Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

मेन्टल हेल्थ फर्स्ट एड र यसबाट समुदायका सबैलाई पुग्ने फाइदा

Bharat Nepal - Mental Health First Aid Trainer

यसैको सेरोफेरोमा मानसिक स्वास्थ्य सम्बन्धी तालिममा निकै लामो समयदेखि सक्रिय रहँदै सिड्नी लोकल पब्लिक हेल्थमा लामो अनुभव आर्जन गर्नु भएका भरत नेपालसँग, नेपालीहरूको पछिल्लो मानसिक अवस्था र उहाँले दिँदै आउनु भएको तालिमका सम्बन्धमा गरिएको कुराकानी।

Published

Updated

Source: SBS

Share this with family and friends

यसैको सेरोफेरोमा मानसिक स्वास्थ्य सम्बन्धी तालिममा निकै लामो समयदेखि सक्रिय रहँदै सिड्नी लोकल पब्लिक हेल्थमा लामो अनुभव आर्जन गर्नु भएका भरत नेपालसँग, नेपालीहरूको पछिल्लो मानसिक अवस्था र उहाँले दिँदै आउनु भएको तालिमका सम्बन्धमा गरिएको कुराकानी।

मानसिक स्वास्थ्यका कारण आष्ट्रेलियामा थुप्रै मानिसको जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष असर परिरहेको छ।

अझ कोरोना महामारीको आगमन पछि त यो झन् ठुलो समस्याको रूपमा देखा परेको छ।

आप्रवासीका रूपमा अस्ट्रेलिया आएका मानिसहरू वा विद्यार्थी भिसामा रहेकाहरू माझ कोभिड-१९ का कारण अझै बढी मानसिक तनाव वा असर परेको देखिन्छ।

विशेष गरी नयाँ देश र परिवेशमा घुलमिल हुन, काम खोज्न जस्ता सबै किसिमका जिम्मेवारी आफैले निर्वाह गर्नुपर्ने भएकाले मानिसमा तनाव बढ्दै जाने र मानसिक रोगले घर बसाउने अध्ययनहरूले देखाएका छन्।

Mental Health First Aid Training in Sydney Nepali Community
Bharat Nepal and participants at a Mental Health First Aid Training Source: Supplied

कतिपय विद्यार्थीहरुमा आर्थिक कारणले तनाव बढ्दै जाने र त्यसले मानसिक रोगकाे रूप लिने स्थिति समेत सिर्जना हुन सक्छ ।

यी र यस्तै कारणले नेपाली समुदायमा तनावले मानसिक रोगको विकास नहोस् भन्ने उद्देश्यले विभिन्न संस्थाहरुको पहलमा अस्ट्रेलियामा रहेका नेपाली आप्रवासी एवम् विद्यार्थीहरुलाई बेला बेलामा मानसिक स्वास्थ्य सम्बन्धी तालिम प्रदान गरिँदै आइएको छ ।

यसैको सेरोफेरोमा मानसिक स्वास्थ्य सम्बन्धी तालिममा निकै लामो समयदेखि सक्रिय रहँदै सिड्नी लोकल पब्लिक हेल्थमा लामो अनुभव आर्जन गर्नु भएका भरत नेपालसँग, नेपालीहरूको पछिल्लो मानसिक अवस्था र उहाँले दिँदै आउनु भएको तालिमका सम्बन्धमा गरिएको कुराकानी।

नेपालसँग गरिएको कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरको स्पिकर आइकन थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now