बुधवार अस्ट्रेलियामा कम्तीमा पनि ३९ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन्। जस मध्ये १७ जना भिक्टोरियाका, ११ जना न्यु साउथ वेल्सका र १० जना क्वीन्सल्याण्डका बासिन्दा छन्।
भिक्टोरियामा चार अप्रिल यताकै सबैभन्दा बढी मानिसहरू अस्पतालमा भर्ना भएका छन्।
हाल राज्यका अस्पतालमा ५६७ जना उपचाररत छन्।
कोभिड-१९ का पछिल्ला सङ्क्रमण, अस्पताल भर्ना तथा मृतक सङ्ख्या बारे जानकारी यहाँ उपलब्ध छ।
साउथ अस्ट्रेलियाले ७९३ दिन पछि कोभिड–१९ सम्बन्धी आपतकालिन आदेशलाई खारेज गरेको छ। यसको मतलब अब राज्यमा नयाँ प्रतिबन्धहरू लागु हुने छैनन् भने वर्तमानका प्रतिबन्धहरूमा खुकुलो हुदै जानेछन्।
आगामी हप्ताबाट साउथ अस्ट्रेलियाले विद्यालयहरूमा फेस मास्कको अनिवार्यतालाई पनि हटाउने भएको छ।
“एकै कक्षामा सात दिनको समयमा १० जना भन्दा बढी सङ्क्रमित बने वा विद्यालयमा सात दिनको समयमा पाँच वटा कक्षामा पाँच जना भन्दा बढीमा सङ्क्रमण भए मात्र फेस मास्क अनिवार्य हुनेछ,” राज्य सरकारले भनेको छ।
अस्ट्रेलियालीहरुले अबदेखि मोबाइलमा सन्देश पठाएर पनि कोभिड–१९ खोप बुकीङ्ग गर्न सक्ने भएका छन्।
बुकीङ्गका लागि हे इभा Hey EVA लेखि ०४८१६११३८२ मा सन्देश पठाउन सकिनेछ। त्यसपश्चात् उनीहरूले बुकीङ्गका लागि फोन कल प्राप्त गर्नेछन्।
इभा टोली ७ देखि १० बजेसम्म सातै दिन सञ्चालनमा रहनेछ।
अस्ट्रेलियन क्यापिटल टेरीटेरीमा कोभिड–१९ जाँच केन्द्रहरू सोमबार ३० तारिख, राष्ट्रिय मेलमिलापका दिनमा खुलै रहने भएका छन्।
वेस्टर्न अस्ट्रेलियाले विदेशी नर्सहरू स्थानान्तरणका लागि इच्छुक भए द्रुत गतिमा नागरिकता उपलब्ध गराउने योजना बारे नयाँ बनेको लेबर सरकारसँग सम्झौताका लागि इच्छा देखाएको छ।
बढ्दो कोभिड–१९ केस सङ्ख्या र अंग्रपङ्गतिका स्वास्थ्यकर्मीको अभावकाबिच राज्यको यो कदम आएको हो।
ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम
- भिक्टोरिया
- न्यु साउथ वेल्स
- क्वीन्सल्याण्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- नर्दर्न टेरिटरी
- अस्ट्रेलियन क्यापिटल टेरिटरी
विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्।
अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्।
- ६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus
- तपाईँको राज्य या टेरिटरीका सम्बन्धित निर्देशनहरू: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, नर्दन टेरिटरी, अस्ट्रेलियन क्यापिटल टेरिटरी, टास्मेनिया।
- कोभिड-१९ खोपको बारेमा तपाईँको भाषामा जानकारी यहाँ उपलब्ध छ।