नेपालबाट फर्किएपछि कोरोनाभाइरस अन्तर्गतका नियमका कारण दुई हप्ता सम्म अनिवार्य आइसोलेशनमा समय बिताएका सिड्नी निवासी खेम शर्माले आफ्नो उक्त अनुभवका कारण एउटा महत्वपूर्ण पाठ सिकेको बताउछन्, जसलाई उनले आफ्नो लेख मार्फत बाढ्ने प्रयास गरेका छन्।
अस्ट्रेलियामा आर्जन गरेको सीपलाई नेपाल लगेर सफलता हात पारेको भन्दै केहि वर्ष अगाडी सिड्नी निवासी खेम शर्मा बारे धेरै समाचारहरु आएका थिए।
विशेष गरि काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाईमा व्यापक योगदान पुर्याएको भन्दै शर्मा चर्चामा आएका हुन्।
तर विमानस्थलका साथै अस्पताल र पशुपति क्षेत्रमा पनि सरसफाईको कामलाई अगाडी बढाए पछि चर्चामा आएका शर्माले अहिले आफ्नो रुचि साहित्य तर्फ पनि केन्द्रित गरेका छन्।
जसअन्तर्गत उनको पहिलो कृति "स्वर्णिम रहस्य" एक विशेष कार्यक्रममा माँझ सिड्नीमा विमोचन भएको छ।
खेम शर्मासँगको हाम्रो कुराकानी सुन्नुहोस्। null

अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali





