"यो घर रहने छ, यसमा म हुने छैन": सुदिन पोखरेलको नयाँ साङ्गीतिक मोड

मानसिक स्वास्थ्य र विशेष गरी आत्महत्याको विषयमा केन्द्रित रही गायक सुदिन पोख्रेलले "मृत्यु" नामक गीत श्रोतामाझ ल्याएका छन्। यसबारे उनीसँगको कुराकानी हेर्न माथिको मिडिया प्लेयरमा थिच्नुहोस्।

Australia-based Nepali Singer Sudin Pokhrel

Australia-based Nepali Singer Sudin Pokhrel Source: SBS Nepali

मानिसले किन आत्महत्याको बाटो रोज्छ ? यस्ता समस्यासँग जुझिरहेका मानिसहरूप्रति हाम्रो कर्तव्य के हो ?

यस्तै केही प्रश्नहरूको उत्तर दिने जमर्कोका साथ लेखिएको यस गीतले अप्ठेरोमा परेका मानिसहरूलाई अघि सरी बोल्न प्रोत्साहन गर्ने आशा रहेको गायक पोखरेल बताउँछन्।

आफूले चिनेको एक जना व्यक्तिले आत्महत्या गर्ने प्रयास गरेको थाहा पाए पछि यस विषयमा गीत लेख्ने सोच आएको उनले बताए।

"यस्तो एउटा गीत बनोस् जसले चाहिँ गीत सुन्ने बित्तिकै 'ए मेरो एउटा साथी तीन-चार दिन भयो बोलेकै छैन, उसलाई म गएर सोध्छु के छ उसको हालखबर' भन्ने किसिमको सोच आयो - र त्यसरी तयार भयो मृत्यु।"

नेपालमा यही सन् २०२० सालमा मात्र मार्च महिनादेखि सेप्टेम्बर महिनाको अवधि भित्र १३५० जनाले आत्महत्याका कारण आफ्नो ज्यान गुमाएका थिए। युनिसेफ नेपालका अनुसार ती मध्य ३१९ बालबालिका र ८७६ महिला थिए।

त्यस्तै, अस्ट्रेलियाली तथ्याङ्क विभागका (एबीएस) अनुसार सन् २०१९ मा अस्ट्रेलियामा आत्महत्याका कारण ज्यान गुमाउनेको सङ्ख्या ३,३१८ पुगेको थियो।

October is Mental Health Awareness Month
Vulnerable times for young people to experience mental health issues at between 18-24 yrs when they experience significant life changes Source: Getty Images

यस गीतबाट हुने आम्दानीलाई नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा आबद्ध संस्थालाई मद्दत गर्न प्रयोग गर्ने गायक पोखरेल बताउँछन्।

र यससँगै अन्य गीति सामाग्रीहरूको तयारी पनि हाल जारी रहेको उनले बताए।

यदि तपाई कुनै मानसिक स्वास्थ्यको समस्या भोगिरहनु भएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ - Lifeline: 13 11 14, Suicide Call Back Service: 1300 659 467 र ५ वर्ष देखि २५ वर्षका व्यक्तिहरूको लागि Kids Helpline: 1800 55 1800

थप जानकारीका लागि BeyondBlue.org.au तथा lifeline.org.au मा जानुहोस्।

Embrace Multicultural Mental Health नामक सङ्गठनले पनि सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई समर्थन प्रदान गर्दछ।


1 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now