SKIP TO MAIN CONTENT

डोमिनिक पेरोटे: न्यु साउथ वेल्सको नयाँ प्रिमियर

डोमिनिक पेरोटे न्यु साउथ वेल्सको सबैभन्दा कम उमेरका प्रिमियर बनेका छन्।

Dominic Perrottet set to replace Gladys Berejiklian after deal struck
Source: AAP

1 min read

Published

Updated



Skip to article content

उनले केही दिन अघि राजीनामा दिएकी ग्लाडिस बेरिजिक्लियनको स्थान लिएका हुन्।

राज्यको भ्रष्टाचार जाँचबुझ आयोगले बेरिजिक्लियन माथि छानबिन हुने घोषणा गरेपछि उनले राजीनामा दिएकी थिइन्।

बेरिजिक्लियन मन्त्रिपरिषद्मा ट्रेजरर रहेका ३९ वर्षीय पेरोटेले योजना मन्त्री रब स्टोक्सलाई आज बिहान भएको न्यु साउथ वेल्स संसदीय दलको मतदानमा ३९-५ भोटको अन्तरले हराएका थिए।

योसँगै उनी न्यु साउथ वेल्सको ४६ औं प्रिमियर बनेका छन्।

आफू चुनिए लगत्तै उनले पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा यसरी नयाँ नेता बन्नु आफ्नो लागि ठुलो प्रतिष्ठाको विषय भएको बताएका छन्।

“लिबरल संसदीय दल र न्यु साउथ वेल्सको प्रिमियर हुन पाउँदा मैले ठुलो सम्मान र गर्व महसुस गरेको छु,” उनले भने।

उता, स्टोक्सले पनि पत्रकारहरूसँग छोटो प्रतिक्रिया जनाउँदै आफूले नवनिर्वाचित पार्टी नेतालाई सक्दो सघाउने र उनी प्रति पूर्ण वफादार रहने बताएका छन्।

“पार्टीले प्रजातान्त्रिक रूपमा नयाँ नेता छानेको छ,” उनले भने।

“डोम पेरोटे गजबका प्रिमियर हुनेछन् र सन् २०२३ मा हुने चुनावमा उनी पुनः प्रिमियरका रूपमा निर्वाचित होउन् भन्नका लागि म मेरो सम्पूर्ण शक्ति लगाउने छु।”  

पेरोटेको उप-नेताका रूपमा स्टुवर्ट एअर्स छानिएका छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now