बुधवार अस्ट्रेलियामा कम्तीमा पनि ५४ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाउन पुगेका छन्।
ज्यान गुमाउने मध्य १८ जना भिक्टोरियाका, १४ जना न्यु साउथ वेल्स बासी, १३ जना क्वीन्सल्याण्डका र वेस्टर्न अस्ट्रेलियाका तीन जना रहेका छन्।
उता राजधानी एसीटीमा पनि अस्पताल भर्ना हुनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। हाल राज्यका अस्पतालमा ९७ जना कोरोनाभाइरसको उपचार गराइरहेका छन्।
अस्ट्रेलियाभरका राज्य तथा प्रदेशहरूका कोरोनाभाइरस सम्बन्धी पछिल्लो तथ्याङ्कका लागि यहाँ थिच्नुहोस्।
विश्व स्वास्थ्य सङ्गठनको कोभिड–१९ सम्बन्धी प्राविधिक प्रमुख डा मारिया भाना केरकोभले महामारीको अन्त्य अझै पनि टाढाको विषय भएको बताएकी छन्।
“हामी यो भाइरससँग आगो जसरी खेलिरहेका छौ, म बुझ्छु कि मानिसहरू महामारी अन्त्य भएको हेर्न चाहन्छन् तर तीव्र रूपमा बढिरहेको भाइरसले अन्य भेरीएन्टहरुको पनि विकास गर्छ, अहिलेको भेरीएन्टमा पनि मृत्युदर उच्च छ, यो निकै अस्वीकार्य छ किनकि हामीसँग यसलाई रोक्ने उपायहरू छन्,” उनले भनिन्।
नर्दर्न टेरिटरीले बुधवार १५ जुनबाट सार्वजनिक स्वास्थ्य सम्बन्धी आपतकालिन अवस्थाको अन्त्य हुने बताएको छ।
यद्यपि क्लोज कनट्याक्ट सम्बन्धी नियम, अनिवार्य आइसोलेसन र मास्क सम्बन्धी नियमहरू भने यथावतै रहने बताइएको छ।
यसैबिच अस्ट्रेलियाली स्वास्थ्य सम्बन्धी संस्था अस्ट्रेलियन हेल्थ प्रोटेक्सन प्रिन्सिपल कमिटीको सिफारिसलाई कार्यान्वयन गर्दै विमानस्थलका टर्मिनल भवनमा मास्कको अनिवार्यतालाई अन्त्य गर्ने नर्दर्न टेरिटरी अस्ट्रेलियाको पहिलो राज्य बनेको छ।
यद्यपि अन्य राज्यहरूले पनि सुझावलाई कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ। तर यसका लागि उनीहरूले हालका स्वास्थ्य आदेशहरूमा परिमार्जन गर्नु आवश्यक हुनेछ।
विमानमा यात्राका क्रममा भने मास्क अनिवार्य रहँदै आएको छ।
अस्ट्रेलियाको औषधि नियामक संस्था थेराप्युटीक गुड्स एडमिनीस्ट्रेसनले (टिजीए) १८ वर्ष माथिका मानिसहरूका लागि नोभाभ्याक्सलाई बुस्टरका रूपमा प्रयोग गर्नका लागि अनुमति दिएको छ।
ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम
- भिक्टोरिया
- न्यु साउथ वेल्स
- क्वीन्सल्याण्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- नर्दर्न टेरिटरी
- अस्ट्रेलियन क्यापिटल टेरिटरी
विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्।
अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्।
- ६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus
- तपाईँको राज्य या टेरिटरीका सम्बन्धित निर्देशनहरू: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, नर्दन टेरिटरी, अस्ट्रेलियन क्यापिटल टेरिटरी, टास्मेनिया।
- कोभिड-१९ खोपको बारेमा तपाईँको भाषामा जानकारी यहाँ उपलब्ध छ।