कोभिड–१९ अपडेट: वेर्स्टन अस्ट्रेलियामा प्रतिबन्धहरू सहज र महामारी अझै सार्वजनिक आपतकाल रहेको विश्व स्वास्थ्य सङ्गठनको भनाई

यो १४ अप्रिल २०२२ को कोरोनाभाइरस अपडेट हो।

Restrictions have eased in Western Australia from 14 April. (file)

Restrictions have eased in Western Australia from 14 April. (file) Source: Will Russell/Getty Images

बिहीबार अस्ट्रेलियामा कम्तीमा पनि ४२ जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गएको छ।

जसमध्ये २१ न्यु साउथ वेल्सका बासिन्दा र १४ भिक्टोरियावासी परेका छन्।

बिहीबार बिहान १२ बजेबाट वेर्स्टन अस्ट्रेलियाले प्रतिबन्धहरू खुकुलो पारेको छ।

राज्यमा आतिथ्यता क्षेत्रमा रहँदै आएको ५ सय मानिस मात्र भेला हुन पाउने भन्ने निर्देशनलाई हटाइएको छ। यसै गरी आन्तरिक एवम् अन्तर्राष्ट्रिय यात्रुले र्‍याट टेष्ट गर्नु पर्ने नियमलाई पनि राज्य सरकारले हटाएको छ।

यद्यपि पर्थ विमानस्थलमा आउने मानिसहरूलाई भने निःशुल्क जाँचका लागि प्रोत्साहन गरिएको छ।

यसै गरी सङ्क्रमित निकट अर्थात् क्लोज कनट्याक्टको व्याख्यामा पनि परिवर्तन गरिएको छ। थप जानकारीका लागि यहाँ जानुहोस्।

अस्ट्रेलियाका वैज्ञानिकहरूले सेन्टिनेल नामक नयाँ कोभिड–१९ जाँच गर्ने विधिको विकास गरेका छन्।

यस विधिबाट एक दिनमा ९० हजार नमुनाहरू परीक्षण गर्न सक्ने र परिणामहरू एक घण्टा भित्र उपलब्ध हुने बताइएको छ।

यो प्रणाली पीसीआर परीक्षणभन्दा छिटो र र्यापिड एन्टीजेन्ट परीक्षणभन्दा छरितो हुने बताइएको छ। अन्वेषकहरूले छिट्टै पर्थ एयरपोर्टका कामदारहरूमा प्रणालीको परीक्षण गर्ने जनाएका छन्।

क्वीन्सल्याण्डका कार्यवाहक प्रिमियर स्टीभन माइल्सले बासिन्दाहरूलाई आश्वासन दिएका छन् कि कोभिड–१९ को दोस्रो ओमिक्रन लहरसँग जुध्न सरकार हर सम्भव प्रयास गरिरहेको छ। एक महिनामा अस्पताल भर्ना हुनेको सङ्ख्या दोब्बर भएको तथ्याङ्कले देखाएको छ।

इस्टरको लामो बिदाका कारण खोप केन्द्रहरू बन्द हुने भएकाले खोप केन्द्र र जाँच केन्द्रको खुल्ने समय हेर्न सबै राज्यका बासिन्दालाई अनुरोध गरिएको छ।

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेसियसले कोभिड–१९ महामारी सार्वजनिक स्वास्थ्य आपतकाल बनेको बताएका छन्।

बुधवार कोभिड–१९ महामारी सम्बन्धी अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन समितिको ११ औ बैठकमा उनले यस्तो बताएका हुन्।

उनले भाइरस समयका साथ झनै बढिरहेको र स्वास्थ्य सेवाको पहुँच नभएका र खोप नपाएका मानिसहरूका लागि घातक भएको बताए।

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्




प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

2 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now