यो प्रस्ताव अघि बढेको खण्डमा, उनीविरुध्द गत चार बर्षभित्र दोस्रो महाअभियोग हुनेछ। सन् २०१९ मा, आफ्ना प्रतिद्वन्दीहरु विरुध्द मुद्दा चलाउनक लागि युक्रेनलाई पदिय मर्यादा विपरित दवाव दिएको आरोपमा उनीविरुध्द महाअभियोग प्रस्ताव लगाईएको थियो। उक्त प्रस्ताव सफल भएको थिएन।
अमेरिकी राष्ट्रपतिले दोस्रो पटक महाअभियोग खप्नु परेको यो पहिलो पटक हो।
साथै, यो प्रस्तावले गति लिएमा, ट्रम्पको सन् २०२४ मा राष्ट्रपति चुनावमा उठ्ने आकांक्षामा तुषारोपात हुने त्यहाँका राजनितिक विज्ञहरुले बताएका छन्।
राष्ट्रपति ट्रम्पको चार बर्षे पदावधि अबको केहि दिन पछि, जनवरी २० मा, सकिदै छ।
महाअभियोगको प्रस्तावलाई अघि सार्नुभन्दा पहिला, डेमोक्रेटिक पार्टिले उप-राष्ट्रपति माईक पेन्सलाई त्यहाँको संविधानले दिएको २५औं एमेन्डमेन्टको सहारा लिएर ट्रम्पलाई पदमुक्त गर्न प्रस्ताव गरेका थिए।
तर, राष्ट्रपति ट्रम्प सम्बन्धित रहेको रिपब्लिकन पार्टिले भने उक्त प्रस्ताबलाई मतदान द्वारा रोकेको थियो।
गत बुधवार, एक जनसभालाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति ट्रम्पले नोभेम्बर महिनामा सम्पन्न भएको राष्ट्रपतिय चुनावमा धाँधली भएको आरोप लगाउदै आफ्नो पराजय कहिले पनि स्वीकार नगर्ने बताएका थिए।
त्यसको लगत्तै ट्रम्पका समर्थकहरुले त्यहाँको संसदमा घुसपैठ गरेका थिए। त्यहाँ भड्केको हिंसाको क्रममा पाँचजनाले ज्यान गुमाउन पुगेको संचार माध्यमहरुले बताएका छन्।
यसपछि, राष्ट्रपति ट्रम्पले त्यहाँ भएको हिंसाको निन्दा गरे पनि, ट्विटर, फेसबुक लगायतका सामाजिक सञ्जालहरुले उनलाई प्रतिबन्धित गरेका थियो। केहि दिन यता, उनले कुनै वक्तब्य निकालेका छैनन्।

आज भने टेक्सस राज्यमा गएर मेक्सिकोसँग जोडिएको सीमामा लगाईएको पर्खालले अमेरिकालाई सुरक्षित बनाएको विषयमा सम्बोधन गर्ने ट्रम्पको कार्यक्रम रहेको छ।
यसैबिच, ट्रम्पका समर्थकहरुले देशव्यापीरुपमा प्रदर्शन गर्ने कार्यक्रम बनाईरहँदा त्यहाँको सुरक्षाबल सतर्क अवस्थामा रहेको बताईएको छ।
