SKIP TO MAIN CONTENT

कोभिड सङ्क्रमण दर कम भए पनि जोखिम भने यथावत्

यो अस्ट्रेलियाको साप्ताहिक कोभिड-१९ अपडेट हो।

NSW CORONAVIRUS COVID19
Infection rate maybe slowing down Source: AAP / DAN HIMBRECHTS/AAPIMAGE

2 min read

Published

Updated

By Yumi Oba

Source: SBS



Skip to article content

मुख्य बुँदाहरू

  • सङ्क्रमण दर कम भए पनि सङ्क्रमण जोखिम भने रहेको छ
  • भिक्टोरियाका कोभिड-१९ सङ्क्रमितहरूले पनि ड्राइभ थ्रु भएका स्थानबाट मतदान गर्न सक्ने

न्यु साउथ वेल्समा यस हप्ता २७ हजार ७ सय ५० जनामा कोभिड-१९ सङ्क्रमणको निदान गरिएको छ।

यो सङ्ख्यामा अघिल्लो हप्ताको भन्दा १७.६% ले बढेको हो।

त्यस्तै भिक्टोरियामा २२ हजार २ सय ८१ नयाँ मामिलाहरू दर्ता भएका छन्, जुन अघिल्लो साताको भन्दा ९.५% को वृद्धि हो।

यद्यपि, राज्यमा मृत्यु हुनेहरूको सङ्ख्या भने गत हप्ताको ४६ बाट बढेर ६८ पुगेको छ।

न्यु साउथ वेल्स स्वास्थ्य विभागले सङ्क्रमण मामिला र पीसीआर जाँच हुने सङ्ख्यामा वृद्धि भए पनि सङ्क्रमण दर भने कम हुँदै गएको बताएको छ।

"यो देशभर देखिएको प्रवृत्तिसँग मिल्दो छ।"

यसै हप्ताको सुरुवातमा एसबीएससँग कुरा गर्दै उप प्रमुख स्वास्थ्य अधिकारी प्रोफेसर माइकल किडले सङ्ख्यामा कमी देखिए पनि प्रत्येक दिन उल्लेख्य सङ्ख्यामा सङ्क्रमण देखिएको भन्दै सचेत गराएका छन्।

"सङ्क्रमण हुने जोखिम भने यथावत् रहेको छ।" प्रोफेसर किडले भने।

कोभिड सङ्क्रमण नयाँ वर्ष पछिसम्म पनि रहिरहने उनले बताए।

भिक्टोरियाका बासिन्दाहरूले कोभिड-१९ सङ्क्रमण भएको अवस्थामा पनि शनिवारको निर्वाचनमा सहभागिता जनाउन सक्ने भएका छन्।

उनीहरूले मतदान गर्न उत्तर पश्चिमी मेलबर्नका ड्राइभ थ्रु भएका स्थानहरूमा जान सक्ने छन्।

त्यसका लागि र्यापिड एन्टीजेन टेस्टमा सकारात्मक परिणाम आएको प्रमाण वा पीसीआर जाँचमा सङ्क्रमण पाइएको स्वास्थ्य विभागद्वारा पठाइएको टेक्स्ट उपलब्ध गराउनु पर्ने हुन्छ।

एबीसीका अनुसार वेस्टर्न अस्ट्रेलियाका वृद्ध स्याहार केन्द्रहरूमा कोभिड सङ्क्रमण बढेको छ। जुन सङ्ख्या पछिल्ला दुई महिनामा तिन गुणाले बढेको छ।

सधैँ आफूसँग मास्क राख्न र लिफ्ट, सार्वजनिक यातायात लगायतका भिडभाड हुने स्थानहरूमा यसको प्रयोग गर्न सुझाइन्छ।

न्यु साउथ वेल्समा अस्पताल क्षेत्रमा मास्क लगाउन अनिवार्य छ।

विश्वव्यापी कोभिड मामिलाहरूमा अघिल्लो हप्ताको तुलनामा यस हप्ता ५ प्रतिशतको कमी देखिएको छ। त्यस्तै साप्ताहिक मृत्यु हुनेहरूको सङ्ख्यामा पनि १३ प्रतिशतको कमी आएको विश्व स्वास्थ्य सङ्गठनको साप्ताहिक रिपोर्टले जनाएको छ।

जापान, दक्षिण कोरिया, अमेरिका, फ्रान्स र चीनमा सबैभन्दा धेरै कोभिड-१९ सङ्क्रमण भएको छ।

चीनमा छ महिना यता कै सबैभन्दा ठुलो फैलावट देखिदा केही स्थानहरू लकडाउन गरिएको छ।

एसबीएस अस्ट्रेलियाका बहु सांस्कृतिक र बहुभाषिक समुदायहरूलाई कोभिड-१९ बारे सबै अद्यावधिक जानकारी उपलब्ध गराउन प्रतिबद्ध छ। सुरक्षित र जानकार रहनुहोस्, र नेपाली भाषामा पछिल्लो जानकारीका लागि एसबीएस कोरोनाभाइरस पोर्टल नियमित हेर्नुहोस्


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now