SKIP TO MAIN CONTENT

कोभिड–१९ अपडेट: वेस्टर्न अस्ट्रेलियामा सङ्क्रमणको नयाँ रेकर्ड, एकैदिन १७,१०५ सङ्क्रमित थपिए

यो १९ मे बिहीबारको कोरोनाभाइरस अपडेट हो।

Medical staff are seen at a quiet Covid-19 testing centre at Sir Charles Gairdner Hospital in Perth.
Source: AAP Image/Richard Wainwright

2 min read

Published



Skip to article content

बिहीबारका दिन अस्ट्रेलियामा कम्तीमा पनि ४६ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन्।

मृत्यु हुनेमा न्यु साउथ वेल्सका २२ जना, १४ जना भिक्टोरियाका र पाँच जना साउथ अस्ट्रेलियाका बासिन्दा छन्।

वेस्टर्न अस्ट्रेलियामा आज कोरोनाभाइरस महामारी सुरु भए यताकै सबैभन्दा बढी सङ्क्रमित थपिएका छन्।

राज्यका अस्पतालमा ३०० मानिस कोरोनाभाइरसको उपचार गराइरहेका छन् भने राज्यमा यस अघि सङ्क्रमणका कारण ज्यान गुमाएका ६ जनाको रेकर्ड पनि आज दर्ता गरिएको छ।

यता एसीटीमा पनि अस्पताल भर्ना हुनेको सङ्ख्या ८२ पुगेको छ। यो सङ्ख्या दुई महिना यताकै बढी हो।

अस्ट्रेलियाली तथ्याङ्क विभागले सार्वजनिक गरेको पछिल्लो एक रिर्पोटमा मानिसहरूले कोभिड–१९ को फैलावट विरुद्ध कम सावधानी अपनाइरहेको देखिएको छ।

१९ देखि २८ अप्रिलसम्म गरिएको एक सर्वेक्षणले केवल ७८ प्रतिशत मानिसहरूले मात्र फेस मास्कको प्रयोग गर्ने गरेको बताएका छन्। जबकि फेब्रुअरीमा यो सङ्ख्या ९८ प्रतिशत रहेको थियो।

अस्ट्रेलियाको स्वास्थ्य विभागले सन् २०२२ को मे १८ तारिख तीन बजेसम्म अस्ट्रेलियामा कोभिड–१९ सङ्क्रमित भएकाको सङ्ख्या ६७ लाख पुगेको र हालसम्मको मृत्यु सङ्ख्या ७,९२६ रहेको बताएको छ।

कोभिड–१९ सङ्क्रमितको औसत उमेर ३१ वर्ष रहेको छ भने मृत्यु हुनेको औसत उमेर ८३ वर्ष रहेको छ।

यता सङ्घीय चुनावको केही दिन अघि मात्र वान नेशनकी नेतृ पाउलिन ह्यान्सन कोरोनाभाइरसबाट सङ्क्रमित बनेकी छन्। उनले कोभिड–१९ खोप नलगाएको बताइएको छ।

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



कोभिड-१९ खोपबारे जानकारी


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now