SKIP TO MAIN CONTENT

बोन्डाइ क्लस्टर:थप कडा प्रतिबन्धहरूको सम्भावना

NSW agriculture minister tests positive for COVID-19.
NSW agriculture minister tests positive for COVID-19. Source: AAP

न्यु साउथ वेल्सका कृषि मन्त्री एडम मार्शाल कोभिड-१९ सङ्क्रमित पुष्टि भएका छन् भने, सिड्नीका केही क्षेत्रहरूको ढलमा भाइरसको सङ्केत देखिएको बताइएको छ।


Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to podcast episode content

न्यु साउथ वेल्सका कृषि मन्त्री एडम मार्शाल कोभिड-१९ सङ्क्रमित पुष्टि भएका छन् भने, सिड्नीका केही क्षेत्रहरूको ढलमा भाइरसको सङ्केत देखिएको बताइएको छ।


केही केसहरूको श्रोतको अनुसन्धान हुँदै गर्दा, आवश्यक परेमा प्रतिबन्धहरू कडा गरिने र लकडाउन पनि एक विकल्प रहेको राज्यकी प्रिमियर ग्लाडिस बेरेजिक्लियनले बताएकी छिन्।

मास्क नलगाए जरिवानाको चेतावनी

Police officers wear face masks in Sydney.
NSW polis memurları maske kullanıyor. Source: Getty

न्यु साउथ वेल्स प्रहरीका डेपुटी कमिस्नर ग्यारी वारबोइजले मास्क लगाउन जारी गरिएको घोषणा नमाने अब जरिवाना गरिन सकिने बताएका छन्।

बिहीवार सिड्नीमा आयोजित कोभिड-१९ महामारी सम्बन्धी पत्रकार सम्मेलनका क्रममा उनले भने कि राज्य प्रहरीले मास्क लगाउनुपर्ने स्थानहरूमा बिना मास्क हिँडेका १५० जनालाई अहिलेसम्म चेतावनी दिएर छाडेको छ।

Nepali Infographics MASKs
Source: SBS Nepali

तर अब भने राज्य प्रहरीले "सामान्य शिक्षा" भन्दा नियम पालना गराउन र तिनको उल्लङ्घन भए कारबाही गर्न अग्रसर हुने उनले बताएका छन्।

"निश्चित रूपमा अब केही मानिसहरू जिस्किन खोज्न थालेका छन् वा नियमको बर्खिलापमा जान उद्धत छन्," उनले भने।

"त्यस्ता व्यक्तिहरूलाई प्रहरीले सोधपुछ गर्नेछ र चेतावनीको सट्टा सजाय सहितको सूचना जारी गरिनेछ।"


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now