SKIP TO MAIN CONTENT

‘नेपालीले हामीलाई परिवारजस्तै मानिरहेका छन्’: बाढी उद्धारमा संलग्न अस्ट्रेलियन टोली

NEPAL FLOODS
The Australian Disaster Assistance Response Team (DART) arrive in Nepal at the Tribhuvan International Airport taken on Friday, September 4. 2026, Friday, 4 September 2026. Source: AAP / Suryams Upreti/AAPIMAGE

गत महिना मध्य नेपालको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य अझै जारी छ।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

गत महिना मध्य नेपालको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य अझै जारी छ।


बुधवार, २६ अगस्टमा नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीका कारण अहिलेसम्म १,३०० भन्दा बढीको मृत्यु भएको छ भने करिब ५,१३० जना बेपत्ता रहेको नेपाली अधिकारीहरूले जनाएका छन्। ती मध्ये ५८७ विदेशी नागरिक रहेको बताइएको छ।

यो सामाग्री तयार पारिएको समयसम्म, सम्पर्कविहीन रहेका अस्ट्रेलियन नागरिकहरूको सङ्ख्या ३५ रहेको छ। हालसम्म नेपाल र चीन दुवैले मृतकहरू मध्ये अस्ट्रेलियन नागरिक रहेको पुष्टि गरेका छैनन्।

उद्धार तथा राहतमा सहयोग गर्न अस्ट्रेलियाबाट अधिकारीहरू र उद्धारकर्मीहरू नेपालमा परिचालन गरिएका छन्।

उनीहरूले क्षतिको मूल्याङ्कन गर्न र पैदल पुग्न जोखिमपूर्ण वा कठिन रहेका क्षेत्रहरूमा पहुँच गर्न स्थानीय अधिकारीहरूलाई सहयोग गरिरहेका छन्।

ड्रोन प्रविधिको प्रयोग गर्दै, अस्ट्रेलियाको डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेड (डीफ्याट) अन्तर्गत नेपालमा सञ्चालन भइरहेको सहायता मिसनमा आबद्ध फायर एन्ड रेस्क्यु न्यु साउथ वेल्स र क्वीन्सल्यान्ड फायर डिपार्टमेन्टका ड्रोन सम्बन्धि विशेषज्ञ टोलीहरूले स्थानीय आपत्कालीन उद्धार तथा पुन:स्थापना कार्यमा सहयोग पुर्‍याइरहेका छन्।

तिनै मध्ये, फायर एन्ड रेस्क्यु न्यु साउथ वेल्सको इन्सिडेन्ट म्यानेजमेन्ट टोलीका अपरेसन्स अफिसर, टिम हासिओटिससँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हासिओटिस हाल अस्ट्रेलियाको डिजास्टर असिस्टेन्स रेस्पोन्स टिम (DART)को सदस्यका रूपमा नेपालमा खटिएका हुन्।

नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ। साथै, हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

आपत्कालीन कन्सुलर सहायता आवश्यक पर्ने अस्ट्रेलियन नागरिकहरूलाई डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेड (DFAT) को २४ घण्टा सञ्चालन हुने कन्सुलर इमर्जेन्सी सेन्टरमा १३०० ५५५ १३५ मा सम्पर्क गर्न आग्रह गरिएको छ। विदेशमा हुनुहुन्छ भने ‌‌+६१ २ ६२६१ ३३०५ मा सम्पर्क गर्नुहोस्।

मानसिक स्वास्थ्य सम्बन्धि सहयोग चाहिएको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

यो ट्रान्स्क्रिप्ट एआईको सहयोगमा प्रस्तुत गरिएको हो।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now