न्यु साउथ वेल्स: थप ११ जनामा सामुदायिक सङ्क्रमण, मास्क नलगाए जरिवानाको चेतावनी

कोरोनाभाइरसको पछिल्लो सामुदायिक सङ्क्रमण लहर रोकथाम तथा नियन्त्रणका लागि बृहत् सिड्नी क्षेत्र लगायतका स्थानहरूमा नयाँ प्रतिबन्धहरू लागू हुँदै गर्दा, न्यु साउथ वेल्समा थप ११ जना सङ्क्रमित भएको पुष्टि राज्यका अधिकारीहरूले गरेका छन्।

NSW Premier Gladys Berejiklian and NSW Chief Health Officer Dr Kerry Chant provide an update to the latest COVID-19 situation during a press conference in Sydney, June 24, 2021. (AAP Image/Dean Lewins) NO ARCHIVING

NSW Premier Gladys Berejiklian & NSW Chief Health Officer Dr Kerry Chant provide an update to the latest COVID-19 situation during a press conference in Sydney. Source: AAP

बुधवार राती आठ बजेसम्मको २४ घन्टे अवधिभर न्यु साउथ वेल्समा ४८,००० भन्दा बढीको परीक्षण गर्दा ११ जनामा कोभिड-१९ सङ्क्रमण भेटिएको पुष्टि भएको हो।

सो अवधि पश्चात् सङ्क्रमण पुष्टि भएका थप छ जना भने शुक्रवारको तथ्याङ्कमा गणना हुनेछन्।

यसरी पुष्टि भएका सङ्क्रमितहरू मध्य तीन जना वेस्ट हक्सटन बर्थडे पार्टीसँग सम्बन्धित रहेको बताइएको छ भने न्यु साउथ वेल्सका कृषि मन्त्री एडम मार्सलमा पनि कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

सुन्नुहोस: बोन्डाइ क्लस्टर:थप कडा प्रतिबन्धहरूको सम्भावनाnull

सोमवार सिड्नीको प्याडिङ्टन स्थित एक पिज्जा रेस्टुरेन्टमा आफू गएको र पछि राज्यका स्वास्थ्य अधिकारीहरूद्वारा उक्त स्थान कोरोना सङ्क्रमित भनेर पहिचान गरिएको मार्सलले बताएका छन्।

उनी मङ्गलवारदेखि आइसोलेसनमा रहेको बताइएको छ।

उता राज्यका स्वास्थ्य मन्त्री ब्राड हाजार्डलाई पनि कोभिड-१९ पुष्टि भएका एक व्यक्तिसँग उठबस गरेका कारण आइसोलेसनमा बस्नुपरेको थियो।

यसरी राजनीतिज्ञ तथा संसद्का कर्मचारीहरूमा कोरोनाभाइरस पुष्टि भएपछि राज्यका अन्य नेता तथा कर्मचारीहरूले र्‌यापिड टेस्टिङ भनिने द्रुत रूपमा हुने कोभिड-१९ परीक्षण गर्न बाध्य भएका छन्।

न्यु साउथ वेल्स प्रिमियर ग्लाडिस बेरिजिक्लियन आफूले पनि बिहीवार बिहान उक्त परीक्षण गरेको बताएकी छिन्।

उनका अनुसार स्वास्थ्य अधिकारीहरूले उनलाई 'क्याजुअल कन्ट्याक्ट'का रूपमा व्याख्या गरेका थिए।

"आज बिहान सबेरै मेरो परीक्षण भएको थियो...आइसोलेसनमा बसेँ र केही घण्टा अघि नेगेटिभ नतिजा आयो," प्रिमियरले भनिन्।

"म स्वास्थ्य अधिकारीहरूको सल्लाह मानिरहेको छु।"

गत केही हप्ता यता डेल्टा भेरिएन्टको प्रकोप फैलँदै गएपछि सिड्नी लगायतका स्थानहरूमा राज्यका अधिकारीहरूले विभिन्न कडाइ कदम चालिएको घोषणा बुधवार बिहान गरेका थिए।

बुधवार अपराह्नदेखि लागू हुने गरी बृहत् सिड्नी लगायत सेन्ट्रल कोस्ट, ब्लु माउन्टेन्स, वलङगङ र सेलहार्बरमा नयाँ प्रतिबन्धहरू कायम गरिएका थिए।

मास्क नलगाए जरिवानाको चेतावनी

Police officers wear face masks in Sydney.
NSW polis memurları maske kullanıyor. Source: Getty

न्यु साउथ वेल्स प्रहरीका डेपुटी कमिस्नर ग्यारी वारबोइजले मास्क लगाउन जारी गरिएको घोषणा नमाने अब जरिवाना गरिन सकिने बताएका छन्।

बिहीवार सिड्नीमा आयोजित कोभिड-१९ महामारी सम्बन्धी पत्रकार सम्मेलनका क्रममा उनले भने कि राज्य प्रहरीले मास्क लगाउनुपर्ने स्थानहरूमा बिना मास्क हिँडेका १५० जनालाई अहिलेसम्म चेतावनी दिएर छाडेको छ।

Nepali Infographics MASKs
Source: SBS Nepali

तर अब भने राज्य प्रहरीले "सामान्य शिक्षा" भन्दा नियम पालना गराउन र तिनको उल्लङ्घन भए कारबाही गर्न अग्रसर हुने उनले बताएका छन्।

"निश्चित रूपमा अब केही मानिसहरू जिस्किन खोज्न थालेका छन् वा नियमको बर्खिलापमा जान उद्धत छन्," उनले भने।

"त्यस्ता व्यक्तिहरूलाई प्रहरीले सोधपुछ गर्नेछ र चेतावनीको सट्टा सजाय सहितको सूचना जारी गरिनेछ।"

क्विन्सल्यान्डमा थप तीन जना सङ्क्रमित

न्यु साउथ वेल्सको उत्तरी छिमेकी राज्य क्विन्सल्यान्डमा बिहीवार बिहान थप तीन जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ।

तर राज्यकी प्रमुख स्वास्थ्य अधिकारी ज्यानेट यङले तीनै जना आइसोलेसनमा रहेकाले समुदाय चिन्तित हुनु नपर्ने बताएकी छिन्।

Third local COVID-19 case detetected in Qld.
Queensland Chief Health Officer Jeannette Young is seen during a press conference in Brisbane. Source: AAP

यद्यपी उनले न्यु साउथ वेल्सको यात्रा नगर्न राज्यवासीहरूलाई कडा चेतावनी जारी गरेकी छिन्।

हाल न्यु साउथ वेल्सका बृहत् सिड्नी लगायत सेन्ट्रल कोस्ट, ब्लु माउन्टेन्स, वलङगङ र सेलहार्बरका मानिसहरूलाई क्विन्सल्यान्ड प्रवेशमा रोक लगाइएको छ।


3 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now