कोभिड-१९ अपडेट: भिक्टोरियाले द्रुत परीक्षण सुरु गर्ने

यो बुधवार, ६ अक्टोबर २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Victorian Health Minister Martin Foley (left) and Victorian COVID-19 Commander Jeroen Weimar arrive to address the media during a press conference in Melbourne, Wednesday, October 6, 2021.

Victorian Health Minister Martin Foley (left) and Victorian COVID-19 Commander Jeroen Weimar in Melbourne, Wednesday, October 6, 2021. Source: AAP/James Ross

मुख्य बुँदाहरू:

  • भिक्टोरियाले २२ लाख थान द्रुत परीक्षण सामाग्री किन्ने,
  • न्यु साउथ वेल्सद्वारा व्यवसायहरूका लागि नयाँ आर्थिक सहायताको घोषणा,
  • क्यानबेराका ६६ प्रतिशत बासिन्दाले खोपको दुवै मात्रा लगाए र
  • क्वीन्सल्यान्डमा शून्य कोभिड-१९ सामुदायिक सङ्क्रमण।

भिक्टोरिया

मध्यरातसम्मको २४ घण्टामा भिक्टोरियामा कोरोनाभाइरस सङ्क्रमणका थप १,४२० नयाँ मामिलाहरू दर्ता भएका छन्।

राज्यका स्वास्थ्य मन्त्री मार्टिन फोलीका अनुसार आज पुष्टि गरिएका सबै मामिलाहरू सामुदायिक सङ्क्रमणहरू हुन्।

यसका साथै सोही अवधिमा ११ भिक्टोरियालीहरूको कोभिड-१९ सङ्क्रमणका कारण मृत्यु भएको पनि उनले बताएका छन्।

योसँगै राज्यमा हाल जारी प्रकोपबाट ज्यान गुमाउने मानिसहरूको सङ्ख्या ६८ पुगेको छ।

आज बिहान मेलबर्नमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले २२ लाख थान र्‍यापिड एन्टिजेन किट भनिने द्रुत परीक्षण सामाग्री खरिद गर्ने पनि जानकारी दिएका छन्।

स्वास्थ्य मन्त्री भन्छन् कि यी सामाग्री पहिलो चरणमा स्वास्थ्य सेवा प्रदायकहरूकहाँ प्रयोग हुनेछन् र द्रुत परीक्षण कार्यक्रमलाई बिस्तारै स्कुल, आपतकालिन सेवाहरू जस्ता अन्य उच्च जोखिम रहेका कार्यक्षेत्रहरूमा लागू गरिने छ।

आगामी नोभेम्बर १ तारिखदेखि लागू हुने गरी, अस्ट्रेलियाको औषधिजन्य सामाग्रीहरूको नियामक संस्था थेराप्युटिक गुड्स एड्मिनिस्ट्रेसनले छोटकरीमा, र्‍याट भनिने उक्त परीक्षण साधनलाई प्रयोगका लागि अनुमति प्रदान गरिसकेको छ।

फोलीका अनुसार हिजो मात्र राज्यमा ९०,००० भन्दा धेरै भिक्टोरियालीहरुले खोप लगाएका थिए जुन सङ्ख्या, मङ्गलवार देशभर खोप लगाउनेको आधाभन्दा बढी हो।

न्यु साउथ वेल्स

मङ्गलवार राती आठ बजेसम्मको गणना अवधिमा न्यु साउथ वेल्सले कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका ५९४ नयाँ मामिलाहरू दर्ता गरेको छ।

हाल उपलब्ध कोभिड-१९ सरकारी सहयोगका लागि योग्य नहुने व्यवसायहरूलाई कसरी आर्थिक सहयोग दिन सकिन्छ भनेर  अध्ययन गर्न एक नयाँ समीक्षा टोलीको गठन भएको छ।

उक्त प्यानलले २०२१ कोभिड-१९ बिजनेस ग्रान्ट, माइक्रो बिजनेस ग्रान्ट र जबसेभर भुक्तानी जस्ता सरकारी अनुदानका लागि हाल अयोग्य रहेका व्यवसायहरूको निवेदन माथि उनीहरूको अवस्था हेरी निर्णय गर्ने बताइएको छ।

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)

एसीटीले बितेको २४ घण्टामा कोभिड-१९ सामुदायिक सङ्क्रमणका २८ नयाँ मामिलाहरू दर्ता गरेको छ।

सोही अवधिमा कोरोनाभाइरस सङ्क्रमणका कारण १ क्यानबेरावासीले ज्यान गुमाएका छन्।

उता, सेन्टेनरी हस्पिटल फर वुमन एन्ड चिल्ड्रेनको विशेष शिशु स्याहार केन्द्रमा रहेका एक शिशुमा पनि सङ्क्रमण पहिचान भएको छ।

हाल एसीटीमा कोरोनाभाइरसको सक्रिय सङ्क्रमित सङ्ख्या ३९५ रहेको छ।

क्वीन्सल्यान्ड

प्रिमियर अनास्टेसिया पलाशेले इप्सविच, लोगन, बोडेसर्ट र सनसाइन कोस्टका बासिन्दाहरूलाई खोप लगाउन आग्रह गरेकी छिन्।

राज्यको राजधानी ब्रिसबेनका योग्य बासिन्दाहरूको ७० प्रतिशतले खोपको पहिलो मात्रा लगाउन लाग्दा उनले क्षेत्रीय क्वीन्सल्यान्डवासीलाई पनि खोप लगाएर सुरक्षित बन्न अनुरोध गरेकी हुन्।

राज्यकी स्वास्थ्य मन्त्री युभेट डी'आथले मानिसहरूलाई खोपको बुकिङ गर्न सहज होस् भनेर क्वीन्सल्यान्ड क्युआर कोड एप अद्यावधिक गरिएको बताएकी छिन्।

त्यसै गरी प्रमुख स्वास्थ्य अधिकारी डा ज्यानेट यङले खोप लगाउनु भन्दा जरुरी अरू केही नभएको बताउँदै, डेल्टा भेरिएन्ट अनियन्त्रित रूपमा क्वीन्सल्यान्ड फैलने जोखिम अझै रहेको बताएकी छिन्।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share

4 min read

Published

By SBS/ALC Content

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now