SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: मध्यरातबाट प्रतिबन्धहरू खुकुलो हुँदै गर्दा प्रिमियर भन्छन् कि ‘भिक्टोरियालीहरूले मिहिनेत गरेका छन्’

यो १८ नोभेम्बर २०२१, बिहीबारको संक्षिप्त अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Melbourne Skyline
Victorians are set to enjoy greater freedoms with restrictions easing from midnight and state approaching the 90 per cent vaccination target this weekend. Source: AAP Image/LUIS ASCUI

3 min read

Published

Updated

By SBS/ALC Content

Presented by SBS Nepali

Source: SBS



Skip to article content

  • भिक्टोरियामा आज मध्यरातदेखि प्रतिबन्धहरू खुकुलो हुने छन् र खोप लगाएका मानिसहरूका लागि क्षत्रफलको नियम हटाइने छ।
  • भिक्टोरियाले आइसोलेसन नियमहरूमा परिवर्तन ल्याएको छ - कोभिड-१९ सङ्क्रमण पुष्टि भएका मानिसहरू १० दिनका लागि क्वारेन्टिनमा बस्नु पर्ने छ भने तिनका नजिकी सम्पर्कहरू पीसीआरमा सङ्क्रमण नभएको नेगेटिभ रिपोर्ट आएसम्म मात्र क्वारेन्टिनमा बस्नु पर्ने हुन्छ। यद्यपि, एउटै घरमा बस्ने मानिसहरू भने क्वारेन्टिनमा बस्नु पर्ने हुन्छ। 
  • भिक्टोरियाली संसदले महामारी सम्बधी विधेयकको वार्तालाई केही समय पछाडि सारेको छ। 
  • हालै भएका सङ्क्रमणको श्रोत पत्ता लगाउन नर्दन टेरिटोरी जेनोमिक सिक्वेनसिङ्गको परिणाममा रहेको छ। 
  • देशमा ८० % भन्दा बढी बासिन्दाहरूले पूर्ण खोप लगाइसक्दा सरकारहरू पछि हट्न र अस्ट्रेलियालीहरूले खुलेर जिउन सक्ने समय भएको प्रधान मन्त्री स्कट मोरिसनले बताए। 

कोभिड-१९ तथ्याङ्क

भिक्टोरियामा पछिल्लो २४ घण्टामा १,००७ वटा सामुदायिक सङ्क्रमण पुष्टि भएका छन् र १२ जनाको ज्यान गएको छ। 

न्यु साउथ वेल्समा २६२ नयाँ सामुदायिक सङ्क्रमणका साथ तीन जनाको ज्यान गएको छ। 

अस्ट्रेलियन क्यापिटल टेरिटोरीमा २५ नयाँ सामुदायिक सङ्क्रमण फेला परेका छन्।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ। 


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now