अमेरिकी राष्ट्रपति ट्रम्प मगंलबार केही दिनको अन्तरालमा देखा पदै संसद् भएको घटनामा आफ्नो केही हात नरहेको बताएका छन्।
यद्यपि उनले आफू माथिको महाअभियोगको प्रयासले ठुलो क्रोध भने सिर्जना गरेको बताए ।
ट्रम्प अमेरिकी इतिहासमा एकै कार्यकालमा दोस्रो पटक महाअभियोगको लागि प्रस्ताव गरिने पहिलो राष्ट्रपति बनेका छन् ।
संसद् भवनमा भएको दुर्घटनामा आफू दोषी नरहेको पनि उनले बताए ।

टेक्ससका लागि उड्नु अघि ट्रम्पले आफ्नो भाषणको अन्तिम शब्दमा मात्र केन्द्रित रहेर विश्लेषण गरिएको आरोप लगाए ।
बिहीबार अमेरिकी संसद्को प्रतिनिधि सभामा महाअभियोगको प्रस्तावको योजना रहेकोमा यसलाई “अमेरिकी राजनीतिको इतिहासमै सबैभन्दा ठुलो बोक्सी खोजिको निरन्तरता” भएको पनि उनले आरोप लगाए ।
“यतिखेर मैले जुन आक्रोश देखिरहेको छु त्यस्तो मैले पहिले कहिले देखेको छैन ।” उनले भने ।
उनले आफ्ना समर्थकहरूलाई हिंसाबाट जोगिन पनि अनुरोध गरे ।
नयाँ निर्वाचित जो बाईडेनलाई सत्ता हस्तान्तरण गर्न केही दिन मात्र बाकि रहँदा ट्रम्प यतिखेर एक्लो बनेका छन् ।
पूर्व समर्थक र सोसल मिडियाले छाडिदिँदा उनी दोस्रो महाअभियोगको अभूतपूर्व दागको सामना गदै छन् ।
ट्विटर र फेसबुकको प्रयोग गर्न असक्षम भएपछि उनी सन्देश सम्प्रेषण गर्न यतिखेर सर्घष गरिरहेको बताइन्छ ।
गत हप्ताको घटना पछि राष्ट्रपति ट्रम्प पहीलोपटक अलामो, टेक्ससमा पुगी अमेरिका–मेक्सिको बिचको पर्खाल निर्माणको सफलताको दाबी पेस गर्ने बताइएको छ ।
गत नोभेम्बर तिनमा भएको निर्वाचन पछि ट्रम्पले जो बाईडेन नभई आफू विजेता भएको दाबी गदै आएका छन् ।
गत हप्ता नेशनल मलमा भएको सम्बोधनका क्रममा उनले आफ्ना समर्थकहरूलाई “संसद् मा आफ्नो बल” देखाउन अनुरोध गरेका थिए ।
आउँदो २० जनवरीमा आधिकारिक रूपमा ट्रम्पले जो बाईडेनलाई सत्ता हस्तान्तरण गरी बाहिरिनु पर्ने हुन्छ ।
तर त्यस अगावै महाअभियोगको प्रस्ताव पारित भए उनी राष्ट्रपति पदबाट बर्खास्त मात्रै हुने छैनन् आगामी निर्वाचनमा समेत भाग लिन पाउनेछैनन् ।
