SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: विद्यार्थी र होलिडे भिसामा आउनेहरूले भिसा आवेदन रकम फिर्ता पाउने

यो जनवरी १९ २०२२ बुधबारको संक्षिप्त अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

People wearing PPE arriving at Sydney International Airport in Sydney.
People wearing PPE arriving at Sydney International Airport in Sydney. Source: AAP

3 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to article content

  • अबदेखि अस्ट्रेलिया आउने अन्तराष्ट्रिय विद्यार्थी तथा काम गर्दै छुट्टी मनाउन आउनेहरूले आफ्नो भिसा आवेदनको लागि तिरेको रकम फिर्ता पाउने छन्। मानिसहरूलाई अस्ट्रेलिया आउन प्रोत्साहन गर्नका लागि यो कदम चालिएको हो।
  • ओमिक्रन भेरिएन्टका कारण देशभर रहेको कामदार अभावमा मद्दत पुराउनका लागि प्रधानमन्त्री स्कट मोरिसनले यसको घोषणा गरेका हुन्।
  • अन्तराष्ट्रिय विद्यार्थीहरूले बुधबार जनवरी १९ देखि ८ हप्तासम्म भिसा आवेदन शुल्क फिर्ता पाउने छन्। होलिडे भिसामा काम गर्न आएकाहरूले १२ हप्तासम्म रकम फिर्ता पाउने छन्।
  • अस्ट्रेलियाका तीन सबै भन्दा धेरै जनसङ्ख्या रहेका राज्यहरूमा कोभिड-१९ का कारण ६१ जनाको मृत्यु भएको छ।
  • न्यु साउथ वेल्समा ३२ जनाको ज्यान जाँदै, अस्पताल भर्ना भएकाको सङ्ख्या बढेर बुधबार २,८६३ पुगेको छ। त्यस मध्य २१७ जना आइसीयूमा रहेका छन्।
  • न्यु साउथ वेल्समा कोरोना भाइरस खोपको दोस्रो मात्रा तीन महिना या त्यस भन्दा पहिला लगाएका बासिन्दाहरूले आज बुधबारदेखि बुस्टर खोप लगाउन बुकिङ्ग गर्न थाले हुने, प्रिमियर डोमिनिक पेरोटेले बताएका छन्।
  • अस्ट्रेलियाका प्रमुख चिकित्सा अधिकारी प्राध्यापक पल केली भन्छन् कि, अब आउने जाडो याममा कोभिड-१९ सङ्क्रमण अझ बढ्दै, भाइरसका थप नयाँ भेरिएन्टहरू पनि देखा पर्ने सम्भावना रहेको छ। यो सङ्क्रमण वार्षिक रूपमा आउने 'फ्लु' जस्तै हुँदै जाने उनले बताए।
  • क्वीन्सल्यान्डले शनिबार २२ जनवरीदेखि कोरोना भाइरस खोपका दुवै मात्रा लगाएका अन्तराष्ट्रिय यात्रुहरू क्वारेन्टिनमा बस्न नपर्ने नियम लागु गर्ने घोषणा गरेको छ।
  • आउँदा दिनहरूमा राज्यका ९० % बासिन्दाहरूले खोपको दुवै मात्रा लगाएको हुने हुनाले यो मिति तोकिएको प्रिमियर एनेस्टेसिया पलाशेले बताइन्।
  • मेलबर्न विमानस्थलले खोपको दुवै मात्रा लागेका यात्रुहरूले विमान चढ्नु अगाडि परीक्षण गर्नु पर्ने नियमलाई हटाउन आग्रह गरेको छ। यसरी दुवै मात्रा खोप लगाएका यात्रुहरूले अस्ट्रेलिया आउन विमान चढ्ने तीन दिन अगाडि भित्र गरेको पीसीआर परीक्षण गरी, सङ्क्रमण नभएको नेगेटिभ रिपोर्ट देखाउन पर्ने गरेको छ।

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

कोभिड-१९ सङ्क्रमणका पछिल्ला तथ्याङ्कहरू:

न्यु साउथ वेल्समा २९,८३० जनामा सङ्क्रमण र ३६ जनाको मृत्यु।

भिक्टोरियामा २०,१८० जना सङ्क्रमित २२ जनाको मृत्यु।

क्वीन्सल्याण्डमा १५,९६२ जनामा सङ्क्रमण पुष्टि, टास्मेनियामा १,३१० जना सङ्क्रमित थपिए।

विश्व स्वास्थ्य सङ्गठनको ओमिक्रन बारे पछिल्लो जानकारी यहाँ उपलब्ध छ

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now