कोभिड-१९ अपडेट: वेस्टर्न अस्ट्रेलियामा अहिलेसम्मकै उच्च १२,३९० सङ्क्रमित, भिक्टोरियामा बढ्दो अस्पताल भर्ना

यो सन् २०२२ मे १० तारिख मङ्गलबारको अस्ट्रेलियाली कोभिड-१९ अपडेट हो।

People wearing face masks walk in the Melbourne CBD, Thursday, July 15, 2021. Victoria has reported two new locally acquired COVID-19 cases, on top of the 10 reported in Thursday's official figures. (AAP Image/Luis Ascui) NO ARCHIVING

The number of new COVID-19 surged in most Australian states and territories. Source: AAP Image/Luis Ascui

मङ्गलबार सम्मको २४ घण्टे गणना अवधिमा अस्ट्रेलियामा कोभिड-१९ का कारण ४३ जनाको ज्यान गएको छ। ती मध्य भिक्टोरियाबाट १८ जना र न्यु साउथ वेल्सबाट १७ जना सङ्क्रमित थिए। 

वेस्टर्न अस्ट्रेलियामा १२,३९० नयाँ सङ्क्रमित पुष्टि भएका छन्। महामारी सुरु भएदेखि राज्यमा यो अहिलेसम्मकै सबैभन्दा उच्च दैनिक सङ्क्रमण हो। त्यस्तै, पहिलो पटक २४ घण्टे अवधिमा ६ जनाको ज्यान गएको छ। 

उता भिक्टोरियामा गत अप्रिल ४ तारिख पछिको अधिकतम दैनिक सङ्क्रमण - १२,७२२ केसहरू पुष्टि भएका छन्, र अस्पताल भर्ना हुनेको सङ्ख्या ५१९ पुगेको छ। 

कोभिड-१९ का पछिल्ला सङ्क्रमण, अस्पताल भर्ना तथा मृतक सङ्ख्या बारे जानकारी यहाँ उपलब्ध छ। 

थेराप्यूटिक गुड्स एड्मिनिस्ट्रेसनले फाइजर र मोडर्ना खोपका कारण बालबालिकामा देखा परेको मायोकारडाइटिस (myocarditis मुटु सुन्निने) र पेरिकारडाइटिस (pericarditis मुटु वरिपरिको भाग सुन्निने) समस्याहरूको बारेमा निगरानी र समीक्षा गरिरहेको छ। 

मायोकारडाइटिस एक ज्ञात तर "निकै दुर्लभ" असर रहेको बताइएको छ। यो सामान्यतया अस्थायी हुन्छ, र धेरैजसो मानिसहरू केही दिनमा निको हुन्छन्। खोपको दोस्रो खुराक पछि १२-१७ वर्षका केटा बालबालिकाहरूमा यो देखिने गरेको छ। 

खोप सम्बन्धी अस्ट्रेलियाली प्राविधिक सल्लाहकार समूह अटागीले केही समूहहरूका लागि कोभिड-१९ विरुद्धको चौथो खुराक (जाडोको लागि) लगाउन विचार गरिरहेको छ। 

हालको लागि, यो चौथो खोप - ६५ वर्ष या त्यसभन्दा माथिका उमेर समूह, वृद्ध तथा अपाङ्गता हेरचाह केन्द्रका निवासी, १६ वर्ष माथिका कमजोर प्रतिरक्षा शक्ति (immunocompromise) भएका मानिसहरू र ५० वर्ष र त्यसभन्दा माथिका आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर व्यक्तिहरूले लगाउन पर्ने बताइएको छ।

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



कोभिड-१९ खोपबारे जानकारी


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

2 min read

Published




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now