मुख्य बुँदाहरू:
- न्यु साउथ वेल्स खुल्दै गर्दा प्रिमियर भन्छन् सतर्कता अपनाउनुहोस्,
- भिक्टोरियाद्वारा नयाँ खोप सचेतना अभियानको सुरुवात र
- प्रधानमन्त्री स्कट मोरिसन क्वारेन्टिन मुक्त।
न्यु साउथ वेल्स
आइतबार बेलुका आठ बजेसम्मको २४ घण्टामा न्यु साउथ वेल्समा कोभिड-१९ सङ्क्रमणका कारण आठ राज्यवासीको मृत्यु भएको छ भने सोही अवधिमा राज्यले कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका ४९६ नयाँ मामिलाहरू दर्ता गरेको छ।
यसै गरी, विदेशबाट आएर हाल होटेल क्वारेन्टिनमा रहेका दुई जनामा पनि कोभिड-१९ सङ्क्रमण पुष्टि भएको राज्यको स्वास्थ्य विभागले जनाएको छ।
गत १०० दिनभन्दा बढी समयदेखि कायम रहेका कोरोनाभाइरस सम्बन्धी प्रतिबन्धहरू आजदेखि न्यु साउथ वेल्समा खुकुलो पारिएका छन् र लकडाउनको अन्त्यसँगै व्यायामशाला, क्याफे, रेस्टुरेन्ट, खुद्रा पसल तथा कपाल काट्ने सैलुनहरू पुनः सञ्चालन भएका छन्।
प्रिमियर डोमिनिक पेरोटेको भनाई छ कि आफ्ना ग्राहकद्वारा खोप लगाएको जानकारीको आधिकारिकता व्यापार-व्यवसायहरूले यथासम्भव पुष्टि गर्नुपर्छ।
“उनीहरूले सही जानकारी दिएका छन् कि छैनन् भनेर सम्भव भएसम्म जाँच गर्नुहोस्,” उनले भने।
प्रिमियरका अनुसार कोरोनाभाइरस प्रतिबन्धहरू जारी रहँदा राज्यको अर्थतन्त्रले साप्ताहिक रूपमा झन्डै १ अर्बको घाटा सहनु परेको छ।
हाल राज्यमा श्रम शक्तिको कमी रहेको बताउँदै, आफूले सङ्घीय सरकारसँग अन्तर्राष्ट्रिय सीमा खोल्ने मिति अगाडी सार्न पहल गरिरहेको पनि पेरोटेले बताएका छन्।
“हामी यहाँ (अस्ट्रेलियामा) दुनियाँबाट अलग रहेर, सधैँ यसरी बाँच्न सक्दैनौ,” उनले भने।
“हामी देश फर्किन चाहने अस्ट्रेलियालीहरू छिट्टै स्वदेश आउन सकुन् भन्ने चाहन्छौँ।”
भिक्टोरिया
मध्यरातसम्मको २४ घण्टामा भिक्टोरियामा कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप १,६१२ नयाँ सामुदायिक सङ्क्रमण दर्ता भएको छ।
सोही अवधिमा आठ जना भिक्टोरियालीले कोभिड-१९ का कारण आफ्नो ज्यान गुमाएको पनि स्थानीय स्वास्थ्य अधिकारीहरूले आज बिहान पुष्टि गरेका छन्।
हाल राज्यका अस्पतालहरूमा ६७७ जना कोरोनाभाइरस बिरामीहरू भर्ती छन् जसमा १३३ को उपचार आइसियुमा भइरहेको बताइएको छ।
ती मध्ये ९४ बिरामी भेन्टिलेटरमा रहेको भिक्टोरियाली स्वास्थ्य मन्त्री मार्टिन फोलीको भनाई छ।
युवा पिँढीका मानिसहरूले आफ्ना परिवारजनलाई खोपको प्रभावकारितामा विश्वास दिलाउनु पर्नेमा जोड दिँदै उनले भने कि आजदेखि भिक्टोरियामा एमआरएनए प्रविधिका खोपहरु सबै योग्य मानिसहरूका लागि उपलब्ध भएको छ।
यसै गरी, आजदेखि नै राज्य सरकारले “भ्याक्सिन इज दि टिकट” वा "खोप नै टिकट हो" भन्ने खोप बारे एक नयाँ जनचेतनामूलक अभियान सुरु गरेको छ।
प्रतिबन्धहरू खुकुलो पारिएपछि राज्यलाई खोल्ने तयारीका रूपमा उक्त अभियान सञ्चालनमा ल्याइएको हो।
- भिक्टोरियाली खोप केन्द्रहरु बारे आधिकारिक जानकारी यहाँ छ।
- भिक्टोरियाली सङ्क्रमण स्थानहरूको पछिल्लो सूची हेर्नुहोस्।
एसीटी
अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)मा गएका २४ घण्टा यता कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप ३२ नयाँ मामिलाहरू दर्ता भएका छन्।
बाह्र वर्षमाथिका आफ्नो कूल जनसङ्ख्याको ९७.८ प्रतिशतले कोभिड-१९ विरुद्ध खोपको पहिलो मात्रा लगाउँदै गर्दा उक्त सङ्क्रमण सङ्ख्या एसीटीका अधिकारीहरूले आज बिहान सार्वजनिक गरेका हुन्।
क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी
क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्।
- न्यु साउथ वेल्स: यात्रा, पारवाहन र क्वारेन्टिन
- भिक्टोरिया: यात्रा अनुमति, विदेशबाट आउने यात्रु र क्वारेन्टिन
- एसीटी: यात्रा र क्वारेन्टिन
- नर्दर्न टेरिटरी: यात्रा र क्वारेन्टिन
- क्वीन्सल्यान्ड: यात्रा र क्वारेन्टिन
- साउथ अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
- टास्मेनिया: यात्रा र क्वारेन्टिन
- वेस्टर्न अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्।
अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।
तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, नर्दर्न टेरिटरी, एसीटी, टास्मेनिया ।
प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू
- न्यु साउथ वेल्स
- भिक्टोरिया
- एसीटी
- नर्दर्न टेरिटरी
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- वेस्टर्न अस्ट्रेलिया
महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी
कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।
यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।