आधुनिक अस्ट्रेलिया रहेको भुमिमा हजारौं वर्ष देखि बस्दै आएका एबोरिजिनल र टोरेस स्ट्रेट आइल्याण्डर समुदाय द्वारा आफुले बोल्ने भाषा अनुसार उक्त भुमिको नामकरण पनि गरिएका छन्।
यस अन्तर्गत देशका प्रमुख शहरहरुको आदिवासी नाम के हो त भन्नेबारे ध्यान केन्द्रित गरौँ।
आदिवासी अस्ट्रेलियाको भूगोलबारे थप जानकारीका लागि यहाँ हेर्नुहोस्।
एडिलेड - गार्हना (Kaurna)
तपाईंलाई थाह छ?
एडिलेडमा कौर्ना भाषा सिकाउन धेरै कामहरु भैरहेका छन्, जस अन्तर्गत युनिभर्सिटी अफ एडिलेडमा गार्हना भाषा सम्बन्धि पाठ्यक्रम उपलब्ध रहेका छन्। साथै साउथ अस्ट्रेलिया स्थित स्कूल अफ ल्याङ्ग्वेजेस का विद्यार्थीहरुले कक्षा ११ र १२ मा पनि गार्हना भाषा पढ्न सक्दछन्।
स्टेट लाइब्रेरी अफ साउथ अस्ट्रेलिया र एडिलेड फेस्टिभल सेन्टरका प्रवेश द्वारहरुमा गरिएका प्रयोग लगायतका गतिविधिहरुका साथ् कौर्ना संस्कृति र इतिहासको पहिचान एडिलेडमा बढ्दै गएका छन्।

एलिस स्प्रिङ्ग्स - अर्रार्नता (Arrernte)
के तपाईंलाई थाह छ?
अर्रार्नता भाषा पांच क्षेत्रिय भाषामा विभाजित रहेका छन्: दक्षिण - पूर्वी, मध्य, उत्तरी, पूर्वी र उत्तर - पूर्वी। पूर्वी र मध्य अर्रार्नता भाषा बोल्नेहरुको संख्या करिब १,८०० रहेको बताइन्छ, जसलाई अस्ट्रेलियाली भाषा बोल्ने सबै भन्दा ठुलो समूहको रूपमा पनि चिनिन्छ।
मध्य अस्ट्रेलियामा प्रयोग हुने आदिवासी वर्णमालामा "र्र" को प्रयोग धेरै हुन्छ। अर्रार्नता शब्दको उच्चारण "अराण्डा", "अर्रार्नता", वा "अरुन्दा" जस्तै गरिन्छ।

ब्रिसबेन - युग्गेरा (Yuggera)
नजिकका आदिवासी राष्ट्र र समूहहरुमा रहेका छन्: टुर्रबाल, नूनुकाल, गोएन्पुल, युगेम्बा
के तपाईंलाई थाह छ?
अस्ट्रेलियामा धेरै प्रचलित रहेको युग्गेरा/ जगेरा भाषाको एक शब्द हो "याक्का", जसको मतलब हो "कडा मेहनत" र अंग्रेजीमा "हार्ड याक्का" भनेर भन्नुको मतलब हो कडा मेहनत गर्नु। र यो नाम एक प्रचलित लुगा निर्माता द्वारा पनि प्रयोग गरिएको छ। युग्गेरा भाषा अन्तर्गतका थप शब्दहरुबारे जान्न चाहनुहुन्छ भने ती सबै जानकारी क्वीन्सल्याण्ड स्टेट लाइब्रेरीमा रहेको छ।

क्यानबेरा - नहानाव्हाल (Ngunnawal)
नजिकका आदिवासी राष्ट्र र समूहहरुमा रहेका छन्: गाम्ब्री
के तपाईंलाई थाह छ?
नहानाव्हाल राष्ट्र क्यानबेरा देखि न्यु साउथ वेल्सको गोलबर्न सम्म पर्दछ।
"क्यानबेरा" एक नहानाव्हाल शब्द हो जसको मतलब हो "भेट गर्ने स्थल" र आधुनिक क्यानबेरा रहेको स्थानलाई युइन, विराजरी, गुण्डुनगुर्रा र गारिगो लगायतका वरपरका पहिलो राष्ट्रका धेरै समुदायहरु द्वारा एकअर्कालाई भेट गर्ने स्थानको रूपमा प्रयोग गरिएको इतिहास रहेको छ।
नहानाव्हाल समुदायका मानिस र युरोपेलीहरु बीच भएको पहिलो सम्पर्क सन् १८२० मा लाइमस्टोन प्लेन्सको अनुगमनको क्रममा भएको रेकर्ड रहेको छ।
धेरै न्गून्नवाल परिवारहरुका अनुसार नहानाव्हाल शब्दको उच्चारण गर्ने सहि तरिका हो "नहा-ना-व्हाल" ।

डार्विन - लार्राकिया (Larrakia)
के तपाईंलाई थाह छ?
लार्राकिया राष्ट्र, पश्चिममा रहेको कक्स पेनिन्सुला देखि उत्तरमा रहेको गन पोइन्ट, पुर्वमा एडिलेड रिभर र दक्षिणमा मान्टन डाम क्षेत्र सम्म पर्दछ।
लार्राकिया समुदायका मानिसहरुको समुन्द्रसंग कडा सम्बन्ध रहेको र टिवी, वागेट र वुल्ना जस्ता छिमेकी समूहहरुसंग व्यापार गर्न र यात्राका लागि पनि समुन्द्रको प्रयोग गरिएको इतिहास रहेको छ।
नर्दर्न टेरिटोरीको भूमिमा आफ्नो हक रहेको लार्राकिया समुदायको दाबी, जसलाई "केन्बी भूमिको दाबी" पनि भनिन्छ, त्यो उक्त प्रदेशकै सबै भन्दा पुरानो दाबी हो। तर कयौं सताब्दी देखिनै भूमि र जल क्षेत्रको सम्रक्षण गर्दै आएका लार्राकिया समुदायलाई केहि वर्ष अगाडी मात्र उक्त भूमिसंगको उनिहरुको जारी सम्बन्ध बारे कानूनी मान्यता प्रदान गरिएको हो।

