शुक्रबारसम्मको २४ घण्टे गणना अवधिमा अस्ट्रेलिया भर २८ जनाको कोभिड-१९ का कारण ज्यान गएको छ। ती मध्य न्यु साउथ वेल्समा नौ जना, भिक्टोरियामा नौ जना, क्वीन्सल्यान्डमा सात जना र वेस्टर्न अस्ट्रेलियामा पहिलो पटक ११ जना थिए।
भिक्टोरियामा ५७१ जनाको सङ्क्रमणका कारण अस्पतालमा उपचार भइरहेको छ, जुन अप्रिल चार तारिखदेखिको सबैभन्दा अधिक सङ्ख्या हो। वेस्टर्न अस्ट्रेलियामा गत तीन हप्ताको अवधिमा पहिलो पटक १०,००० नयाँ सङ्क्रमण पुष्टि भएका छन्।
न्यु साउथ वेल्समा सङ्क्रमणका कारण ३४ जनाको आइसीयुमा उपचार भइरहेको छ, जुन गत चार अप्रिलदेखि सबैभन्दा कम सङ्ख्या हो।
कोभिड-१९ का पछिल्ला सङ्क्रमण, अस्पताल भर्ना तथा मृतक सङ्ख्या बारे जानकारी यहाँ उपलब्ध छ।
साउथ अस्ट्रेलियाले शनिबार मे २८ तारिखमा सामुदायिक खोप लगाउने दिनको आयोजना गर्दै छ। केही स्थानीय काउन्सिल र अस्ट्रेलियन रेड क्रसले कोभिड-१९ खोप क्लिनिकसम्म जानलाई मद्दत चाहिने मानिसहरूका लागि निःशुल्क यातायातको व्यवस्था गर्ने छ।
न्यु साउथ वेल्सको साप्ताहिक कोभिड-१९ र इन्फ्लुएन्जाको रिपोर्टमा पीसीआर परिक्षणको दर ७.१ % ले घटेको पाइएको छ। उक्त रिपोर्ट अनुसार राज्यमा कोभिड-१९ सङ्क्रमण स्थिर छ भने इन्फ्लुएन्जाका केसहरू बढिरहेका छन्।
सिड्नीको सीबीडीमा गत १० दिन भित्र गएका मानिसहरूलाई लिजनेयर्स रोगका लक्षणका लागि ध्यान दिन न्यु साउथ वेल्स हेल्थले आह्वान गरेको छ।
ब्याक्टेरिया सम्बन्धी यो रोग लागेका पाँच जना व्यक्तिहरूले गत तीन हप्तामा सीबीडीमा समय बिताएका थिए। उनीहरूको अहिले निमोनियाका लागि अस्पतालमा उपचार भइरहेको छ।
लिजनेयर्स रोगका लक्षणहरू मध्य ज्वरो आउने, चिसो महसुस हुने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने हुन्। लक्षणहरू देखिन करिब १० दिन लाग्न सक्छ।
ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम
- भिक्टोरिया
- न्यु साउथ वेल्स
- क्वीन्सल्याण्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- नर्दर्न टेरिटरी
- अस्ट्रेलियन क्यापिटल टेरिटरी
विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्।
अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्।
- ६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus
- तपाईँको राज्य या टेरिटरीका सम्बन्धित निर्देशनहरू: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, नर्दन टेरिटरी, अस्ट्रेलियन क्यापिटल टेरिटरी, टास्मेनिया।
- कोभिड-१९ खोपको बारेमा तपाईँको भाषामा जानकारी यहाँ उपलब्ध छ।