SKIP TO MAIN CONTENT

डार्विन, पाल्मर्स्टन र लिचफिल्डमा आज एक बजे देखि ४८ घण्टाको लकडाउन घोषणा

नर्दर्न टेरिटोरीमा कोरोनाभाइरसका ४ नयाँ केस पुष्टिहुँदा, कोरोनाभाइरस महामारी सुरु भएदेखिकै सबै भन्दा जोखिमपूर्ण अवस्था हाल रहेको मुख्य मन्त्री माइकल गनर ले बताए।

Darwin is going into a 48-hour lockdown commencing on Sunday afternoon.
Darwin is going into a 48-hour lockdown commencing on Sunday afternoon. Source: AAP

1 min read

Published

By SBS Nepali

Source: SBS News



Skip to article content

डार्विन, पाल्मर्स्टन र लिचफिल्ड शहरमा आज अपरान्ह एक बजे देखि ४८ घण्टा सम्मलागु हुने गरि लकडाउन घोषणा गरिएको छ।

मंगलबार सम्मको उक्त लकडाउनका कारण अब मानिसहरु निम्न ५ कारणका साथ् मात्र आफ्नो घर बाट बाहिर जान पाउने छन्:

१: स्वास्थ्य उपचार, कोरोनाभाइरसको परिक्षण वा खोप लगाउन लगायत

२: खाद्य र अत्यावश्यक दैनिक उपभोग्य सामग्री किन्न

३: अत्यावश्यक घोषित पेशा

४: प्रति दिन १ घण्टाको व्यायामका लागि तर मानिसहरु आफ्नो निवास स्थानबाट ५ किलोमिटर भन्दा टाढा जान पाउनेछैनन्

५: आफ्नो हेरचाह गर्न नसक्ने अवस्थामा रहेका पारिवारिक सदस्यको स्याहार वा सहयोगका पनि मानिसहरु यात्रा गर्न पाउने छन्।

साथै आफ्नो घर बाहिर जाँदा मानिसहरुले मास्क लगाउन पनि जरुरी रहेको बताइएको छ।

नर्दर्न टेरिटोरीका मुख्य मन्त्री माइकल गनरका अनुसार पुष्टि भएका कोरोनाभाइरसका पछिल्ला सङ्क्रमणहरु डेल्टा भेरिएन्टको रहेको हुनसक्ने प्रारम्भिक संकेतहरुका कारण थप केसहरु पुष्टि हुने पनि अपेक्षा अधिकारीहरुले गरेका छन्।

मुख्य मन्त्री गनरका अनुसार पछिल्ला सङ्क्रमित मध्ये दुई जना टानामी स्थित एक खानिमा आइसोलेशनमा रहेका छन् भने अर्का एक व्यक्ति चाहिं न्यु साउथ वेल्स बाट फर्किएका हुन्।

साथै लकडाउनको म्यादलाई थप गर्नुपरे पनि आफु नहिच्किचाउने गनर ले बताए।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now