा ८ सय ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उक्त २४ घण्टे अवधिमा कोरोनाका कारण थप १५ जनाको मृत्यु भएको पनि प्रिमीयर ग्लाडिस बेरिजिक्लियनले बताएकी छिन्।

मृत्यु हुनेमा सात महिला एवम् आठ पुरुष रहेका छन् र उनीहरू ४० देखि ९० वर्ष उमेर समूहका रहेका छन् ।

ब्याटमेन बेकी खोपको दुवै डोज लगाएकी एक महिलाको पनि मृत्यु भएको बताइएको छ ।

आजको पत्रकार सम्मेलनमा बताइए अनुसार उनले खोप दोस्रो मात्रा भने भर्खरै लगाएकी थिईन्।

राज्यकी मुख्य स्वास्थ्य अधिकारी  केरी चान्टले हाल अस्पतालमा एक हजार ८२ जना कोरोना सङ्क्रमितले उपचार गराइरहेको र ती मध्य २ सय १२ जना सघन उपचार कक्षमा रहेको जानकारी दिइन् ।

प्रिमीयर बेरिजिक्लियनले भने अस्पताल भर्ना हुनै समग्र तथ्याङ्क यस अघि अनुमानित गरिएको मोडेलिङ्क भन्दा कम रहेको बताएकी छिन् ।

अक्टोबर ११ तारिख लक्षित प्रतिबन्धहरू कम हुने मितिमा बृद्धा स्याहार केन्द्रहरूमा आगन्तुकहरू आउन मिल्ने नियम पनि समावेश हुने बताइन् ।

राज्यमा ८६.२ प्रतिशतले पहिलो खोप लगाएका छन् भने ६१.७ प्रतिशतले खोपको दुवै मात्रा लगाएका छन् ।

तपाईँको काउन्सिल क्षेत्रको खोप दर:

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)

एसीटीले पछिल्लो २४ घण्टे गणना अवधिमा कोभिड-१९ स्थानीय सङ्क्रमणको थप २२ मामिलाहरू दर्ता गरेको छ।

सङ्क्रमित मध्य १२ जना यस अघिका सङ्क्रमण सँग सम्बन्धित रहेका छन् ।

७ जना सङ्क्रमण अवधिमा समुदायमा घुलमिल गरेको बताइएको छ।

हाल १० जना कोरोना सङ्क्रमितको अस्पतालमा उपचार भइरहेको छ जस मध्ये तीन जना सघन उपचार कक्षमा रहेका छन् ।

एसीटीका मुख्य मन्त्री एन्ड्रु बार्रले सम्भव भएसम्म खोपका लागि अग्रिम दर्ता हुन आग्रह गरेका छन् ।

क्वीन्सल्यान्ड

बितेका २४ घण्टामा क्वीन्सल्यान्डले कोभिड-१९ स्थानीय सङ्क्रमणको थप एक मामिला दर्ता गरेको छ।

यसै गरी हाल गोल्डकोष्टमा रहेका न्यु साउथ वेल्सका एक ट्रक चालकमा पनि कोरोना पुष्टि भएको छ ।

उक्त ट्रक चालक भने न्यु साउथ वेल्सको गणना भित्र परेका छन् ।

राज्यमा भेटिएका नयाँ सङ्क्रमित मङ्गलवार राज्यमा एक उडान प्रशिक्षण केन्द्र भेटिएका सङ्क्रमितको निकट रहेका व्यक्ति हुन् ।

पचास वर्षिय उक्त व्यक्ति गोल्डकोष्टको बिग्गेरा वार्टसका बासिन्दा रहेको र उनले खोपको दुवै मात्रा लगाइसकेको प्रिमीयरले अनास्टेसिया पलासेले बताइन् ।

गोल्ड कोष्टको सिटी काउन्सिल क्षेत्रमा पनि अनिवार्य मास्कको नियम लागु गरिएको छ ।

 

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now