SKIP TO MAIN CONTENT

अस्ट्रेलिया सरकारले विदेश भ्रमणमा लगायो पूर्ण प्रतिबन्ध

मङ्गलवार बेलुका आयोजना भएको राज्य र प्रादेशिक सरकारसंगको बैठक पछि पछिल्लो सरकारी कदमबारे बताउदै प्रधानमन्त्री स्कट मोरिशनले उक्त घोषणा गरेका हुन्।

總理莫里遜宣布更嚴格外出限制
總理莫里遜宣布更嚴格外出限制 Source: AAP

2 min read

Published

Updated


Skip to article content

अस्ट्रेलिया सरकारले विदेश भ्रमणमा पूर्ण प्रतिबन्ध लगाएको छ।

मङ्गलवार बेलुका आयोजना भएको राज्य र प्रादेशिक सरकारसँग को बैठक पछि पछिल्लो सरकारी कदमबारे बताउँदै प्रधानमन्त्री स्कट मोरिशनले उक्त घोषणा गरेका हुन्।

तर उक्त प्रतिबन्ध कूटनीतिक र अत्यावश्यक सेवामा कार्यरत रहेकाहरू माथि भने लागु हुनेछैन।

साथै विदेश बाट फर्किएका मानिसहरूले १४ दिनको लागि अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएकोले उनीहरू विमानस्थल बाट सिधै आफ्नो घर वा वासस्थान जानुपर्ने पनि सरकारको भनाइ छ।

घर जानु अगाडी मानिसहरू पसल तिर जानु गैरकानूनी घोषित गरिएको छ।

साथै स्कूलहरु बन्द नहुने आफ्नो अडानलाई पनि दोहराउँदै प्रधानमन्त्रीले अत्यन्तै महत्त्वपूर्ण नरहेसम्म घर बाहिर नजान पनि सल्लाह दिएका छन्।

बुधवार मध्यरात देखि सपिङ्ग सेन्टरमा रहेका फूडकोर्ट खालि टेकअवे को लागि मात्र खोल्न पाइने छ।

विवाह समारोहमा ५ जना भन्दा बढी सङ्ख्यामा भेला हुन नपाउने र अन्त्येष्टि समारोहमा १० जना भन्दा बढी जम्मा हुन् बाट प्रतिबन्ध लगाइएको छ।

कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।

यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।

कोरोनाभाइरस सम्बन्धी पछिल्ला उपडेट, समाचार र  अन्य जानकारी यहाँ उपलब्ध छन् : https://www.sbs.com.au/language/nepali/coronavirus-updates


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now