कोभिड-१९ अपडेट: वेस्टर्न अस्ट्रेलियामा दैनिक सङ्क्रमण सङ्ख्याको नयाँ रेकर्ड

यो सन् २०२२ मे ९ तारिख सोमवारको अस्ट्रेलियाली कोभिड-१९ अपडेट हो।

Western Australia has opened 70 new sites in regional areas for close contacts to collect free rapid antigen test (RAT) kits.

Western Australia has opened 70 new sites in regional areas for close contacts to collect free rapid antigen test (RAT) kits. Source: AAP Image/Richard Wainwright

आज सोमवार, वेस्टर्न अस्ट्रेलियाले कोभिड-१९ सङ्क्रमित सङ्ख्याको एक नयाँ दैनिक रेकर्ड कायम गरेको छ।

उक्त राज्यमा पछिल्लो २४ घण्टे गणना अवधि भित्र कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १०,३९४ रहेको पुष्टि भएपछि नयाँ रेकर्ड कायम भएको हो।

योसँगै पछिल्लो पाँच दिनमा दैनिक सङ्क्रमण सङ्ख्या दोस्रो पटक १०,००० कटेको छ।

यसअघि गत ५ मेका दिन जारी गरिएको दैनिक रिपोर्टमा वेस्टर्न अस्ट्रेलियाका १०,१८२ जना सङ्क्रमित भएको बताइएको थियो।

पछिल्लो २४ घण्टे अवधिमा न्यु साउथ वेल्सले मात्र कोरोनाभाइरसबाट मृत्यु दर्ता गरेको छ।

राज्यको स्वास्थ्य विभागका अनुसार हिजो राती आठ बजेसम्मको २४ घण्टे अवधिमा ३ राज्यवासीको कोभिड-१९ का कारण मृत्यु भएको थियो।

अस्ट्रेलियाभरका राज्य तथा प्रदेशहरूका कोरोनाभाइरस सम्बन्धी पछिल्लो तथ्याङ्कका लागि यहाँ थिच्नुहोस्

वेस्टर्न अस्ट्रेलिया सरकारले राज्यको दुर्गम तथा ग्रामीण भेकहरूमा थप ७० नयाँ केन्द्रहरूबाट र्‍यापिड एन्टिजेन टेस्टका सामाग्रीहरूको वितरण कार्य सुरु गरेको छ।

कोभिड-१९ को कुनै लक्षण नभएका मानिसहरूले मात्र यी द्रुत परीक्षण सामग्री लिन सक्ने सरकारी व्यवस्था छ।

आफ्नो वार्षिक बजेट कार्यक्रममा राज्य सरकारले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि भन्दै अतिरिक्त १६ अर्ब डलरको व्यवस्था गरेको छ।

उता, टास्मेनियाका प्रिमियर जेरेमी रक्लिफ कोभिड-१९ सङ्क्रमित भएका छन् र आगामी एक साताका लागि उनी आइसोलेसनमा बस्नेछन्।

साउथ अस्ट्रेलियामा कोभिड-१९ खोप दर बढाउन राज्य सरकारले २० लाख डलर खर्चेर जनचेतनामूलक विज्ञापन अभियान सञ्चालन गर्ने बताएको छ।

हालसम्म राज्यमा १८ वर्ष माथिका केवल ७३ प्रतिशत जनसङ्ख्याले मात्र बुस्टर डोज लगाएपछि, खोपको तेस्रो मात्रा बारे जानकारी दिने उद्देश्यका साथ उक्त कार्यक्रम सुरु गर्न लागिएको हो।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



कोभिड-१९ खोपबारे जानकारी


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

2 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now