कोभिड-१९ अपडेट: सङ्क्रमणका कारण ८० जनाको मृत्यु, फेब्रुअरीमा वेस्टर्न अस्ट्रेलियाको सीमा नखुल्ने

यो जनवरी २१ २०२२ शुक्रबारको संक्षिप्त अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

WA Premier Mark McGowan speaks during an announcement in Perth, Monday, December 13, 2021.

WA Premier Mark McGowan speaks during an announcement in Perth, Monday, December 13, 2021. Source: AAP

  • वेस्टर्न अस्ट्रेलियाका प्रिमियर मार्क म्याकगोवनले फेब्रुअरी ५ मा राज्यको सीमा नखोल्ने बताएका छन्। देशभर ओमिक्रन सङ्क्रमण तीव्र गतिमा बढिरहेको समयमा सीमा खोल्नु "लापरबाही र गैर जिम्मेवारी" हुने उनको भनाइ छ। 
  • भाइरस विरुद्ध खोपका दुई मात्राले सीमित सुरक्षा मात्र प्रदान गर्ने विषयमा बोल्दै उनले बुस्टर खोप लगाउने मानिसहरूको सङ्ख्यामा वृद्धि हुन केही समय लाग्ने बताएका छन्। 
  • उता अस्ट्रेलियाली चिकित्सा सङ्घका प्रमुख डाक्टर ओमार खोर्शिदले वेस्टर्न अस्ट्रेलियाको हार्ड बोर्डर नियम "हट्नै पर्ने" बताए।
  • न्यु साउथ वेल्समा शुक्रबार सम्मको २४ घण्टामा ४६ जनाले कोभिड-१९ का कारण ज्यान गुमाएका छन्। यो महामारी सुरु भए यता कै सबै भन्दा धेरै दैनिक मृतक सङ्ख्या हो। भिक्टोरियामा २० जना, क्वीन्सल्यान्डमा १३ जना र तास्मेनियामा एक जनाको ज्यान गएको छ। 
  • पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्स र भिक्टोरिया दुवै राज्यहरूमा अस्पताल भर्ना हुनेहरूको सङ्ख्या घटेको छ - भिक्टोरियामा १,२०६ बाट १,०९६ हुँदै ९% घटेको छ भने न्यु साउथ वेल्समा २,७८१ बाट २,७४३ मा झर्दै १% भन्दा बढी घटेको छ। 
  • न्यु साउथ वेल्समा प्रमुख स्वास्थ्य अधिकारी केरी च्यान्टले समुदायमा भाइरस फैलन कम भएको "विभिन्न पक्षहरूबाट" बुझ्न सकिने बताएकी छिन्। 
  • क्वीन्सल्यान्डका बासिन्दाहरूले आफ्नो दोस्रो कोभिड-१९ खोप लगाएको तीन महिना बितेको खण्डमा आउँदो सोमबारदेखि बुस्टर खोप लगाउन पाउने राज्यकी प्रिमियर एनेस्टेसिया पलाशेले बताएकी छिन्। 
  • अस्ट्रेलियाको संघीय प्रहरीले र्‍यापिड एन्टिजेन परीक्षणको मूल्य वृद्धि गरिएको बारेमा अनुसन्धान सुरु गरेको छ।
  • भिक्टोरियाका एम्बुलेन्सहरूका लागि फोन सम्पर्क सञ्चालन गर्ने सेवा हाल न्यूनतम कर्मचारी सङ्ख्यामा काम गरिरहेको छ। यस अवस्था बारे राज्यका प्यारामेडिक्स सङ्घ र एक कल-सेन्टर सञ्चालकले चेतावनी दिएका हुन्। मेलबर्नमा केही महिना अघि तीन बालबालिकाका पिता रहेका एक पुरुषको एम्बुलेन्सका लागि २५ मिनेट पर्खनु परे पछि मृत्यु भएको थियो। 
  • अफ्रिका, एसिया र मध्य पूर्वका करिब ३० वटा जेनेरिक औषधी निर्माताहरूले मर्क एन्ड कोका (Merck & Co's) कोभिड-१९ चक्कीहरूलाई सस्तो हिसाबमा बनाउने भएका छन्। संयुक्त राष्ट्र सङ्घले आर्थिक रूपमा कमजोर रहेका राष्ट्रहरूले महामारी विरुद्ध एक हतियारको रूपमा प्रयोग गर्न मिल्ने यस औषधी पाउन् भनेर यो सम्झौता गरेको हो।

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

कोभिड-१९ सङ्क्रमणका पछिल्ला तथ्याङ्कहरू:

न्यु साउथ वेल्समा २९,८३० जनामा सङ्क्रमण र ३६ जनाको मृत्यु।

भिक्टोरियामा २०,१८० जना सङ्क्रमित २२ जनाको मृत्यु।

क्वीन्सल्याण्डमा १५,९६२ जनामा सङ्क्रमण पुष्टि, टास्मेनियामा १,३१० जना सङ्क्रमित थपिए।

विश्व स्वास्थ्य सङ्गठनको ओमिक्रन बारे पछिल्लो जानकारी यहाँ उपलब्ध छ

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ

 


Share

3 min read

Published




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now