SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: भिक्टोरियामा बढ्दो अस्पताल भर्ना, न्यु साउथ वेल्समा अधिकतम मृत्यु दर

यो मङ्गलबार मे ३ तारिखको कोरोनाभाइरस अपडेट हो।

The Australian Capital Territory could scrap vaccine mandate for workers in healthcare and education settings next week.
The Australian Capital Territory could scrap vaccine mandate for workers in healthcare and education settings next week. (file) Source: AAP Image/Bianca De Marchi

2 min read

Published

Updated



Skip to article content

मङ्गलबारसम्मको तथ्याङ्क अनुसार न्यु साउथ वेल्समा २३ जनाको कोभिड-१९ का कारण ज्यान गएको छ। यो ४ अप्रिलदेखिको सबैभन्दा उच्च दैनिक मृतक सङ्ख्या हो। 

भिक्टोरियामा १२ जनाको ज्यान जाँदै ४८२ जना अस्पतालमा भर्ना रहेका छन्। राज्यमा अस्पताल भर्ना हुनेको सङ्ख्या बढिरहेको तथ्याङ्कले देखाएको छ। 

कोभिड-१९ का पछिल्ला सङ्क्रमण, अस्पताल भर्ना तथा मृतक सङ्ख्या बारे जानकारी यहाँ उपलब्ध छ। 

अस्ट्रेलियन क्यापिटल टेरिटरीले स्वास्थ्य सेवा तथा शिक्षा उद्योगका कर्मचारीले अनिवार्य कोभिड-१९ खोप लगाउनु पर्ने नियमलाई आउँदो हप्ता हटाउन सक्ने बताएको छ। 

साउथ अस्ट्रेलिया प्रवेश गरेका अन्तराष्ट्रिय यात्रुहरूमा बीए.४ (BA.4) र बीए.५ (BA.5) भेरिएन्टको सङ्क्रमण देखिएको छ। बीए.४ (BA.4) र बीए.५ (BA.5) ओमिक्रनका भेरिएन्ट हुन् र न्यु साउथ वेल्स र भिक्टोरियामा पनि पुष्टि भएका छन्।

आउँदो जाडो महिनामा कोरोनाभाइरस र फ्लुका सङ्क्रमण बढ्न सक्ने अस्ट्रेलियाकी कार्यवाहक प्रमुख चिकित्सा अधिकारी डाक्टर सोन्या बेनेटले बताएकी छिन्। 

"फ्लुको सङ्क्रमण फैलिनुभन्दा पहिला आफ्नो फ्लु खोप लगाएमा तपाईँ सुरक्षित रहन सक्नु हुन्छ," डाक्टर बेनेटले बताइन्। 

"यो सामान्यतया अस्ट्रेलियामा जुन र सेप्टेम्बर महिनामा हुने गरेको छ। खोपको असर शरीर पूर्ण रूपमा हुनलाई करिब दुई हप्तासम्म लाग्न सक्छ, त्यसैले जुन महिनाभन्दा पहिला खोप लगाए उचित हुन्छ," उनले भनिन्। 

अन्तराष्ट्रिय प्रसङ्गमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस कोभिड-१९ नेगेटिभ पुष्टि भए पछि व्हाइट हाउस प्रवेश गर्न पाएकी छिन्। एक हप्ता अघि उनी कोरोनाभाइरसबाट सङ्क्रमित भएकी थिइन्।

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



कोभिड-१९ खोपबारे जानकारी


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now