SKIP TO MAIN CONTENT

सिड्नीका नेपाली गायकलाई कोभिडले जुराइदिएको साङ्गीतिक मौका

Om Krishna Shrestha "Hera Na" Nepali Singer
"म मेरो गीतले श्रोताहरूलाई छोओस् भन्ने चाहन्छु।" Source: ओमकृष्ण श्रेष्ठ

अस्ट्रेलिया आएको धेरै समयसम्म आफ्नो गायनलाई अगाडी बढाउन नसकेका ओमकृष्ण श्रेष्ठलाई महामारीले नयाँ गीत निकाल्ने मौका जुराइदिएको छ।


Published

Updated

Source: SBS



Skip to podcast episode content

अस्ट्रेलिया आएको धेरै समयसम्म आफ्नो गायनलाई अगाडी बढाउन नसकेका ओमकृष्ण श्रेष्ठलाई महामारीले नयाँ गीत निकाल्ने मौका जुराइदिएको छ।


कोभिड-१९ महामारीका कारण उपलब्ध 'समयको सदुपयोग गर्दै' सिड्नी गायक ओमकृष्ण श्रेष्ठ ले "हेर न" भन्ने बोलका साथ, आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन्।

सन् २००० तिर आफ्नो पहिलो गीत श्रोताहरु माझ ल्याएका श्रेष्ठले, महामारीका कारण व्यापार-व्यवसाय गए एक वर्ष यता "खासै व्यस्त नहुँदा" बचेको समयमा आफ्नो दोश्रो गीत रेकर्ड गर्ने मौका पाएका हुन्।

मार्च महिनामा सार्वजनिक भएको आफ्नो उक्त प्रस्तुतीको बारेमा श्रेष्ठले भने कि खासमा त्यो बेला उनी "आमा" भन्ने अर्कै गीत रेकर्ड गराउन सुरमा थिए।

रोमान्टिक तथा जोडीहरू माथि लक्षित गीतहरूले बजार लिएको केही सर्जक साथीहरूले बताएपछि चाहिँ,  आफू उक्त गाना रेकर्ड गर्न सहमत भएको श्रेष्ठ बताउँछन्।

"यो गीत चाहिँ एउटा फिल्मी पाराको, रोमान्टिक खालको गीत छ," उनले एसबीएस नेपालीसँग भने।

सन् २००० तिर दोहोरी गीतहरूका साथ आफ्नो गायन यात्रा सुरु गरेका ओमकृष्ण श्रेष्ठले, सन् २००८ ताका पहिलो पटक अस्ट्रेलियामा पाइला टेकेका पछि आफ्नो शोकलाई रोकेका थिए।

उनी भन्छन् कि त्यसपछि साङ्गीतिक यात्रा केही पछि पर्‍यो।

साधना कला केन्द्रबाट गायनको प्रारम्भिक शिक्षा लिएका श्रेष्ठले, आफ्नो साङ्गीतिक यात्रालाई अगाडी बढाउन गुरु श्रीकृष्ण श्रेष्ठसँग एक वर्ष थप विशेष अध्ययन गरेका थिए।

Om Krishna Shrestha "Hera Na" Nepali Singer
Source: ओमकृष्ण श्रेष्ठ

"म मेरो गीतले श्रोताहरूलाई छोओस् भन्ने चाहन्छु।"

साथै ओमकृष्ण श्रेष्ठले आफ्नो प्रस्तुतिका बारेमा श्रोताहरूलाई प्रतिक्रिया जनाएर, भविष्यमा थप राम्रो काम गर्ने प्रेरणा दिन समेत आग्रह गरेका छन्।

"नेपाली गीत सङ्गीत मन पराइदिनुहोस्, हामीलाई प्रोत्साहन दिनुहोस्" श्रेष्ठले भने।

उनको उक्त गीतको भिडियोमा आँचल शर्मा र नीराजन प्रधानले अभिनय गरेका छन्।

व्यक्तिगत रूपमा आफूलाई रमाइलो गर्न मन पराउने भन्ने गायक ओमकृष्ण श्रेष्ठ, गीत भने भावुक तथा रोमान्टिक किसिमको गाउन खोज्ने बताउँछन्।

गत वर्ष विभिन्न कारणले नेपाल गएका तर लकडाउनका कारण अस्ट्रेलिया फर्कन नपाएका अस्ट्रेलियाली नागरिक तथा स्थायी भिसामा रहेकाहरूलाई, नेपाली ध्वजा वाहक जहाजले ब्रिसबेनमा उतारेको थियो।

त्यसरी अस्ट्रेलिया फर्केका नेपालीहरूको समूहमा श्रेष्ठ पनि एक थिए

अस्ट्रेलियाको पछिल्लो समाचार तथा अन्य सामाग्री नेपाली भाषामा सुन्न हाम्रो पोडकाष्टको नि:शुल्क ग्राहक बन्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now