कोभिड–१९ अपडेट: घरमै खोप लगाउने सुविधा कसले लिन सक्छ?

यो २५ फेब्रुअरी २०२२ को संक्षिप्त कोरोनाभाइरस अपडेट हो।

Victorian testing commander Jeroen Weimar

Victorian testing commander Jeroen Weimar Source: AAP


  • भिक्टोरियाका कोभिड–१९ कमान्डर जेरोन विमारले घरमै खोप लगाउने सेवा लिन खोजिरहेका मानिसले पहिले आफ्नो जिपि वा स्थानीय जनस्वास्थ्य टोलीलाई सम्पर्क गर्न सक्ने बताएका छन्।
  • अस्ट्रेलियाको पूर्वी तटका धेरै स्थानमा आजबाट मास्क सम्बन्धी नियममा परिवर्तन आउदैछन् यद्यपि वेस्टर्न अस्ट्रेलियामा भने मास्क सम्बन्धी जनादेशलाई विस्तार गरिएको छ।
  • कमजोर, तिर्न नसक्ने र ऋणमा रहेका मानिसहलाई कोभिड–१९ सम्बन्धी जरिवानाहरू मिनाहा गर्नका लागि माग भएका छन्।
  • न्यु साउथ वेल्समा आजबाट अधिकांस भवनभित्रका स्थानमा मास्क अनिवार्य नहुने भएको छ, यद्यपि सार्वजनिक यातायात, अस्पताल र बृद्धहेरचाह जस्ता क्षेत्रमा भने आवश्यक रहनेछ।
  • जेलमा कैदीहरूलाई भेट्न जाँदा वा एक हजार भन्दा बढी मानिस भेला हुने भवन भित्रका स्थानमा भने मास्क लगाउनु पर्नेछ।
  • भिक्टोरियाका स्वास्थ्य मन्त्री मार्टीन फोलेले सरकार धेरै मानिस लागि खोप उपलब्ध गराउनुमा लागि परेको बताएका छन्। उनका अनुसार घरेलु खोप कार्यक्रमलाई विस्तार गरिनेछ र धार्मिक स्थल, खेलक्लव र विद्यालयहरूमा अस्थायी खोप केन्द्रहरू स्थापना गरिनेछन्।
  • भिक्टारीयामा प्राथमिक विद्यालयका तीन कक्षा भन्दा माथिका विद्यार्थीलाई मास्क अनिवार्य रहनेछ भने बाल स्याहार केन्द्रका कर्मचारीलाई पनि मास्क अनिवार्य रहनेछ।
  • स्वास्थ्य मन्त्री फोलेका अनुसार प्राथमिक विद्यालयका विद्यार्थीले दुवै खोप लगाईनसकेकाले यो नियम ल्याइएको हो।
  • साउथ अस्ट्रेलियामा निजी समारोहमा नाचगान गर्नका लागि अनुमति दिइने भएको छ। ठुला खेलकुद कार्यक्रममा सिटसंख्यामा आधारमा मानिसहरू उपस्थित हुन सक्नेछन् भने उभिएर पिउन पाइनेछ।
  • हंगकङ्ग सरकारले कोरोनाभाइरससँग लड्न मद्दतका लागि चीनका मुख्य भागका नर्स एवम् डाक्टरहरूले अन्य क्षेत्र एवम् टेरीटरीहरुमा सहयोगका लागि जान सक्ने आपतकालिन कानुनको आह्वान गरेको छ।

कोभिड-१९ सम्बन्धी पछिल्ला अस्ट्रेलियाली तथ्याङ्कहरू

आज न्यु साउथ वेल्समा ६ जनाको कोभिड-१९ का कारण ज्यान गएको छ भने आज ७,५८३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। राज्यभर नै अधिकांस भवन भित्रमा स्थानमा मास्कको अनिवार्यता पनि हटेको छ। राज्यमा हाल १,१४४ जना अस्पतालमा उपचाररत छन् जसमध्ये ६४ जना सघन उपचार कक्षमा छन्।

यता भिक्टोरियामा आज कोरोनाभाइरसका कारण ११ जनाले ज्यान गुमाएका छन् भने आज ६,५८० जनामा नयाँ सङ्क्रमण पुष्टि भएको छ। राज्यमा ३०१ जना अस्पतालमा छन् भने ३८ जना सघन उपचार कक्षमा छन्।

क्वीन्सल्याण्डमा आज ७ जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गएको छ, आज ५,४४० नयाँ केस दर्ता भएको छ। ३५० जना अस्पतालमा छन् भने ३० जना सघन उपचार कक्षमा रहेका छन्।

टास्मेनियामा भने आज कोरोनाभाइरस सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ भने ८५१ न्या सङ्क्रमण दर्ता भएको छ। ११ जनाको अस्पतालमा उपचार भइरहेको छ।

एसीटीमा ४१ जना अस्पतालमा छन् भने, ३ जना सघन उपचार कक्षमा ७७३ नयाँ केस दर्ता भएको छ।

iframe src="https://www.sbs.com.au/labsembeds/vaccinated-dashboard-naca/index.html" data-module="iframe-resize_module"]

कोभिड-१९ खोपका बारेमा तपाईँको भाषामा जानकारी 


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम


विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्। थप जानकारी यहाँ उपलब्ध छ। 

कोभिड-१९ सम्बन्धी शब्दावली नेपाली तथा अन्य भाषामा पाउन यहाँ थिच्नुहोस्


६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus


Share

3 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now