कोभिड–१९ अपडेट: १७,०३३ नयाँ केस सङ्ख्या सहित वेस्टर्न अस्ट्रेलियामा सङ्क्रमणको नयाँ रेकर्ड

यो ११ मे २०२२ को कोरोनाभाइरस अपडेट हो।

The World Health Organization says new Omicron sub-variants BA.4 and BA.5 are driving up deaths and hospitalisations in places with high immunity.

The World Health Organization says new Omicron sub-variants BA.4 and BA.5 are driving up deaths and hospitalisations in places with high immunity. Source: AAP Image/Mick Tsikas

बुधवार एकै दिन अस्ट्रेलियामा कम्तीमा पनि ४८ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन्।

मृत्यु हुनेहरूमा १८ जना भिक्टोरियाका बासिन्दा छन् भने ११ जना न्यु साउथ वेल्स र १० जना क्वीन्सल्याण्डका बासिन्दाहरू छन्।

कोभिड–१९ केस सङ्ख्या तीव्र गतिमा बढी रहेको वेस्टर्न अस्ट्रेलियामा आज नयाँ रेकर्ड कायम भएको छ। आज राज्यले १७,०३३ नयाँ केसको रेकर्ड कायम गरेको छ।

हिजो मंगलबारको तुलनामा यो २७ प्रतिशतले बढी हो।

कोभिड-१९ का पछिल्ला सङ्क्रमण, अस्पताल भर्ना तथा मृतक सङ्ख्या बारे जानकारी यहाँ उपलब्ध छ।

वेस्टर्न अस्ट्रेलियाले राज्यको तल्लो सदनबाट आपतकालिन व्यवस्था ऐन अन्तर्गतको आपतकालिन शक्तिहरू जनवरी तीनसम्म लम्ब्याउनका लागि एक विधेयक सांसदमा पेस गरेको छ।

उक्त विधेयकले राज्य सरकारलाई कोभिड–१९ सङ्क्रमितलाई सात दिन आइसोलेसनमा बस्न र फेस मास्क सम्बन्धी नियमहरू लागु गर्न अधिकार दिनेछ।

साउथ अस्ट्रेलियाले कोभिड–१९ को दिर्घप्रभाव भोगीरहेकाहलाई परामर्श दिन विशेष क्लिनिक खोल्ने भएको छ।

रोयल एडिलेड अस्पताल, क्वीन एलिजाबेथ अस्पताल, वुमन्स एन्ड चिल्ड्रेन अस्पताल र फिलन्ड्स मेडिकल सेन्टरमा उक्त क्लिनिक खोलिने बताइएको छ।

विश्व स्वास्थ्य सङ्गठनले बिहीबार हुने दोस्रो कोभिड–१९ शिखर सम्मेलनमा विश्वका नेताहरूलाई दृढ प्रतिबद्धताका लागि आग्रह गरेको छ।

उक्त विश्व सङ्गठनले ओमिक्रनका नयाँ भेरीएन्ट बिए.४ र बिए.५ बाट विश्वका उच्च प्रतिरक्षा रहेका स्थानहरूमा समेत अस्पताल भर्ना र मृत्यु सङ्ख्यालाई बढाइरहेकाले विश्वव्यापी प्रतिक्रिया आवश्यक रहेको बताएको छ।

उक्त सम्मेलनमा नेताहरूले महामारी अन्त्यका लागि छलफल गर्ने अनुमान गरिएको छ।

यसैबीच माइक्रोसफ्ट कम्पनीका सह–संस्थापक बिल गेट्स कोभिड–१९ पोजेटिभ पाइएका छन्। उनले हालै मात्र अर्को महामारीलाई कसरी रोक्ने भन्ने पुस्तक लेखेका थिए।

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



कोभिड-१९ खोपबारे जानकारी


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

2 min read

Published

Updated



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now