राष्ट्रिय अपाङ्गता बीमा योजना (एनडीआईएस) मा सुधारसम्बन्धी विधेयकमाथि सिनेटमा छलफल भएको छ। गठबन्धनको समर्थनमा यो विधेयक यसै साता पारित हुने अपेक्षा गरिएको छ। यस विधेयकले मे महिनाको बजेटमा प्रस्ताव गरिएका अधिकांश कटौतीलाई निरन्तरता दिएको छ। यस योजनाका लागि खर्च बढिरहेको चिन्ता व्यक्त हुँदै गर्दा सरकारले आगामी चार वर्षमा ३७.८ अर्ब डलर बचत हुने अनुमान गरेको छ। तर यी सुधार पश्चात् यस योजनामा नपर्नेहरूका लागि राज्य सरकारमार्फत सञ्चालन हुने वैकल्पिक व्यवस्था समयमै तयार हुने हो कि होइन भन्नेमा पनि प्रश्न उठिरहेका छन्। केही ले प्रस्तावित कटौतीले अपाङ्गता भएका व्यक्तिहरूलाई असर पुर्याउने समेत बताएका छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Share





