मुख्य बुँदाहरू:
- भिक्टोरियामा स्विकृती प्राप्त कामदारहरूले अनिवार्य रूपमा खोप लगाउनु पर्ने,
- न्यु साउथ वेल्सका व्यापार-व्यवसायहरूले आर्थिक सहायता पाउने क्रम जारी रहने र
- क्वीन्सल्यान्डमा दुई नयाँ स्थानीय सङ्क्रमण मामिलाहरू।
भिक्टोरिया
मध्यरातसम्मको २४ घण्टे अवधिमा भिक्टोरियाले कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप १,१४३ नयाँ मामिलाहरू दर्ता गरेको छ।
सोही अवधिमा तीन भिक्टोरियालीको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको पनि राज्यको स्वास्थ्य विभागले बताएको छ।
भिक्टोरियाली प्रिमियर ड्यानिएल एन्ड्रुजका अनुसार लकडाउनका बेला काम गर्न अनुमति पाएका सबै कामदारहरूले घर बाहिर गएर आफ्नो काम जारी नै राख्न, १५ अक्टोबरसम्ममा कोभिड-१९ विरुद्ध खोपको पहिलो मात्रा लगाई सक्नुपर्नेछ।
सङ्क्रमण मामिलाहरू बढ्दै गएपछि मेलबर्न र बालाराट शहरहरु बिचमा पर्ने मूराबूल शायर क्षेत्र आज मध्यरात उप्रान्त एक साताका लागि लकडाउनमा जाने समेत घोषणा प्रिमियरले गरेका छन्।
- भिक्टोरियाली खोप केन्द्रहरु बारे आधिकारिक जानकारी यहाँ छ।
- भिक्टोरियाली सङ्क्रमण स्थानहरूको पछिल्लो सूची हेर्नुहोस्।
न्यु साउथ वेल्स
बिहीवार राती आठ बजेसम्मको गणना अवधिमा न्यु साउथ वेल्समा कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप ८६४ नयाँ मामिलाहरू पुष्टि भएका छन् भने सोही अवधिमा १५ राज्यवासीहरूले कोभिड-१९ सङ्क्रमणका कारण आफ्नो ज्यान गुमाएको बताइएको छ।
न्यु साउथ वेल्स हेल्थका अनुसार त्यसरी मृत्यु हुने नौ जनाले खोपको कुनै पनि मात्रा लगाएका थिएनन्।
हाल राज्यका १६ वर्ष र सो भन्दा बढी उमेर भएका मानिसहरूको कुल सङ्ख्याको ८७ प्रतिशतले कोरोनाभाइरस विरुद्ध खोपको पहिलो मात्रा लगाइसकेको सरकारी तथ्याङ्क छ।

उच्च खोप दर तथा कोभिड-१९ को जोखिम घट्दै गएकाले आगामी मङ्गलवारदेखि न्यु साउथ वेल्समा अत्यावश्यक ठहर नभएका स्वैच्छिक शल्यक्रिया पुनः सुचारु हुने बताइएको छ।
राज्यका ट्रेजरर डोमिनिक पेर्रोटेेटले योग्य व्यापार-व्यवसायहरूलाई आर्थिक सहयोग नोभेम्बर ३० तारिखसम्म उपलब्ध हुने बताएका छन्।
वार्षिक कारोबार ७५,००० डलरभन्दा पनि कम रहेका एकदमै साना व्यापारहरूले पाक्षिक रूपमा पाउने सरकारी अनुदान प्राप्त गरिनै रहने पनि बताइएको छ।
तर, हाल पाक्षिक रूपमा १,५०० डलर रहेको यो अनुदान घटेर ७५० डलर पुग्ने छ।
यसैगरी, आफ्नो वार्षिक कारोबार ३० प्रतिशतभन्दा धेरै कटौती भएका व्यापार-व्यवसायका हकमा भने जबसेभर कार्यक्रम केही परिमार्जित रूपमा लागू हुनेछ।
अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)
एसीटीमा बितेको २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण दुई जनाको मृत्यु हुनुका साथै स्थानीय सङ्क्रमणका ५२ नयाँ मामिलाहरू पुष्टि भएका छन्।
ज्यान गुमाउने दुवै जना क्यानबेरा स्थित वृद्ध स्याहार केन्द्रका ८० वर्ष कटेका बासिन्दाहरू रहेको बताइएको छ।
प्रदेशका मुख्यमन्त्री एन्ड्रु बार्रका अनुसार आज पुष्टि भएका अधिकांश मामिलाहरू पहिले पुष्टि भइसकेका सङ्क्रमित मानिसका घरमा बस्ने अन्य व्यक्तिहरू हुन्।
क्वीन्सल्यान्ड
बितेका २४ घण्टामा क्वीन्सल्यान्डले कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप दुई नयाँ मामिलाहरू दर्ता गरेको प्रिमियर अनास्टेसिया पलाशेले बताएकी छिन्।
ती मध्ये एक सङ्क्रमित हवाई क्लस्टरसँग सम्बन्धित रहेको र अर्को चाहिँ समुदायमा सक्रिय रहेको वन्यजन्तु सम्बन्धी काम गर्ने मानिस रहेको उनको भनाई छ।
केही दिन यता लगातार रूपमा स्थानीय सङ्क्रमणका मामिलाहरू दर्ता गरेता पनि तत्काल राज्य लकडाउनमा नजाने पलाशेले सङ्केत गरेकी छिन्।
“हामी परीक्षणको उच्च दर जारी नै रहेको हेर्न चाहन्छौ,” उनले भने।
“सङ्क्रमणका स्रोतहरू पहिचान भएकाले अहिले नै लकडाउन आवश्यक नभएको हो।”
क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी
क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्।
- न्यु साउथ वेल्स: यात्रा, पारवाहन र क्वारेन्टिन
- भिक्टोरिया: यात्रा अनुमति, विदेशबाट आउने यात्रु र क्वारेन्टिन
- एसीटी: यात्रा र क्वारेन्टिन
- नर्दर्न टेरिटरी: यात्रा र क्वारेन्टिन
- क्वीन्सल्यान्ड: यात्रा र क्वारेन्टिन
- साउथ अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
- टास्मेनिया: यात्रा र क्वारेन्टिन
- वेस्टर्न अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्।
अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।
कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ।
तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, नर्दर्न टेरिटरी, एसीटी, टास्मेनिया ।
नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ।
न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप
प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू
- न्यु साउथ वेल्स
- भिक्टोरिया
- एसीटी
- नर्दर्न टेरिटरी
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- वेस्टर्न अस्ट्रेलिया
महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी
कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।
यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।
- न्यु साउथ वेल्स
- भिक्टोरिया
- एसीटी
- नर्दर्न टेरिटरी
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- वेस्टर्न अस्ट्रेलिया
