कोभिड-१९ रहिरहे पनि महामारी भने आगामी वर्षसम्ममा सकिन्छ: विश्व स्वास्थ्य सङ्गठन

यो पछिल्लो साप्ताहिक कोभिड-१९ अपडेट हो।

SYDNEY CHRISTMAS FISH MARKETS

Assistants serve customers buying prawns for Christmas at Sydney Fish Market in Pyrmont, Sydney. (file) Source: AAP / MICK TSIKAS/AAPIMAGE

मुख्य बुँदाहरू

  • सन् २०२३ मा कोभिड-१९ को सामना गर्न अस्ट्रेलियाको राष्ट्रिय योजना सार्वजनिक
  • एक जनवरी देखी अस्ट्रेलियालीहरूले निःशुल्क पिसीआर जाँचका लागि जीपीको निर्देशन प्राप्त गर्नु पर्ने
  • सङ्घीय सरकारले मनोविज्ञान सम्बन्धी सरकारी सहयोग प्रदान गरिएको सत्रको सङ्ख्या घटाउँदै २० बाट १० वटा बनाउने

साप्ताहिक कोभिड-१९ को मामिलाहरूमा देशमा धेरै उतार चढाव नआएको देखिएको छ।

शुक्रवार न्यु साउथ वेल्समा ४० हजार ६ सय ९५ मामिला दर्ता गरिएको जुन गत हप्ता ४० हजार १ सय ९४ रहेको थियो।

त्यस्तै भिक्टोरियामा गत हप्ता २७ हजार ७ सय ९० मामिला देखिएकोमा यस हप्ता २४ हजार ६ सय ५२ रिपोर्ट गरिएको छ।

यद्यपि दुवै राज्यहरूमा कोभिड-१९ का साथ अस्पताल भर्ना हुनेहरूको सङ्ख्या भने उच्च नै रहेको छ।

न्यु साउथ वेल्स प्रमुख स्वास्थ्य अधिकारी डा केरी च्यान्टका अनुसार राज्यमा चौथो लहर उच्च बिन्दुमा पुगेको विभिन्न सूचकहरूले देखाएको छ।

यद्यपि उनले राज्यवासीहरूलाई सतर्क रहन र कोभिड सुरक्षा अभ्यास जारी राख्न सुझाव दिएकी छिन्।

सङ्घीय सरकारले आगामी जनवरी एक देखि सरकारी अनुदान प्राप्त मनोविज्ञानसँग सम्बन्धित सत्रहरूलाई २० वटाबाट घटाएर १० बनाउने निर्णय गरेको छ।

अघिल्लो मोरिसन सरकारले विपद्को समयमा कोभिड प्रतिक्रिया अन्तर्गत १० सत्रहरूलाई थप गरेर २० पुर्‍याएको थियो।

स्वास्थ्य मन्त्री मार्क बट्लरले यो अस्थायी मापदण्ड भएको र यस वर्ष नै सकिनु पर्ने थियो भनेका छन्।

यद्यपि विपक्षीले भने उक्त निर्णय "पूर्णतया विचारहीन" भएको बताएको छ।

यस हप्ता सङ्घीय सरकारले सन् २०२३ को राष्ट्रिय कोभिड-१९ स्वास्थ्य व्यवस्थापन योजना ल्याएको छ।

मन्त्री बट्लरका अनुसार राष्ट्रिय योजनाले अस्ट्रेलियाको स्वास्थ्य प्रणालीले भविष्यमा आउने लहर र भेरीएन्टहरू माथि सही प्रतिक्रियाको सुनिश्चितता प्रदान गर्दछ।

साथै योजनाले खोप तथा उपचार लिने सङ्ख्यामा प्रवर्धन गर्नुका साथै फैलावटको गतिलाई कम गर्ने उनको भनाइ छ।

मन्त्री बट्लरले सरकारले थप २ अर्ब ९० करोड डलर खर्चिने बताएका छन्।

जसले वृद्ध स्याहार, आदिवासी, अपाङ्गता र बहु सांस्कृतिक समुदायलाई थप सहायता प्रदान गर्नेछ।

उनले सन् २०२३ देखि राज्यद्वारा सञ्चालित क्लिनिकहरूमा पिसीआर जाँचका लागी आधा खर्च व्यहोर्ने गरी सरकारले कोष उपलब्ध गराउने बताए।

यद्यपि अस्ट्रेलियालीहरूले जनवरी एक देखि पिसिआर जाँच गर्न जीपीको रेफरल लिनु पर्नेछ।

३१ डिसेम्बर पछि कोभिडका कारण अस्पताल भर्ना हुँदाको खर्चमा ५० प्रतिशत खर्चका लागि राज्यलाई उपलब्ध गराइने अस्थायी कोषको म्याद नथप्ने सङ्घीय सरकारले निर्णय गरेको छ।

अस्ट्रेलियन मेडिकल एसोसिएसनका अध्यक्ष स्टिभन रब्सनले उक्त निर्णयको आलोचना गर्दै राज्यहरूलाई प्रदान गर्दै आएको आर्थिक सहायता फिर्ता लिने सबैभन्दा खराब समय भएको बताएका छन्।

अघिल्लो साताको तुलनामा विश्वव्यापी साप्ताहिक मृत्यु सङ्ख्यामा यस हप्ता १० प्रतिशत भन्दा बढीको वृद्धि देखिएको छ।

१४ डिसेम्बरसम्मको आफ्नो साप्ताहिक रिपोर्टमा विश्व स्वास्थ्य सङ्गठनले ९ हजार ७ सय भन्दा बढीको मृत्यु भएको देखाइएको छ।

सङ्गठनका महानिर्देशक टेड्रस एड्हानम गेहब्रेयससले कोभिड-१९ महामारी आगामी वर्षसम्ममा समाप्त हुने आसा व्यक्त गरेका छन्।

"हामी आसावादी छौँ कि आगामी वर्षको कुनै समयमा हामीले कोभिड-१९ महामारी अब विश्व स्वास्थ्य विपद् रहेन भन्न सक्छौँ।" उनले सञ्चार मध्यमहरूसँग कुरा गर्दै भने।

"पक्कै पनि यो भाइरस त जाँदैन। यो रहिरहने छ, र सबै राष्ट्रहरूले यसलाई अन्य श्वासप्रश्वास सम्बन्धी रोगहरू जस्तै अहिले धेरै देशहरूमा फैलिएका इन्फ्लुएन्जा र आरएसभी सँगै कसरी मिलाएर व्यवस्थापन गर्ने भन्ने बारे सिक्नु पर्नेछ।"

सङ्गठनको आपत्काल समितिले जनवरीदेखि महामारीको अन्त्यको बारेमा निर्णय लिनेछ।

जापान, अमेरिका, कोरिया, फ्रान्स र ब्राजिलमा यस हप्ता सबैभन्दा धेरै कोभिड-१९ मामिलाहरू दर्ता भएका छन्।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

3 min read

Published

Updated

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now