SKIP TO MAIN CONTENT

माइ हेल्थ रेकर्डमा आएको परिवर्तन बिबादित बन्दै

AAP/myhealthrecord.gov.au
My Health Record Source: AAP/myhealthrecord.gov.au

इन्टरनेट स्वास्थ्य सेवा अन्तर्गत प्रत्येक अस्ट्रेलियालीको जानकारी डाटाबेसमा राखिने बारे यतिखेर बिबाद देखिएको छ। व्यक्तिगत गोपनियताको ख्याल राख्दै उक्त व्यवस्था लागु हुन नहुने केहि बिज्ञहरुको भनाइ आउँदा ग्रामिण भेगका चिकित्सकहरुले चाहिं यसले मानिसहरुको ज्यान जोगाउन सहयोग गर्ने जोड दिएकाछन्।


Published

Updated

By Sunita Pokharel, Virginia Langeberg

Presented by SBS Nepali

Source: SBS



Skip to podcast episode content

इन्टरनेट स्वास्थ्य सेवा अन्तर्गत प्रत्येक अस्ट्रेलियालीको जानकारी डाटाबेसमा राखिने बारे यतिखेर बिबाद देखिएको छ। व्यक्तिगत गोपनियताको ख्याल राख्दै उक्त व्यवस्था लागु हुन नहुने केहि बिज्ञहरुको भनाइ आउँदा ग्रामिण भेगका चिकित्सकहरुले चाहिं यसले मानिसहरुको ज्यान जोगाउन सहयोग गर्ने जोड दिएकाछन्।


माइ हेल्थ रेकर्ड्स भनिने उक्त योजना अन्तर्गत व्यक्तिगत जानकारीहरु स्वतः डाटाबेसमा दर्ता हुने र व्यक्ति आफैले ति जानकारी हटाउने निर्णय नलिएसम्म डाटाबेस मै रहने हुन्छ। यो व्यवस्थाले विशेष गरि चिकित्सकहरुलाई सजिलै बिरामीहरुको स्वास्थ्य जानकारी उपलब्ध गराउने उद्देश्य  भएपनि यससंगै मानिसहरुको व्यक्तिगत जानकारीहरुको सुरक्षाको भय पनि देखिएको छ।

आलोचकहरुले अत्यन्त संबेदनशील व्यक्तिगत जानकारी गलत हातमा जानसक्ने तर्फ सचेत गराएका छन्। तर यो योजनाको पक्षमा वकालत गर्नेहरु भने यसले बिशेष गरेर ग्रामिण र दुर्गम स्थानमा बस्ने मानिसहरुको जिबन जोगाउनेमा जोड दिन्छन।

गएको सोमबारदेखि सबै अस्ट्रेलियालीहरु माइ हेल्थ रेकर्ड भनिने उक्त प्रणालीमा स्वतः दर्ता भैसकेका छन् भने आफ्ना जानकारीहरु बिद्दयुतीय डाटाबेसमा नराख्ने हो भने, तिन महिनासम्ममा उक्त निर्णय लिइ सक्नु पर्नेछ।

अस्ट्रेलियाको गोपनियता सम्बन्धि प्रतिष्ठानका बर्नार्ड रोबर्ट्सन जानकारी हटाउनु पर्ने पक्षमा आफ्नो बिचार राख्दछन।

"म भन्छु अहिले हटाउनुहोस। पछि जतिबेला पनि जानकारी राख्न सक्नुहुनेछ जब तपाइलाई यो ब्यबस्था बारे पूर्ण जानकारी भएर निर्णय लिन सक्ने हुनुहुन्छ।"

तर डिजिटल स्वास्थ्य गठबन्धनकि प्रोफेसर मेरिडीथ म्यक्हम असहति ब्यक्त गर्दै भन्छिन। 

"एउटा जीपीका नाताले म मेरा बिरामीहरुलाई माइ हेल्थ रेकर्डमा रहन प्रोत्साहित गर्छु, किनभने मलाइ बिश्वास छ यसले मानिसहरुलाई धेरै महत्वपुर्ण फाइदाहरु दिन सक्छ र बिशेष गरि सुरक्षित हेरचाह र अझ राम्रो स्वास्थ्य परिणामका लागि।"

यो प्रणाली ६ वर्ष देखि संचालनमा रहेको छ तर मानिसहरुले आफ्नो जानकारी राख्न सक्नेबारे छनौट गर्न सक्थे अर्थात जानकारी राख्ने निर्णय ऐच्छिक हुन्थ्यो, जसमा ६० लाख मानिसहरु रहेका छन्। 

तर अब यो प्रणालीमा रहने प्रक्रिया स्वतः हुन्छ भने आफ्नो जानकारी हटाउने निर्णय चाहि ऐच्छिक भएको छ। यसले साइबर सुरक्षामा चुनौती थप्ने र सरकारले त्यस्ता संबेदनशील जानाकारिहरुमा पहुँच पाउन सक्ने भएकाले चिन्ताको बिषय बनेको बिज्ञहरुको भनाइ छ।

यो कार्यक्रम ल्याएको एजेन्सीले भने यसलाई बिरामीहरुलाई नियन्त्रणमा राख्ने उपायको रुपमा व्याख्या गरेको छ।

मानिसहरुले आफ्नो जानकारीमा पहुँच पाउन सक्छन र कसैले उनीहरुको जानकारी हेरेमा त्यसको तत्काल सुचना पनि पाउने छन्।

एजेन्सीले उक्त प्रणालीमा शैन्य तहको सुरक्षा रहेको र ६ बर्षको अबधिमा कुनैपनि उल्लंघनबाट गुज्रनु नपरेकोमा जोड दिएको छ। 

प्रोफेसर म्यक्हम भन्छन कम्पनीले गोपनीयताका मापदण्डहरु पुरा गर्न सबै आवस्यक कदमहरु चालेको बताउछन। 

स्वास्थ्य मन्त्रि ग्रेग हन्ट पनि उक्त प्रनालिमाथि आफुलाई पूर्ण बिश्वास रहेको बताउछन।

त्यस्तै राष्ट्रिय ग्रामिण स्वास्थ्य गठबन्धनका प्रमुख कार्यकारी मार्क डाइमंड भन्छन स्वास्थ्य जानकारीहरु तयारि रुपमा चिकित्सकहरुले पाउँदा यसले बिशेष गरि ग्रामिण क्षेत्रका मानिसहरुलाई लाभान्वित गर्दछ।

यसबारेमा थप जानकारी पाउन माइ हेल्थ रेकर्ड को वेबसाइटमा जान सकिने छ भने डाटाबेसबाट आफ्ना जानकारी हटाउन पाउने सुबिधा अक्टोबर १५ सम्म मात्र रहेको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now