SKIP TO MAIN CONTENT

कोभिड सङ्क्रमणमा कमी तर अस्ट्रेलियामा अर्को लहरले 'खराब समाचार' ल्याउन सक्ने भन्दै चेतावनी

यो साप्ताहिक कोरोनाभाइरस अपडेट हो।

BRISBANE DAILY LIFE
People posing for photographs at the Mt Coot-tha Lookout over looking the city of Brisbane. (file) Source: AAP / DARREN ENGLAND/AAPIMAGE

3 min read

Published

Updated

Presented by Sunita Pokharel

Source: SBS



Skip to article content

मुख्य बुँदा

  • युनिभर्सिटी अफ क्वीन्सल्याण्डका अनुसन्धानकर्ताहरूले कोभिड-१९ लाई मुटुको खराबीसँग जोडेका छन्
  • टीजीएद्वारा फाइजर खोपलाई छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाको लागि अस्थायी रूपमा स्वीकृति प्रदान
  • विश्वव्यापी कोभिड सङ्क्रमण र मृत्यु सङ्ख्यामा कमी आएको विश्व स्वास्थ्य सङ्गठनको रिपोर्ट

न्यु साउथ वेल्स र भिक्टोरियामा कोभिड-१९ सङ्क्रमण, अस्पताल भर्ना, मृत्यु र सघन उपचार कक्षमा भर्ना हुनेहरूको सङ्ख्यामा कमी आएको छ।

अक्टोबर ६ सम्मको एक हप्ताको तथ्याङ्कलाई त्यस अघिको हप्तासँग तुलना गर्दा सो कमी देखिएको हो।

न्यु साउथ वेल्स स्वास्थ्य विभागले प्रारम्भिक सूचकहरूले BA.2.75 सङ्क्रमणहरू राज्यमा बढेको देखाएको छ।

यद्यपि, राज्यको सात दिनको अस्पताल भर्ना हुनेहरूको औसत सङ्ख्या भने यस वर्षको सुरुवातमा भन्दा कम रहेको छ।

यो कमी आगामी केही हप्ताहरूसम्म पनि कायम नै रहने अपेक्षा गरिएको छ।

युनिभर्सिटी अफ क्वीन्सल्याण्डका अनुसन्धानकर्ताहरूले कोभिड-१९ ले मुटुमा खराबी ल्याउने कुरा पत्ता लगाएका छन्।

उनीहरूले कोभिड 'फ्लु जस्तो मात्र' नभएको देखाएका छन्।

अस्ट्रेलियन मेडिकल एसोसिएसनका अध्यक्ष स्टिभ रब्सनले अस्ट्रेलियाले कोभिड-१९ आइसोलेसन धेरै छिटो खुकुलो बताएका छन्।

"सबै सङ्केतहरूले के देखाएको छ भने हामी अर्को कोभिड लहर देख्ने छौँ। यदि अर्को लहर सार्वजनिक बिदाको सिजनमा आयो भने त्यसले नराम्रो समाचार लिएर आउने छ किनभने हामी पहिले देखि नै रहेको अवस्थाको समान गर्न सक्दैनौँ।" उनले एएपीसँग भने।

औषधिहरू सम्बन्धी नियामक निकाय थेराप्यूटिक गुड्स एडमिनिस्ट्रेसनले छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाहरूको लागी फाइजर खोपको मात्रालाई स्वीकृति दिएको छ।

यो खोपबारे अब खोप सम्बन्धी सुझाव समूह अस्ट्रेलियन टेक्निकल एडभाइजरी ग्रुप अन इम्युनाइजेसन (अटागी)ले समीक्षा गर्ने छ।

र त्यसपछि मात्र सङ्घीय स्वास्थ्य मन्त्री समक्ष स्वीकृतिका लागि पठाउन सुझाव दिइने छ।

अहिले मडेर्ना कोभिड-१९ खोपले मात्र यो उमेर समूहको लागि स्वीकृति प्राप्त गरेको छ।

टीजीएले मडेर्नालाई सबैभन्दा पहिले देखिएको भाइरस र ओमिक्रनका BA.5/BA.4 सबभेरिएन्टहरूलाई लक्षित गर्ने किसिमको खोपका लागि निवेदन हाल्न स्वीकृति दिएको छ।

टीजीएले मानव परीक्षणको समीक्षा गरेपछि त्यस्ता खोपहरूलाई अस्थायी रूपमा स्वीकृति प्रदान गर्ने बताएको छ।

अस्ट्रेलियाले यसअघि नै मौलिक भाइरस र ओमिक्रनको BA.1 सबभेरिएन्टलाई लक्षित गरेको मडेर्ना खोपलाई स्वीकृति दिइसकेको छ।

उक्त खोप १८ वर्ष र सो भन्दा माथिका व्यक्तिहरूले तेस्रो र चौथो मात्राका रूपमा लगाउन सक्छन्।

क्वीन्सल्याण्ड , भिक्टोरिया र वेस्टर्न अस्ट्रेलियाले कोभिड-१९ सङ्क्रमितहरूलाई बस्नका लागि उपलब्ध गराएको क्वारेन्टिन भवनहरू बन्द गरेको छ।

महामारीको समयमा १ अर्ब खर्चिएर सो भवन बनाइएको थियो।

विश्वव्यापी रूपमा नै साप्ताहिक कोभिड-१९ को मामिला र मृत्यु सङ्ख्याहरूमा कमी देखिएको छ।

बिहीबार, विश्व स्वास्थ्य सङ्गठनले अक्टोबर २ सम्मको एक हप्तामा ८ हजार ३ सय मृत्युहरू भएको र सो अघिल्लो हप्ताको तुलनामा १२ प्रतिशतको कमी भएको बताएको छ।

जर्मनी, अमेरिका, जापान, चीन र फ्रान्समा सबैभन्दा धेरै साप्ताहिक सङ्क्रमण सङ्ख्या देखिएको छ।

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now