होबार्ट - मुवीनीना (muwinina)
के तपाईंलाई थाह छ?
मुवीनीना, पलावा समुदायको एक अंग, जुन तास्मानियामा रहेको आदिवासी समूहहरुको एक संजालको हिस्सा हो।
पलावा कानी भाषा (पुनर्जीवित गरिएको परम्परागत भाषा) मा ठुलो वर्णमाला प्रयोग गरिदैन, स्थानहरुको नाममा पनि त्यो लागु हुन्छ।
होबार्टको प्रख्यात माउन्ट वेल्लिङ्ग्टनलाई पलावा कानी भाषामा "कुनान्यी" भनिन्छ।

मेलबर्न - कूलिन राष्ट्र (Kulin Nation)
नजिकका आदिवासी राष्ट्र र समूहहरुमा रहेका छन्: वोइवोरुङ्ग र बूनवरुङ्ग
के तपाईंलाई थाह छ?
विलियम बाराक, जसको मूर्ति मेलबर्न शहर स्थित स्वान्स्टन स्ट्रीटको एक भवनमा राखिएको छ, उनि वोइवोरुङ्ग राष्ट्रको वुरन्जेरजेरी समूहका अन्तीम सदस्य रहेको अनुमान गरिएको छ।
बाराक एक प्रमुख नेता रहनुका साथै एक अभियन्ता, कलाकार र खोजकर्ता पनि रहेको बताइन्छ। र उनले कुख्यात केली समूहलाई खोज्न सफल भएको पनि जानकारी रहेको छ। केली समूहलाई देख्ने बित्तिकै "सबै भन्दा पहिला जान" भनि आफ्ना गोरा अधिकारीहरु द्वारा आदेश दिइएता पनि बाराकले उक्त आदेशलाई हास्दै विनम्र स्वभावमा अस्वीकार गरिएको पनि बताइन्छ।

पर्थ - व्हाडजक (Whadjuk)
के तपाईंलाई थाह छ?
व्हाडजक राष्ट्र भनेको दक्षिण- पश्चिमी वेस्टर्न अस्ट्रेलियामा रहेको नूङ्गार जन-समूहको एक हिस्सा हो।
ब्रिटिश बसोबास सुरुहुनु अगाडी, व्हाडजक समुदायका मानिसहरुबारे डच अन्वेषकहरुलाई जानकारी रहेको थियो साथै व्हेलको शिकार गर्न आउने मानिसहरुले पनि व्हाड्जुकहरुसंग सम्पर्क स्थापना गरेको बताइन्छ।
व्हाडजक क्षेत्रमा रहेको गिल्डफर्ड नामक स्थान नूङ्गार मानिसहरुका लागि धेरै महत्वपूर्ण रहेको छ जहाँ रहेका मानिसहरु सुत्ने वा अन्य आध्यात्मिक महत्वका स्थलहरु अझै पनि स्थानीय समुदाय द्वारा प्रयोग गरिन्छ।
रोटनेस्ट आइल्याण्डमा भेटिने कुवोक्का नामक पशुको नाम पनि व्हाडजक शब्द बाट लिइएको हो।

सिड्नी - इओरा राष्ट्र (Eora Nation)
नजिकका आदिवासी राष्ट्र र समूहहरुमा रहेका छन्: क्यामिरेगल, ग्याडिगल र बिड्जीगल
के तपाईंलाई थाह छ?
इओरा राष्ट्रमा दशौँको संख्यामा समूहहरु रहेका छन् र यसको क्षेत्रफल सेन्ट जोर्जेस नदी देखि हक्सबेरी नदी र प्यारामाटा नदीको सीमा भित्र पर्दछ। ग्याडिगल समुदायका मानिसहरु सिड्नी शहरका निवासी हुन्।
अहिले सिड्नी हार्बर ब्रिजको दक्षिणमा पर्ने स्थानलाई बराङ्गारू नामक एक आदिवासी व्यक्तिको नाम दिइएता पनि, इतिहासमा उक्त नाम एक क्यामिरेगल महिलाको हो जो बर्तमान म्यान्ली नामक स्थान नजिक पर्ने उत्तरी हार्बरमा बस्द थिइन्।

राष्ट्रिय नाइडोक सप्ताह (४ - ११ जुलाई २०२१) मा आदिवासी र टोरेसस्ट्रेट आइल्याण्डर मानिसहरुको इतिहास, संस्कृति र सफलताहरु माथि ध्यान केन्द्रित गरिन्छ। नाइडोक सप्ताह अन्तर्गत एसबीएस र एनआइटीभी मा प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरुबारे जानकारीका लागि यहाँ हेनुहोस्। नाइडोक सप्ताह र यस वर्षको लागि यस सप्ताहको शीर्षकबारे जानकारीको लागि आधिकारिक वेबसाइटमा जानुहोस्। #NAIDOC2021 #HealCountry
All images are by Nungala Creative, excluding the main image.
Please note: While Aboriginal words have various spellings in English, we acknowledge that the more widly, mainstream spelling of 'Arrernte' is with three 'r's. As such, the spelling on our graphics is misspelled. We apologise for this error.
