SKIP TO MAIN CONTENT

माई हेल्थ रेकर्ड: स्वास्थ्य जानकारीसम्बन्धी रेकर्ड हटाउने दिन

सङ्घीय सरकारको माई हेल्थ रेकर्ड योजनाबाट आफ्नो व्यक्तिगत जानकारीहरू हटाउन पाउने समय आजसम्म मात्र रहेको छ।

Australian National Health records
Source: Getty Images

3 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

अस्ट्रेलियालीहरुले आफ्नो जीपी बाट वा कुनै अस्पतालमा गराएका उपचारका लगायतका स्वास्थ्या जानकारीहरु अनलाइन मार्फत उपलब्ध गराउन राष्ट्रिय स्तरमै सुरु गरिएको व्यवस्था अन्तर्गत माई हेल्थ रेकर्ड पर्दछ। 

मेडिकेयर कार्ड प्रयोग गर्नेहरुको स्वास्थ्य जानकारी उनीहरुको उपचारमा लागेका स्वास्थ्य कर्मीहरुले हेर्न सक्नेछन्। 

यसरी व्यक्तिगत स्वास्थ्य जानकारी अनलाइन डाटाबेसमा राख्ने सरकारी कदमका समर्थकहरुले स्वास्थ्य जानकारी सक्षेंपमा अनलाइनमा उपलब्ध हुँदा उपचार गर्न सहज हुने धारणा राख्छन्। तर यसको विपक्षीहरूले भने यस योजनाले धेरै नै सुरक्षा र गोपनीयतालाई जोखिममा पार्ने बताउँछन्। 

सामान्य अस्ट्रेलियाली देखि विज्ञहरू सम्मलाई विभाजित गरेको माई हेल्थ रेकर्डबाट आफ्नो नाम हटाउने समयावधि बढाएर जनवरी अन्तिमसम्म पुर्‍याइनुले सर्वसाधारणमा यो योजनालाई लिएर देखिएको चिन्ता प्रस्ट हुन्छ।

यदि कुनै व्यक्ति जनवरी ३१ अगाडी नै यो योजनाबाट नबाहिरिए स्वतः यो योजना अन्तर्गत रहने छन्।

सङ्घीय सरकारले यो योजनाले अस्ट्रेलियाको स्वास्थ्य प्रणालीलाई एक अर्काको सम्पर्कमा राख्ने र परिणामस्वरूप यसले स्वास्थ्य उपचारमा सुधार ल्याउने बताएको छ।

सरकारका अनुसार मानिसहरूले उपलब्ध गराइएका जानकारीहरूमध्ये केही हटाउन चाहेमा कुनै पनि समयमा हटाउन सकिने छ साथै कुनै नयाँ जानकारी रेकर्डमा राख्न नचाहेमा त्यस्तो गर्न पनि सकिने छ।

तर सर्वसाधारणबाट यस योजनामा रहेको सुरक्षा खतरालाई लिएर धेरै आवाजहरू उठेका छन्।

वेनेस्सा टिएग मानिसहरूको परिचयको प्राथमिक पक्ष मानिने नाम र जन्ममितिलाई तथ्याङ्कबाट हटाइए पनि ह्याकरहरूले स्वास्थ्य जानकारीहरूलाई हेरेर कसको रेकर्ड हो भन्ने पत्ता लगाउन सक्ने दाबी गर्छिन्।

यस सम्बन्धमा अस्ट्रेलियाली प्रविधि तथा इन्जिनियरिङ एकेडेमीका अध्यक्ष प्रोफेसर ह्यु ब्राड्लो भन्छन् "यस्ता जोखिमलाई अतिरञ्जित गरिएको छ।"

अस्ट्रेलियाको सञ्चार र टेलिकम्युनिकेशनमा अग्रणी रहेको टेल्स्ट्रामा प्रमुख वैज्ञानिकका रूपमा पनि काम गरिसकेका ह्युले यो योजनामा रहेका फाइदाहरूले यसका जोखिमहरूलाई छायामा पारेको बिचार व्यक्त गर्छन्।

"गोपनीयता माथिको जोखिमलाई हेर्ने हो भने चिकित्सकको रेसेप्सनिस्टसँग पनि तपाइको स्वास्थ्य जानकारी हुन्छ, अनि धेरै मानिसले कागजमा रहेको स्वास्थ्य विवरण पाइराखेका हुन्छन्।"

प्रोफेसर ब्राड्लो सम्भावित सुरक्षा उपाय भनेको माई हेल्थ रेकर्डको जानकारी पाउन अनिवार्य रूपमा बिरामीलाई त्यो विवरणमा पहुँच पाउन कोड प्रदान गरिनु पर्नेमा जोड दिन्छन्।

My Health Records
My Health Records Source: Getty Images

यसले डेबिट र क्रेडिट कार्डमा प्रयोग हुने पिन नम्बर जस्तै काम गर्नेछ।

तथापि आधुनिक जीवनको अन्य क्षेत्रमा जस्तै यो योजनामा पनि तथ्याङ्कको दुरुपयोग र ह्याकिङ्ग ठुलो समस्याका रूपमा रहेका छन्।

माई हेल्थ रेकर्डका विरोधीहरूले संसारकै साइबर सुरक्षामा अग्र स्थानमा रहेको सिङ्गापुरको उदाहरण दिने गरेका छन्।

उक्त देशमा १५ लाख विद्युतीय स्वास्थ्य तथ्याङ्कमा उल्लङ्घनका घटनाहरू भएका थिए, जसमध्ये एक सिङ्गापुरका प्रधानमन्त्रीको स्वास्थ्य जानकारी पनि परेको थियो।

मेलबर्न विश्वविद्यालयमा साइबर सुरक्षाका विषयमा अध्यापन गराउँदै आएकी वेनेस्सा टिएग मानिसहरूको परिचयको प्राथमिक पक्ष मानिने नाम र जन्ममितिलाई तथ्याङ्कबाट हटाइए पनि ह्याकरहरूले स्वास्थ्य जानकारीहरूलाई हेरेर कसको रेकर्ड हो भन्ने पत्ता लगाउन सक्ने दाबी गर्छिन्।

computer data security
ILLUSTRATION: A computer monitor displays binary code in Cologne, Germany, 19 May 2017. Photo: Oliver Berg/dpa Source: DPA

उनले यसरी योजनाबाट आफ्नो विवरण हटाउने विषय भर्खरै आएका आप्रवासी र अङ्ग्रेजी बाहेकको पृष्ठभूमिबाट आएकाहरूलाई बुझाउन समस्या पर्ने बताएकी छन्।

तर केही मेडिकल पेसामा नै आबद्ध अग्रणी व्यक्तिहरू यो योजनाले अङ्ग्रेजी भाषामा समस्या भएका अथवा आफ्नो अवस्थाबारे खुलेर बताउन नसक्नेहरूका लागी यो योजना झन् सहयोगी हुने विचार व्यक्त गर्दछन्।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now