मुख्य बुँदाहरू
- न्यु साउथ वेल्समा आगामी हप्ता देखि सङ्क्रमण सङ्ख्यामा कमी आउने डा. केरी च्यान्टको भनाइ
- मोडेर्नाले मेलबर्नमा आफ्नो एमआरएनए खोप केन्द्र बनाउन थाल्यो
- विश्वव्यापी कोभिड-१९ मृत्युदरमा १५ प्रतिशतको कमी: विश्व स्वास्थ्य सङ्गठन
अस्ट्रेलियाका राज्य तथा प्रदेशहरूमा साप्ताहिक कोभिड-१९ मामिलाहरूमा वृद्धि हुने क्रमले निरन्तरता पाएको छ।
तर अधिकारीहरूले क्रिसमस अगावै चौथो लहर उच्च बिन्दुमा पुग्ने विश्वास व्यक्त गरेका छन्।
शुक्रवार न्यु साउथ वेल्समा ४ हजार १ सय ९४ र भिक्टोरियामा २७ हजार ७ सय ९० नयाँ मामिलाहरू दर्ता गरिएको छ।
जुन एक हप्तामा देखिएको न्यु साउथ वेल्समा छ र भिक्टोरियामा तिन प्रतिशतको वृद्धि हो।
न्यु साउथ वेल्सकी प्रमुख स्वास्थ्य अधिकारी डा केरी च्यान्टले आगामी हप्ता सङ्क्रमण सङ्ख्या उच्च बिन्दुमा पुग्ने र त्यसपछि मामिलाहरू देखिने क्रम घट्न थाल्ने अपेक्षा गरिएको बताइन।
झन्डै ३ हजार यात्रुहरू रहेको सेलिब्रेटी इक्लिप्स नाम गरेको सो पानी जहाज न्यु जिल्यान्ड घुमेर सिड्नी फर्किएको हो।
उक्त पानीजहाजलाई टायर २ भनी वर्गीकृत गरिएको छ, जसको अर्थ १ हजार मध्ये ३०-४० जनामा कोभिड सङ्क्रमण रहेको र कर्मचारीहरू पनि प्रभावित भएको भन्ने हुन्छ।
बिहीबार सिड्नी आएको अर्को पानीजहाज मजेस्टिक प्रिन्सेसलाई पनि टायर २ नै वर्गीकृत गरिएको थियो।
सङ्क्रमित सवार थप दुई पानी जहाजहरू आजै सिड्नी आइपुग्ने अपेक्षा गरिएको छ। यद्यपि ती दुवैमा सङ्क्रमण सङ्ख्या तुलनात्मक रूपमा कम हुने अनुमान गरिएको छ।
न्यु साउथ वेल्स हेल्थले कोभिड-१९ र अन्य चुनौतीहरू बिच पनि राज्यको सरकारी अस्पतालहरूको कार्य सुधार भइरहेको दाबी गरेको छ।
यसका अनुसार ६५.६ प्रतिशत बिरामीहरूको उपचार तोकिएकै समयमा भएको छ।
र १० मध्ये सात (७४.८ प्रतिशत) बिरामीहरूलाई ३० मिनेटको समय लक्ष भित्र एम्बुलेन्सबाट आपतकालिन कक्ष (ईडी) मा सारिएको छ।
प्रधानमन्त्री एन्थनि एल्बनिजीले सोमबार आफू कोभिड सङ्क्रमित भएको घोषणा गरेका छन्।
उनी हाल आइसोलेसनमा रहेका छन्। अस्ट्रेलियाली राज्य तथा प्रदेशहरूले कोभिड आइसोलेसनको बाध्यकारी व्यवस्थालाई १४ अक्टोबर देखि नै हटाएका थिए।
आज हुने राष्ट्रिय मन्त्रिपरिषद्को बैठकमा कोभिड-१९ को चौथो लहर र देशमा त्यसको लागि रहेको तयारीबारे छलफल हुनेछ।
मोडेर्नाले दक्षिण पूर्वी मेलबर्नमा आफ्नो एमआरएनए केन्द्रको भवन निर्माणको थालनी गरेको छ।
उक्त भवनमा वार्षिक १० करोडसम्म खोपका मात्रा उत्पादन गरिने छ।
नयाँ केन्द्र र एमआरएनए प्रविधिले अस्ट्रेलियालाई भविष्यमा हुने महामारी र मुटु तथा श्वासप्रश्वासका अन्य रोगहरूको सामना गर्न तयार पार्ने सङ्घीय स्वास्थ्य मन्त्री मार्क बटलरले बताएका छन्।
शून्य कोभिड नीतिको विरोधमा सर्वसाधारणले विरोध गरेपश्चात् चीनले आफ्ना केही कडा कोभिड प्रतिबन्धहरूलाई हटाएको छ।
अब मानिसहरूले क्वारेन्टिन क्याम्पमा नभएर आफ्नै घरमा आइसोलेसनमा बस्न सक्नेछन्।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार अघिल्लो हप्ताको तुलनामा यस हप्ता साप्ताहिक विश्वव्यापी कोभिड-१९ मृत्युदरमा १७ प्रतिशतको कमी आएको तथ्याङ्कले देखाएको छ।
२८ नोभेम्बर देखि ४ डिसेम्बरसम्म ७ हजार ८ सय भन्दा बढी मृत्यु दर्ता गरिएको छ।
अमेरिका, जापान, ब्राजिल, इटाली र फ्रान्समा सबैभन्दा धेरै नयाँ साप्ताहिक कोभिड सङ्क्रमण दर्ता भएका छन्।
ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम
- भिक्टोरिया
- न्यु साउथ वेल्स
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- नर्दर्न टेरिटरी
- अस्ट्रेलियन क्यापिटल टेरिटरी
विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्।
अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्।
कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्।
६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus
