कोरोना सङ्कट: हनिमुन पनि आफ्नै घरमा, क्या बात!

मङ्गलवार राती प्रधानमन्त्री स्कट मरिसनले कोरोनाभाइरस सङ्क्रमण फैलन नदिन थप कडाइ गरिएको घोषणा गरे।

New coronavirus measures

Source: SBS

उक्त घोषणासँगै मानिसहरूमा थप अन्योल छाएको भन्दै लेबरकी सिनेट नेत्री पेन्नी वोङ्गले प्रधानमन्त्री स्पष्ट हुन नसेको आरोप लागएकी छिन्।

सपिङ सेन्टर, हजामको पसल र फिटनेस बुट क्याम्प खुल्लै राखेका प्रधानमन्त्रीले, “अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन” मानिसहरूलाई अनुरोध गरेपछि लेबर नेत्रीले स्कट मरिसनले हिलो पानी जत्तिकै प्रस्ट पारेको अभिव्यक्ति दिएकी हुन्।

總理莫里遜宣布更嚴格外出限制
Prime Minister Scott Morrison says no more Sunday barbeques. Source: AAP

प्रधानमन्त्रीले के-के नगर्नुस् भने त?

बार्बिक्यु - चाहे त्यो जुन सुकै बेला नै किन नहोस्।

अब बार्बिक्यु गर्दै नगर्नू भनेको त हैन, तर बार्बिक्यु गर्दा आफ्नो घरमै रहेका बाहेकका अन्य साथीभाइलाई चाहिँ “ए, आज हामीका आउँ है” भन्न पाइएन।

फेरी यो बार्बिक्यु मात्रैलाई भनेको रहेछ, मोमो खान बोलाउन त पाइहालिन्छ नि भनेर चाहिँ फोन नघुमाउनु होला नि!

कसैलाई आफू बसेको ठाउँमा बोलाउन पनि पाइएन र तपाईँ आफू पनि जानु भएन, आपत् नै परेको अवस्थामा बाहेक।

nepali business_Nepali beauty parlour_ rb hair_
फाइल फोटो Source: sbs nepali

अब ब्युटी पार्लरमा गएर घन्टौँ पनि बिताउन पाइएन, किनकि ब्युटी पार्लर सहित व्याक्सिङ्ग गर्ने पसल, मसाज पार्लर, नङ सलून, स्पा अनि ट्याटु खोप्ने ठाउँलाई पनि प्रधानमन्त्रीले बुधवार मध्यरातदेखि लागू हुने गरी बन्द गरिदिएका छन्।

सपिङ सेन्टर खुल्लै रहेता पनि त्यहाँको फूड कोर्टबाट टेक अवे खाना मात्र किन्न पाइनेछ नि।

अनि, घर किन्ने सोचमा हुनुहुन्थ्यो भने - अब न त घर हेर्न ओपन हाउसहरू नै हुनेछन् - न त अक्सन नै।

बालबालिका छन् र यसो उनीहरूको मन बहलाउन प्ले सेन्टर लिएर जान्छु भनेर सोच्दै हुनुहुन्छ भने, अब त्यो कोरोनालाई नै दोष दिनुहोस् - किनकि सङ्क्रमणलाई रोक्न भन्दै - प्रधानमन्त्रीले लुना पार्क जस्ता मनोरञ्जनात्मक स्थलहरू र इन्डोर अनि आउटडोर सबै किसिमका खेलकुद केन्द्रहरूलाई बन्द हुन आदेश जारी गरिसकेका छन्।

Kids participating in pool time.
Children with autism are being pushed out of mainstream swimming classes like the one above. () Source: AAP

त्यसो भए स्विमिङ वा लाइब्रेरी लग्छु भन्नुहोला। ती पनि बन्द छन्।

म्युजियम, जिम, आर्ट ग्यालरी, कम्युनिटी हल सबैलाई बन्द हुन आदेश दिइसकिएको छ।

ल भैगो, अब काम पनि छैन माम पनि छैन - म त फर्के नेपाल भन्ने सोचमा हुनुहुन्छ भने चाहिँ अलिक ढिलो हुनुभयो क्या!

उता नेपालमा पहिले दलहरूले  नेपाल बन्द गर्ने गर्थे, अहिले चाहिँ “लकडाउन” भन्दै सरकारले पनि देशै बन्द गरेको अवस्था छ।

अनि, फेरी हाम्रै प्रधानमन्त्रीले त देशबाहिर जानै प्रतिबन्ध लगाइसके!

Nepal government has decided to lock down the whole country from 24 March till 31 March following a second confirmed COVID-19 case.
नेपालमा पहिले काँग्रेस, कम्निष्टले बन्द गर्ने गर्थे, अहिले चाहिँ “लकडाउन” भन्दै सरकारले पनि देशै बन्द गरेको अवस्था छ। Source: Sipa USA Prabin Ranabhat / SOPA Images/Si

त्यसो भए के चाहिँ गर्न मिल्छ त?

आफ्नो त कपाल छैन, त्यसैले बाल मतलब!

कपाल हुनेलाई चाहिँ धन्न, कपाल अलि अलि भएका मरिसनले हजामको पसल खोल्न अनुमति दिएका छन् तर एकजनाको ३० मिनेट भित्रै कपाल काटी सक्नुपर्ने सर्तका साथ!

अब कपाल लामो छ वा रंग्याउनु छ भने घरैमा रहेकालाई भन्ने कि ?

St Kilda Boot Camp
St Kilda Boot Camp Source: https://www.stkildabootcamp.com/

यसो तन्दुरुस्त हुँ न त भनेर बुट क्याम्पको मेम्बर बन्नु भएको छ भने सोसल डिस्टेन्सिङ्ग कायम गर्ने सर्तमा प्रधानमन्त्रीले यसलाई छाडिदिएका छन्।

बिहे गर्ने तामझाम छ भने त कोर्ट म्यारिज जस्तै पाँच जना भन्दा बढी जम्मा हुन पाइएन - खर्च पनि बच्यो, हनिमुन पनि आफ्नै घरमा क्या बात!

कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।

यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।

कोरोनाभाइरस सम्बन्धी पछिल्ला उपडेट, समाचार र  अन्य जानकारी यहाँ उपलब्ध छन्:  https://www.sbs.com.au/language/nepali/coronavirus-updates


Share

3 min read

Published

Updated

By SBS News

Source: SBS News




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now