Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

कोरोना सङ्कट: महामारीमा आफ्नो मानसिक स्वास्थ्य ठिक कसरी राख्ने?

Mental Helath Coronavirus

मानसिक स्वास्थ्य विज्ञहरूले मानिसहरूलाई कोरोना भाइरस सङ्क्रमणको समयमा सीमित रूपमा मात्र सञ्चार माध्यमहरू हेर्न सुझाव दिएका छन्। उनीहरूले यस्तो समयमा अन्योल हुनु र डर लाग्नु सामान्य भए पनि यो सङ्क्रमणको गाम्भीर्यतालाई हेरेर धेरै जानकारी लिन खोज्नु पनि स्वास्थ्यको दृष्टिले जोखिमयुक्त हुने बताएका छन्।


Published

Updated

Source: SBS




Share this with family and friends


मानसिक स्वास्थ्य विज्ञहरूले मानिसहरूलाई कोरोना भाइरस सङ्क्रमणको समयमा सीमित रूपमा मात्र सञ्चार माध्यमहरू हेर्न सुझाव दिएका छन्। उनीहरूले यस्तो समयमा अन्योल हुनु र डर लाग्नु सामान्य भए पनि यो सङ्क्रमणको गाम्भीर्यतालाई हेरेर धेरै जानकारी लिन खोज्नु पनि स्वास्थ्यको दृष्टिले जोखिमयुक्त हुने बताएका छन्।


एक सय वर्ष पछिको सबैभन्दा खराब महामारीको यो समयमा समाचार र पछिल्लो अवस्थाबारेको जानकारीहरू विशेष गरी मानसिक तनाव दिने किसिमका छन्।

मानसिक स्वास्थ्य विशेषज्ञहरूले धेरै सञ्चार क्षेत्रमै आएका खबरहरू पढ्ने, सुन्ने र हेर्ने गर्नाले नकारात्मक भावनाहरू उब्जने बताउँछन्।

दक्षिण अस्ट्रेलिया विश्वविद्यालयका प्रोफेसर निकोलस प्रोक्टर भन्छन् कि मानिसहरूले यो परिस्थितिमा आत्तिने र डराउने हुनु स्वाभाविक भएको बुझ्नु पर्छ।

तर, यस पछिको कदम भनेको आगामी समयका लागी आफूलाई तयारी राख्नु पनि हो, र त्यसमा योजनाका साथ जानकारी लिनु महत्त्वपूर्ण हुन्छ।

जे जस्तो जानकारी अगाडी आउँछ त्यो सबै हेर्दै जाने भन्दा पनि कस्तो जानकारी खोजेको हो भन्ने बारेमा बुझेर त्यही अनुसार सञ्चार क्षेत्रमा जानकारी खोज्ने गर्नु पर्दछ।

मेलबर्न निवासी एर्दम कोच आफूलाई समाचार भने पछि भुतुक्कै हुने मान्छे भएको बताउँछन्।

news
Source: SBS

तर विदेशबाट फर्किएर आफ्नो श्रीमती सहित सेल्फ आइसोलेसनमा बस्नु परे पछि भने, उनले सञ्चार माध्यमसँगको सम्पर्क कम गर्ने निर्णय गरेका छन्।

कोचले शारीरिक अभ्यासको लागी उपलब्ध थोरै अवसरहरूलाई सदुपयोग गर्ने प्रयास गरिरहेका छन्।

ओमार अल कसब भन्छन् यो समय भनेको मानिसहरूको सहनशीलतालाई जाँच्ने समय हो।

अल कसबलाई उनको जन्मस्थल सिरियामा यातना दिएको थियो र उनले अन्ततः त्यहाँ बाट भागेर अस्ट्रेलिया आइ नयाँ जीवनको सुरुवात गर्न थाले।

Omar Al-Kassab (L) poses with his friends Emad (C) and Bilal (R) in Syria.
Omar Al-Kassab (L) poses with his friends Emad (C) and Bilal (R) in Syria. Source: Supplied

"सबैजनाले ध्यान दिनु पर्ने कुरा भनेको गाह्रो समय धेरै समय सम्म नटिक्ने र त्यसैले कुनै पनि चुनौतीलाई कसरी व्यवस्थापन गर्ने भन्ने तर्फ लाग्नु पर्छ," उनी भन्छन्।

आफू जस्तै युद्धबाट भागेका मानिसहरूले यस्तो समयमा मानसिक स्वास्थ्य सुरक्षाका लागी झन् बढी सतर्क हुनु पर्ने अल कसब बताउँछन्।

"यस्तो तनावपूर्ण परिस्थितिले विगतको चोटलाई फेरी बल्झाउन सक्छ।"

प्रोफेसर निकलस प्रोक्टर अभिभावकहरूलाई यो समयमा थप जिम्मेवारी आएको बताउँछन्। उनीहरूले आफ्नो साथ साथै आफ्ना बालबच्चाको पनि भावनालाई संयममा राख्नु पर्ने हुन्छ।

उनी भन्छन् खोजहरूले के देखाएको छ भने बालबालिकाले आफ्नो भावनालाई संयमित राख्न उनीहरू वरपरका आफू भन्दा ठुला मानिसहरूको संयमयताले मदत पुर्‍याउँछ।

त्यसैले उनी उमेर सुहाउँदो खुल्ला छलफल र कुराकानी गर्न सुझाउँछन्।

सेल्फ आइसोलेसनबाट निस्कन आफ्नो श्रीमती सँगै दिन गनेर बसेका एर्दम कोच यो महामारीले आफूलाई मात्र नभई सबैलाई असर पार्छ भन्ने बुझाइले पनि अचम्मसँग आफूलाई सजिलो अनुभूति गराएको छ।

कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।

यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।

कोरोनाभाइरस सम्बन्धी पछिल्ला उपडेट, समाचार र  अन्य जानकारी यहाँ उपलब्ध छन्:  https://www.sbs.com.au/language/nepali/coronavirus-updates


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now